Saturday, June 29, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ?

कुनै पनि अर्थतन्त्रले मौद्रिक नीतिको कार्यान्वयनका सम्बन्धमा अगाल्न सक्ने तीनवटा विकल्पहरु : नियन्त्रित विनिमय दर प्रणाली, स्वतन्त्र मौद्रिक नीति तथा स्वतन्त्र पुजी प्रवाह एकै साथ् प्राप्त गर्न नसकिने अवस्थालाई नै  Impossible Trinity भनिन्छ। यसलाई monetary policy trilemma पनि भनिन्छ। 

मानौ कि अर्थतन्त्रमा विनिमय दर नियन्त्रण छ र पुँजी प्रबाह स्वतन्त्र छ। यस्तो अवस्थामा केन्द्रीय बैंकले स्वतन्त्र रुपमा मौद्रिक नीति मार्फत ब्याजदर निर्धारण गर्ने कार्य गर्न सक्दैन किनकी उक्त अर्थतन्त्रको ब्याजदर अन्य देशको भन्दा कम भएमा पुँजी बाहिरिन गई बिदेशी मुद्राको अभाव हुन जान्छ र  स्वदेशी मुद्रा अवमुल्यन हुने सम्भावना रहन्छ। अर्को तर्फ ब्याजदर अन्य देशको भन्दा बढी भएमा पुँजी आप्रवाह भई मुद्रा अधिमुल्यन हुने सम्भावना रहन्छ। अत : विनिमय दर नियन्त्रण कायम राख्नका लागि ब्याजदरलाइ अन्य देश संग बराबर राख्न पर्ने बाध्यता रहन्छ। यस्तो अवस्थामा मौद्रिक नितीले स्वतन्त्र रुपमा ब्याजदर नियन्त्रण गर्न सक्दैन।   

तलको चित्रमा देखाय झैँ कुनै पनि अर्थतन्त्रले तीन वटा विकल्पहरु मध्ये  कुनै दुइवटा विकल्पहरु मात्रै छान्न सक्दछ :

Image result for impossible trinity

विकल्प A :
 यो विकल्पमा अर्थतन्त्रले मुद्राको विनिमय दर नियन्त्रण गर्ने तथा विभिन्न अर्थतन्त्रहरुबीच पूजीको प्रवाह स्वतन्त्र राख्न सक्दछ।  पूजीको प्रवाह यसरी  स्वतन्त्र राख्दा ब्याज दर भने नियन्त्रण गर्न सकिदैन। यस्तो अर्थतन्त्रमा अन्य अर्थतन्त्रकोको तुलनामा ब्याजदर न्युन राख्ने प्रयाश गर्दा पुँजी बहिर्गमन भई विदेशी मुद्राको अभाव हुन जाने तथा स्वदेशी मुद्राको अवमुल्यन हुने सम्भावना हुन्छ।  अर्कोतिर मुद्रास्फीति नियन्त्रण गर्न स्वदेशको ब्याजदर बिदेशमा भन्दा उच्च राख्ने प्रयाश गरेमा पुँजी आप्रवाह मार्फत विदेशी मुद्राको आपूर्ति अधिक हुन गई स्वदेशी मुद्रा अधिमुल्यन हुने सम्भावना रहन्छ ।  तसर्थ मौद्रिक नीतिले मुद्राको विनिमय दर स्थिर राख्ने लक्ष्य लिएको छ र पुँजी प्रवाह स्वतन्त्र छ भने ब्याजदर माथि नियन्त्रण गर्न सकिदैन ।   
उदाहरणका लागि मानौ कि नेपालको स्थिर विनिमय दर छ र पुँजी प्रवाह स्वतन्त्र छ।  यस्तो अवस्थामा नेपालको ब्याजदर विश्व बजार भन्दा कम भएमा मानिसहरुले नेपाली मुद्रा बेची यु.एस. डलरमा लगानी गर्ने प्रवृति रहन्छ।  फलस्वरूप, नेपाली मुद्राको माग घट्ने तथा डलरको माग बढ्ने भई नेपाली मुद्रा अवमुल्यन हुने सम्भावना रहनछ।  यस्तो अवस्थामा नेपालको ब्याजदर अन्य देशसंग बराबर राख्नुपर्ने बाध्यता सृजना हुन्छ ।  

