आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा भएका प्रमुख व्यवस्थाहरु
Topics
Big Data
(1)
BoP
(2)
Capital Market
(1)
CBDC
(3)
Central Bank
(2)
CME
(9)
COVID-19
(11)
Economic Crisis
(4)
Economic Growth
(2)
Economic Queries
(5)
Excess Liquidity
(2)
Exchange Rate
(4)
Financial Literacy
(1)
GDP
(8)
Government Policy
(1)
Inflation
(5)
Interest Rate Corridor
(1)
Macroeconomic Indicators
(1)
Macroeconomics
(12)
Management
(3)
Monetary Policy
(24)
Money Supply
(4)
Nepal Rastra Bank
(9)
Nepalese Economy
(15)
NRB
(8)
NRB Survey
(1)
Poverty
(1)
R and Python
(5)
Remittance
(4)
Friday, July 31, 2020
Sunday, July 5, 2020
नेपालको पेग विनिमय दर
Permanent Link: https://ekantipur.com//
कुनै पनि मुलुकको बाह्य क्षेत्रलाई सन्तुलनमा राख्दै समग्र आर्थिक स्थायित्व कायम गर्नका लागि विनिमय दरको महत्त्वपूर्ण भूमिका हुने गर्छ । विनिमय दरलाई उचित स्तरमा राख्न सकिएन भने निर्यातमा प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई बाह्य क्षेत्र नै अस्थिर रहने सम्भावना हुन्छ । तसर्थ सबै मुलुकले आफूलाई उपयुक्त हुने विनिमय दर पद्धति अवलम्बन गरेका हुन्छन् ।
नेपालमा
विदेशी विनिमय व्यवस्थापनको सम्पूर्ण अधिकार नेपाल राष्ट्र बैंकमा निहित
छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नेपाल राष्ट्र बैंकलाई विदेशी
विनिमयसम्बन्धी नीति, कानुन तथा कार्यविधि बनाउने, विदेशी विनिमय कारोबारको
व्यवस्थापन गर्ने, विदेशी विनिमय पद्धति निर्धारण गर्ने तथा विदेशी विनिमय
सञ्चितिको व्यवस्थापन गर्ने अधिकार दिएको छ । सोहीअनुरूप उक्त बैंकले
नेपाली रुपैयाँको विनिमय दर पद्धति तोक्ने तथा विदेशी मुद्राहरूको
खरिद–बिक्री दर कायम गरी कारोबार गर्नेजस्ता काम गर्दै आएको छ ।
नेपालले लामो समयदेखि भारतीय मुद्रासँग ‘पेग्ड’ विनिमय दर प्रणालीअन्तर्गत कारोबार गर्दै आएको छ । यसअन्तर्गत भारतीय मुद्रासँगको विनिमय दर स्थिर रहने तथा अन्य मुलुकका मुद्रासँग भने भारतीय मुद्राको ती मुद्रासँगको दरका आधारमा परिवर्तन हुने प्रणाली कायम गरिएको छ । यस्तो पद्धति अवलम्बन गर्नुका पछाडि नेपालको भौगोलिक तथा आर्थिक धरातल, भारतसँगको अधिक व्यापार निर्भरता, कमजोर निर्यात क्षमता, विदेशी विनिमय प्राप्तिको दिगो आधारको अभावजस्ता कारक छन् ।
मुलुकको आर्थिक क्रियाकलापको आकार तथा संरचनामा हुने परिवर्तनसँगै नीतिगत व्यवस्थाहरूमा समेत समयानुकूल परिवर्तन गर्दै लगिएको हुन्छ । यसैअनुरूप नेपालको विनिमय दर प्रणाली तथा वर्तमान भारतीय मुद्रासँगको ‘पेग’ दरमा समेत परिवर्तन गर्नुपर्ने आवाज बेलाबेला उठ्ने गरेको छ । हालको विनिमय दर पद्धतिकै कारण नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भई निर्यात क्षमता खस्किँदै गएको आवाज अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले उठाउँदै आएका छन् । तथापि विदेशी विनिमय दर निकै संवेदनशील पक्ष भएकाले समग्र स्थिरतामा खलल नपुगोस् भन्नका लागि पर्याप्त अध्ययनबिना यो परिवर्तन गर्ने विषय भने होइन ।