विकल्प B  :
यस अन्तर्गत अर्थतन्त्रले  पूजीको स्वतन्त्र प्रवाह तथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सक्दछ।  स्वतन्त्र पुजी प्रवाहको अवस्थामा ब्याजदर माथि नियन्त्रण कायम राख्न पुजी आप्रवाह संगै विनिमय दर परिवर्तन हुन दिनु पर्ने हुन्छ। अन्यथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सकिदैन।उदाहरण को लागि मानौ कि नेपालमा स्वतन्त्र पुँजी प्रवाह छ र मौद्रिक नीतिले मुलुकको अवस्था हेरी स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्ने काम गरिरहेको छ।  यस्तो अवस्थामा पुँजी आप्रवाह तथा बहिर्गमनका आधारमा विनिमय दर परिवर्तन हुन दिनु पर्ने हुन्छ।  जस्तै नेपालको ब्याजदर अन्य देशको भन्दा बढी निर्धारण गरिएको छ भने पुँजी आप्रवाह हुन जान्छ।  यस्तो अवस्थामा नेपालको मुद्रालाइ अधिमुल्यन हुन दिनुपर्ने हुन्छ। अन्यथा विनिमय दरमा पर्ने दवाब हटाउन नेपालको ब्याजदर विश्व बजार संग बराबर बनाउनुपर्ने हुन्छ।  
 
विकल्प C :
यो विकल्पमा अर्थतन्त्रले  विनिमयदर  तथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सक्दछ। तर पुजी प्रवाह स्वत्रन्त्र भएमा यो दुवै कुरामा एकैसाथ नियन्त्रण गर्न सकिदैन। मानौ कि नेपालमा नियन्त्रित विनिमय दर प्रणाली छ र मौद्रिक नीतिले स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्न सक्दछ। यस्तो अवस्थामा पुँजी प्रवाह स्वतन्त्र गर्ने हो भने विनिमय दर माथिको नियन्त्रण कायम राख्न सकिदैन किनकी विश्व बजार भन्दा नेपालको ब्याजदर फरक पर्ने वित्तिकै पुँजी प्रवाह मार्फत विनिमय दरमा दवाब सिर्जना हुन्छ।    

सैदान्तिक रुपमा माथिका तीनवटा लक्ष्यहरु एकै साथ प्राप्त गर्न असम्भव देखियता पनि  विभिन्न मुलुकहरुले तिनवटै लक्ष्य हरुको मिश्रणको उपयोग गरिरहेका हुन्छन।  जस्तै नेपालको विनिमय दर भारतीय मुद्रासंग स्थिर भय पनि अन्य मुद्रा संग भने परिवर्तनशील छ।  त्यस्तै गरी नेपालमा FDI को रुपमा पुँजी आप्रवाह हुन सक्दछ तथा नेपालको मौद्रिक नीतिले केही हद सम्म मुद्रा आपूर्ति तथा ब्याजदर सम्बन्धी निर्णयहरु स्वतन्त्र रुपमा गर्न सक्दछ।
......................................................................................................................................................................




 





Friday, June 28, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?

कुनै पनि अर्थतन्त्रका पूर्व निर्धारित बृहत आर्थिक उदेश्यहरु प्राप्त गर्नका लागि केन्द्रीय बैंक वा मौद्रिक अधिकारीले कार्यन्वयन गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ।  यस अन्तर्गत केन्द्रीय बैंकले मुद्राको आपूर्ति, बैंक कर्जा तथा ब्याजदर जस्ता चरहरुमा नियन्त्रण गरी मूल्य स्थिरता, बाह्य क्षेत्र स्थिरता, वित्तिय स्थिरता तथा आर्थिक वृद्धि जस्ता  लक्ष्यहरु प्राप्त गर्ने उदेश्य राखेको हुन्छ। हाल विश्वभर नै मूल्य स्थिरता मौद्रिक नीतिको प्रमुख उदेश्यको रुपमा रहदै आएको छ।  