हाल भारतसँग कायम रहेको विदेशी विनिमय दर पद्धतिका कारण विनिमय दरमा हुन सक्ने परिवर्तनबाट सृजना हुन सक्ने अनिश्चितता न्यून छ भने, नेपालमा भारतीय लगानीको आप्रवाह उल्लेख्य छ । यसका साथै भारतीय अर्थतन्त्रको उच्च आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिको लाभ नेपाललाई प्राप्त हुने गरेको छ । अर्कातर्फ, विद्यमान विनिमय पद्धतिका कारण नेपालले केही लागतसमेत बेहोर्नुपरेको छ । भारतीय अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रमा मुद्रास्फीति बढी रहने गरेका कारण नेपाली मुद्रा यथार्थ रूपमा अधिमूल्यन हुन गई नेपालको निर्यात क्षमता खस्किँदै गएको छ भने, भारतीय अर्थतन्त्रमा बाह्य क्षेत्रबाट सिर्जित समस्याहरूको असर नेपालले समेत बेहोर्नुपरेको छ ।
यी लागतका बावजुद हालकै अवस्थामा भारतसँग परिवर्तनशील विनिमय दर पद्धति नेपालका लागि उचित विकल्प हुन सक्दैन । यसका पछाडि भारतसँगको व्यापार निर्भरता, कमजोर निर्यात क्षमताजस्ता विषय मुख्य रूपमा जिम्मेवार छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट मन्डेलको तर्कबमोजिम नेपालको आर्थिक अवस्थितिलाई नियाल्ने हो भने पनि परिवर्तनशील विनिमय दर हाललाई नेपालको हितमा नहुने नै देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले समेत हालको ‘पेग्ड’ विनिमय दर नै नेपालको हितमा रहेको तर्क बारम्बार अघि सार्ने गरेका छन् ।
पहिलो, भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
नेपालको वार्षिक निर्यात तथा आयातमा ६५ प्रतिशतभन्दा बढी हिस्सा भारतकै छ । यति मात्रै नभएर, नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्र स्थानमा छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट सृजना हुने अनिश्चितताले व्यापार तथा लगानीलाई नराम्रोसँग प्रभावित गर्न सक्छ । यसको प्रत्यक्ष असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात व्यापारमा पर्न जान्छ ।
दोस्रो, नेपालको भारतसँगको व्यापार सधैं घाटामा रहने गरेको छ, जुन प्रत्येक वर्ष बढ्दै गइरहेको छ । यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था सृजना हुन जाने हुन्छ । यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार अवमूल्यन हुँदै जाने देखिन्छ । यस्तो अवमूल्यनबाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
तेस्रो, नेपालको आयात व्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन आदिको अंश ठूलो छ । विनिमय दरलाई बजारमा छोड्दा भारतसँगको व्यापार घाटाका कारण नेपाली मुद्रा अवमूल्यनबाट नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमै बढोत्तरी ल्याई मूल्य वृद्धिमा चाप पर्ने देखिन्छ ।
चौथो, परिवर्तनशील विनिमय दरमा हुने उतारचढावबाट लाभ पाउन मुलुकको निर्यात तथा आयात–व्यापार विनिमय दरसँग लोचदार हुनुपर्छ । अर्थात्, मुद्रा अवमूल्यन हुँदा विदेशी वस्तु सापेक्षिक रूपमा नेपालमा महँगो पर्ने र नेपाली वस्तु विदेशमा सापेक्षिक रूपमा सस्तो पर्न गई आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्धतिले लाभको अवसरसमेत बेलाबखत सृजना गर्ने हुन्छ । यसलाई अर्थशास्त्रीय शब्दाबलीमा ‘मार्सल लर्नर’ सर्त भनिन्छ । विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धि गर्न सक्ने क्षमता नेपालमा विकास नभइसकेको, आयातको ठूलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकालमा अन्य वस्तुबाट प्रतिस्थापन गर्न नसकिने वस्तुहरू (जस्तै— पेट्रोलियम पदार्थ, मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि) को आयातमा ठूलो अंश रहेकाले निर्यात तथा आयात व्यापार विनिमय दरसँग बेलोचदार छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्यून रहन्छ ।
पाँचौं, विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्राप्राप्तिको दिगो आधार नहुन्जेल मुलुकले पुँजी खातालाई पूर्ण परिवत्र्य बनाउन सक्दैन ।
छैटौं, नेपाली जनतालाई भारतको अर्थतन्त्र अझै सुध्रिँदै र नेपाली मुद्रा भारतसँगको व्यापार घाटाका कारण कमजोर हुँदै जान्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृत्ति बढ्ने सम्भावनासमेत रहन्छ । यसबाट भारतीय मुद्राको मागमा थप विस्तार भई नेपाली मुद्रा अझै अवमूल्यन हुँदै जाने तथा नेपालबाट अवैध रूपमा पुँजी बहिर्गमन हुने सम्भावना छ ।
सातौं, नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रूपमा विकसित नभइसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुने सम्भावना हुन्छ, जसबाट व्यापार तथा लगानीमा नकारात्मक असर पर्न सक्छ ।
हालको भारतसँगको ‘पेग्ड’ विनिमय दर प्रणालीको अल्पकालीन विकल्प नभए पनि पेगको दरमा भने केही परिवर्तन गर्नुपर्छ कि भन्ने तर्क भने जायज छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भएकाले निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा भारतसँगको विनिमय दरलाई १६० रुपैयाँबाट केही वृद्धि गर्दा नेपाललाई फाइदा पुग्ने देखिन्छ । तर यस्तो निर्णय उत्पादन तथा निर्यात क्षमतामा कुनै वृद्धि नगरीकनै गरिएमा यो झन् प्रत्युत्पादक हुने सम्भावना पनि त्यत्तिकै रहने भएकाले पूर्वतयारीबिना भारतसँगको पेग दरमा परिवर्तन गरेमा त्यसले अपेक्षित लाभ दिनेभन्दा मुद्रास्फीतीय दबाब सिर्जना गरी समग्र आर्थिक स्थिरतामा खलल पुर्याउन सक्ने जोखिम छ । पर्याप्त अध्ययनबिना विनिमय दर पद्धति परिवर्तन गर्ने गल्ती गरिए नेपालले समेत श्रीलंकाको जस्तो बाह्य क्षेत्रको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ ।
देवकोटा अमेरिकाको युनिभर्सिटी अफ मिनासोटा मोरिसमा अर्थशास्त्रका प्राध्यापक छन् ।
भट्ट नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।
प्रकाशित : असार १०, २०७७ १०:१३
कुनै पनि मुलुकको बाह्य क्षेत्रलाई सन्तुलनमा राख्दै समग्र आर्थिक स्थायित्व कायम गर्नका लागि विनिमय दरको महत्त्वपूर्ण भूमिका हुने गर्छ । विनिमय दरलाई उचित स्तरमा राख्न सकिएन भने निर्यातमा प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई बाह्य क्षेत्र नै अस्थिर रहने सम्भावना हुन्छ । तसर्थ सबै मुलुकले आफूलाई उपयुक्त हुने विनिमय दर पद्धति अवलम्बन गरेका हुन्छन् ।
नेपालले लामो समयदेखि भारतीय मुद्रासँग ‘पेग्ड’ विनिमय दर प्रणालीअन्तर्गत कारोबार गर्दै आएको छ । यसअन्तर्गत भारतीय मुद्रासँगको विनिमय दर स्थिर रहने तथा अन्य मुलुकका मुद्रासँग भने भारतीय मुद्राको ती मुद्रासँगको दरका आधारमा परिवर्तन हुने प्रणाली कायम गरिएको छ । यस्तो पद्धति अवलम्बन गर्नुका पछाडि नेपालको भौगोलिक तथा आर्थिक धरातल, भारतसँगको अधिक व्यापार निर्भरता, कमजोर निर्यात क्षमता, विदेशी विनिमय प्राप्तिको दिगो आधारको अभावजस्ता कारक छन् ।