अर्थतन्त्रमा आर्थिक वृद्धि न्युन छ र बेरोजगारी दर बढी छ भने केन्द्रीय बैंकले मुद्रा आपूर्ति वृद्धि गर्ने, कर्जाको उपलब्धता बढाउने तथा ब्याजदर सस्तो बनाउने खालका नीतिगत निर्णयहरु लिन सक्दछ। यसलाई मौद्रिक नीतिको विस्तारकारी कार्यदिशा भनिन्छ।  अर्कोतिर अर्थतन्त्रको माग तीब्र गतिमा बढिरहेको छ भने केन्द्रीय  बैंकले मुद्रा आपूर्ति घटाउने, कर्जाको उपलब्धता कसिलो बनाउने तथा ब्याजदर वृद्धि गर्ने जस्ता नीतिगत निर्णयहरु लिन सक्दछ। यसलाई मौद्रिक नीतिको संकुचनकारी कार्यदिशा भनिन्छ। यस अर्थमा मौद्रिक नीतिलाई माग व्यवस्थापन नीति (demand management policy) पनि भानिन्छ। 

मुद्रा आपूर्ति, कर्जा प्रवाह तथा ब्याजदर नियन्त्रण गर्नाका लागि केन्द्रीय  बैंकले अनिवार्य नगद अनुपात, खुला बजार कारोबार तथा बैंक दर जस्ता उपकरण हरुको उपयोग गर्दछ। मुद्रा आपूर्ति वृद्धि गर्नु पर्ने अवस्था छ भने    अनिवार्य नगद अनुपात तथा बैंक दरमा कटौती गर्ने तथा खुला बजार कारोबार मार्फत बजारमा तरलता प्रबाह गर्ने कार्य गर्दछ भने मुद्रा आपूर्ति घटाउनु पर्ने अवस्था भएमा अनिवार्य नगद अनुपात तथा बैंक दरमा वृद्धि गर्ने तथा खुला बजार कारोबार मार्फत तरलता प्रसोचन गर्ने कार्य गर्दछ।  
...................................................................................................................................................................



Siddha Raj Bhatta

Sunday, June 23, 2019

Nepal in Data : Economic Growth, Income, Consumption, Saving and Investment

Economic Growth
  • The average growth rate in the last 10 years in Nepal is 4.6 percent.
  • Economic performance deteriorated during 2014/15 and 2015/16 due to the devastating earthquake and supply disruptions due to Terai movement. 
  • The economy grew by more than 5 percent during the last three years.
Sectoral Performance of the Economy
  • Agriculture sector grew at an average of 3.1 percent during the last 10 years.
  • Industrial sector did not achieve significant expansion.
  • Services sector performed well.
  • During the last three years, agriculture sector grew by 4.3 percent, industrial sector grew by 10 percent and services sector grew by 7.5 percent. 

Structure of the Economy 
  • The contribution of agriculture sector in GDP is declining over time and the contribution of services sector is increasing. However, the contribution of industrial sector is more or less stagnant over time.
  • In 2018/19, the share of agriculture sector  is estimated to be 27.0 percent, the contribution of industrial sector is 15.2 percent and that of services sector is 57.8 percent. 
  • On the expenditure side, Nepal's GDP is basically driven by consumption and investment. The ratio of consumption expenditure to GDP is high but it is on a downward trend during the last four year.
  • However, the gross capital formation GDP ratio is rising over time and has reached 62.3 percent in 2018/19. 
  • The net export component is negative and it is expanding over time.

Components of GDP : Demand Side

2014/15
2015/16
2016/17
2017/18
2018/19
Consumption/GDP
90.8
95.9
86.6
82.2
79.5
GCF/GDP
39.1
33.9
46.8
55.2
62.3
Net Exports /GDP
-29.9
-29.8
-33.4
-37.4
-41.8
  •  On the income side, mixed income/operating surplus comprises almost half of GDP, almost 40 percent is compensation to employees and the rest goes to government in the form of taxes.