मुलुकको आर्थिक क्रियाकलापको आकार तथा संरचनामा हुने परिवर्तनसँगै नीतिगत व्यवस्थाहरूमा समेत समयानुकूल परिवर्तन गर्दै लगिएको हुन्छ । यसैअनुरूप नेपालको विनिमय दर प्रणाली तथा वर्तमान भारतीय मुद्रासँगको ‘पेग’ दरमा समेत परिवर्तन गर्नुपर्ने आवाज बेलाबेला उठ्ने गरेको छ । हालको विनिमय दर पद्धतिकै कारण नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भई निर्यात क्षमता खस्किँदै गएको आवाज अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले उठाउँदै आएका छन् । तथापि विदेशी विनिमय दर निकै संवेदनशील पक्ष भएकाले समग्र स्थिरतामा खलल नपुगोस् भन्नका लागि पर्याप्त अध्ययनबिना यो परिवर्तन गर्ने विषय भने होइन ।
हाल भारतसँग कायम रहेको विदेशी विनिमय दर पद्धतिका कारण विनिमय दरमा हुन सक्ने परिवर्तनबाट सृजना हुन सक्ने अनिश्चितता न्यून छ भने, नेपालमा भारतीय लगानीको आप्रवाह उल्लेख्य छ । यसका साथै भारतीय अर्थतन्त्रको उच्च आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिको लाभ नेपाललाई प्राप्त हुने गरेको छ । अर्कातर्फ, विद्यमान विनिमय पद्धतिका कारण नेपालले केही लागतसमेत बेहोर्नुपरेको छ । भारतीय अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रमा मुद्रास्फीति बढी रहने गरेका कारण नेपाली मुद्रा यथार्थ रूपमा अधिमूल्यन हुन गई नेपालको निर्यात क्षमता खस्किँदै गएको छ भने, भारतीय अर्थतन्त्रमा बाह्य क्षेत्रबाट सिर्जित समस्याहरूको असर नेपालले समेत बेहोर्नुपरेको छ ।
यी लागतका बावजुद हालकै अवस्थामा भारतसँग परिवर्तनशील विनिमय दर पद्धति नेपालका लागि उचित विकल्प हुन सक्दैन । यसका पछाडि भारतसँगको व्यापार निर्भरता, कमजोर निर्यात क्षमताजस्ता विषय मुख्य रूपमा जिम्मेवार छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट मन्डेलको तर्कबमोजिम नेपालको आर्थिक अवस्थितिलाई नियाल्ने हो भने पनि परिवर्तनशील विनिमय दर हाललाई नेपालको हितमा नहुने नै देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले समेत हालको ‘पेग्ड’ विनिमय दर नै नेपालको हितमा रहेको तर्क बारम्बार अघि सार्ने गरेका छन् ।
विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्राप्राप्तिको दिगो आधार नहुन्जेल मुलुकले पुँजी खातालाई पूर्ण परिवर्त्य बनाउन सक्दैन ।हालको अवस्थामा परिवर्तशील विनिमय दर अँगाल्दा देहायबमोजिमका जोखिमहरू सिर्जना हुन सक्छन् ।
पहिलो, भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
नेपालको वार्षिक निर्यात तथा आयातमा ६५ प्रतिशतभन्दा बढी हिस्सा भारतकै छ । यति मात्रै नभएर, नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्र स्थानमा छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट सृजना हुने अनिश्चितताले व्यापार तथा लगानीलाई नराम्रोसँग प्रभावित गर्न सक्छ । यसको प्रत्यक्ष असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात व्यापारमा पर्न जान्छ ।
दोस्रो, नेपालको भारतसँगको व्यापार सधैं घाटामा रहने गरेको छ, जुन प्रत्येक वर्ष बढ्दै गइरहेको छ । यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था सृजना हुन जाने हुन्छ । यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार अवमूल्यन हुँदै जाने देखिन्छ । यस्तो अवमूल्यनबाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
तेस्रो, नेपालको आयात व्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन आदिको अंश ठूलो छ । विनिमय दरलाई बजारमा छोड्दा भारतसँगको व्यापार घाटाका कारण नेपाली मुद्रा अवमूल्यनबाट नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमै बढोत्तरी ल्याई मूल्य वृद्धिमा चाप पर्ने देखिन्छ ।
चौथो, परिवर्तनशील विनिमय दरमा हुने उतारचढावबाट लाभ पाउन मुलुकको निर्यात तथा आयात–व्यापार विनिमय दरसँग लोचदार हुनुपर्छ । अर्थात्, मुद्रा अवमूल्यन हुँदा विदेशी वस्तु सापेक्षिक रूपमा नेपालमा महँगो पर्ने र नेपाली वस्तु विदेशमा सापेक्षिक रूपमा सस्तो पर्न गई आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्धतिले लाभको अवसरसमेत बेलाबखत सृजना गर्ने हुन्छ । यसलाई अर्थशास्त्रीय शब्दाबलीमा ‘मार्सल लर्नर’ सर्त भनिन्छ । विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धि गर्न सक्ने क्षमता नेपालमा विकास नभइसकेको, आयातको ठूलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकालमा अन्य वस्तुबाट प्रतिस्थापन गर्न नसकिने वस्तुहरू (जस्तै— पेट्रोलियम पदार्थ, मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि) को आयातमा ठूलो अंश रहेकाले निर्यात तथा आयात व्यापार विनिमय दरसँग बेलोचदार छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्यून रहन्छ ।
पाँचौं, विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्राप्राप्तिको दिगो आधार नहुन्जेल मुलुकले पुँजी खातालाई पूर्ण परिवत्र्य बनाउन सक्दैन ।
छैटौं, नेपाली जनतालाई भारतको अर्थतन्त्र अझै सुध्रिँदै र नेपाली मुद्रा भारतसँगको व्यापार घाटाका कारण कमजोर हुँदै जान्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृत्ति बढ्ने सम्भावनासमेत रहन्छ । यसबाट भारतीय मुद्राको मागमा थप विस्तार भई नेपाली मुद्रा अझै अवमूल्यन हुँदै जाने तथा नेपालबाट अवैध रूपमा पुँजी बहिर्गमन हुने सम्भावना छ ।
सातौं, नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रूपमा विकसित नभइसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुने सम्भावना हुन्छ, जसबाट व्यापार तथा लगानीमा नकारात्मक असर पर्न सक्छ ।
हालको भारतसँगको ‘पेग्ड’ विनिमय दर प्रणालीको अल्पकालीन विकल्प नभए पनि पेगको दरमा भने केही परिवर्तन गर्नुपर्छ कि भन्ने तर्क भने जायज छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भएकाले निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा भारतसँगको विनिमय दरलाई १६० रुपैयाँबाट केही वृद्धि गर्दा नेपाललाई फाइदा पुग्ने देखिन्छ । तर यस्तो निर्णय उत्पादन तथा निर्यात क्षमतामा कुनै वृद्धि नगरीकनै गरिएमा यो झन् प्रत्युत्पादक हुने सम्भावना पनि त्यत्तिकै रहने भएकाले पूर्वतयारीबिना भारतसँगको पेग दरमा परिवर्तन गरेमा त्यसले अपेक्षित लाभ दिनेभन्दा मुद्रास्फीतीय दबाब सिर्जना गरी समग्र आर्थिक स्थिरतामा खलल पुर्याउन सक्ने जोखिम छ । पर्याप्त अध्ययनबिना विनिमय दर पद्धति परिवर्तन गर्ने गल्ती गरिए नेपालले समेत श्रीलंकाको जस्तो बाह्य क्षेत्रको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ ।
देवकोटा अमेरिकाको युनिभर्सिटी अफ मिनासोटा मोरिसमा अर्थशास्त्रका प्राध्यापक छन् ।
भट्ट नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।
प्रकाशित : असार १०, २०७७ १०:१३
Subscribe to:
Posts (Atom)