Components of GDP : Income Side

2014/15
2015/16
2016/17
2017/18
2018/19
Compensation of Employees
40.7
40.7
39.3
37.6
35.8
Net Taxes
10.9
11.6
12.6
13.9
15.4
Mixed Income/Operating Surplus
48.3
47.7
48.1
48.5
48.8

Saving and Investment  
  • The domestic saving ratio is low. However it is increasing in the last few years  due to lower inflation, higher deposit rates and expansion in financial access in the country. In 2018/19, such ratio is estimated to reach 20.5 percent from 4.1 percent four year ago. 
  • The national saving ratio is higher due to remittance inflow in the country. Such ratio is increasing over time. In 2018/19, such ratio is estimated to reach 52.4 percent.
  • The gross fixed capital formation GDP ratio is rising and is estimated to reach 36.9 percent in 2018/19.
  • The gross capital formation GDP ratio is more than 50 percent. It is estimated to be 62.3percent in 2018/19.
  • The resource gap which is defined to be the difference between Gross National Saving and Gross Capital Formation is negative in the recent years (highest -9.9 percent in 2018/19). During the last 19 years, resource gap is negative in 5 years.

Per Capita Income  
  • The nominal GDP per capita is estimated to reach 1034 USD in 2018/19. The GNI per capita is estimated to be 1047 USD and GNDI per capita is estimated to be 1364.
......................................................................................................................................................................






Wednesday, June 19, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान - जिज्ञासा ८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ


भ्रम न. १ : रेमिटान्स आय भित्र विदेशबाट पठाएको रेमिटान्स रकम मात्रै पर्दछ।   
 यथार्थ : सामान्यतया रेमिटान्स आय भन्नाले आम जनमानसले विदेशबाट प्राप्त रेमिटान्स रकम मात्रै बुझ्ने भयता  पनि यस भित्र आन्तरिक रेमिटान्स पनि पर्दछ। उदाहरणका लागि तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षण बाट साभार गरिएको परिभाषा हेरौ :

Remittance is defined as a transfer in cash or kind sent or received by a household over the last 12 months preceding the interview. Remittances flow in and out of the country and both have been taken into account in the survey.

उक्त सर्वेक्षणका अनुसार नेपालमा कुल रेमिटान्समा आन्तरिक रेमिटान्स को अंश करिब २० प्रतिशत रहेको छ।
तसर्थ रेमिटान्स शब्दको उपयोग कुन अर्थमा हुदैछ भन्ने कुरा बुझ्न जरुरी छ।  केन्द्रीय तथ्यांक विभागले गर्ने सबैखालको सर्वेक्षणमा रेमिटेन्सले आन्तरिक तथा बाह्य रेमिटेन्स दुबैलाई बुझाँउदछ भने नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने रेमिटेन्स नेपाल बाहिरबाट मात्र प्राप्त हुने रेमिटेन्स हो।

भ्रम न. २  : नेपालका करिब ५६ प्रतिशत घरपरिवारले विदेशबाट रेमिटान्स प्राप्त गर्दछन ।  
 यथार्थ : तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षणको नतिजाले नेपालमा ५६ प्रतिशत घरपरिवारले रेमिटान्स प्राप्त गर्दछन भन्ने देखाएको छ।  तर त्यस्तो घरपरिवारमा आन्तरिक रेमिटान्स प्राप्त गर्ने घरपरिवार पनि समाबेश भएकाले विदेश बाट मात्रै रेमिटान्स प्राप्त गर्ने घरपरिवारको संख्या ५६ प्रतिशत हैन।  तथ्यांक विश्लेषण गर्दा यस्तो तथ्यांक करिब ३० प्रतिशतको हाराहारीमा मात्रै देखिन्छ ।

भ्रम न. ३  :  विदेशबाट प्राप्त रेमिटान्स रकम को करिब ७९ प्रतिशत उपभोग मा खर्च हुन्छ।   
 यथार्थ : तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षणको नतिजाले देखाय झैँ रेमिटान्स रकम को ७९ प्रतिशत उपभॊग मा खर्च हुन्छ  तर आम जनमानसले बुझे झैँ विदेश बाट प्राप्त हुने रेमिटान्स रकम को ७९ प्रतिशत उपभोगमा खर्च हुन्छ भन्ने तथ्य सहि होइन।  तलको तालिकामा देखाय झैँ आन्तरिक रेमिटान्स र भारत बाट प्राप्त हुने रेमिटान्स को ठुलो हिस्सा उपभोगमा खर्च हुन्छ भने अन्य मुलुक को हक मा भने त्यस्तो अनुपात कम रहेको छ।
        श्रॊत : NLSS III
 भ्रम न. ४  :  वैदेशिक रेमिटान्स रकम  कुल राष्ट्रिय  उत्पादनमा समाबेश हुन्छ ।   
 यथार्थ : सामान्यतया बिदेश बाट प्राप्त रेमिटान्स नेपालका उत्पादनका साधनले बिदेशमा प्राप्त गरेको आयको रुपमा बुझ्न सकिने भएता पनि ती उत्पादनका साधनहरु एक वा सो वर्ष भन्दा बढी अवधिको लागि वैदेशिक रोजगारमा गएका छन् भने तिनीहरुलाई नेपालका बासिन्दा को रुपमा समाबेश नगरिकन बाह्य देशका बासिन्दाको रुपमा लिइन्छ।  तसर्थ तिनीहरुले पठाएको रकम नेपालको लागि उत्पादनका साधनको आय नभएर बिदेशी बासिन्दाले दिएको उपहार सरह हुने भएकाले ट्रान्सफर को रुपमा गणना हुन्छ  र कुल राष्ट्रिय आय मा समाबेश हुदैन।  
 भ्रम न. ५   : नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिटान्सको योगदान करिब २५ प्रतिशत छ ।   
 यथार्थ : बिदेश बाट प्राप्त रेमिटान्स नेपालको आन्तरिक उत्पादन अर्थात् GDP मा समाबेश नहुने भएकाले GDP मा रेमिटान्स को योगदान २५ प्रतिशत  भन्नु भ्रमपूर्ण  हुन्छ । यसलाई नेपालमा रेमिटान्स GDP अनुपात २५ प्रतिशत छ भनेर ब्याख्या गर्नु उपयुक्त हुन्छ।  
................................................................................................................................................................







Siddha Raj Bhatta

Friday, June 7, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान - जिज्ञासा ७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?

स्कुल तथा क्याम्पस स्तरको अर्थशास्त्र अध्ययनका क्रममा कुल गार्हस्थ्य उत्पादन तथा कुन राष्ट्रिय उत्पादनको परिभाषा दिमागमा बोकेका हजारौ अर्थशास्त्रका बिद्यार्थीहरुलाई नेपाली कामदारले विदेश बाट कमाएर पठाएको विप्रेषण कुल गार्हस्थ्य उत्पादन तथा कुन राष्ट्रिय उत्पादन कुनैमा पनि समाबेश हुदैन भन्ने तथ्य पढ्दा विश्वास गर्न पक्कै पनि गाह्रो हुन्छ होला । बिद्यार्थी मात्रै नभएर केही शिक्षक, प्रोफेसर, पत्रकार तथा नीति निर्माताहरु समेत यस सम्बन्धमा जानकार नभएको अनुभव यो ब्लगरको रहेको छ। यो नितान्त प्राबिधिक कुरा भएकाले यसका सम्बन्धमा जानकारी नहुनु कुनै ठुलो कुरा भएन  र यसको दोष कलेजस्तरको पाठ्यपुस्तक वा पढाउने शिक्षकको पनि होइन । बरु कमजोरी समग्र शिक्षा प्रणालीको हो  जुन  केवल सैदान्तिक अवधारणाहरुको ज्ञान प्रदान गर्नमा केन्द्रित छ।    
कलेजस्तरको पाठ्यपुस्तकमा GNI को अवधारणा सिकाउदा  GNI =GDP +NFIA भनेर ब्याख्या गर्ने गरिन्छ।  NFIA भन्नाले नेपाली उत्पादनका साधनले विदेशबाट प्राप्त गरेको साधन आय तथा विदेशी उत्पादनका साधनले नेपाल बाट प्राप्त गरेको साधन आयको फरक हो। सरसर्ती हेर्दा रेमिटान्स नेपाली कामदारहरुले विदेशमा काम गरेर पठाउने भएको भएर नेपाली उत्पादनका साधनले विदेशबाट प्राप्त गरेको आयको रुपमा GNI मा समाबेश हुनुपर्ने हो।  तर System of National Accounts तथा  Balance of Payments Compilation मा Residents तथा Non-Residents को परिभाषा सामान्य बुझाईभन्दा फरक हुने गरेका कारण रेमिटान्स आयको ठुलो हिस्सा उत्पादनका साधनको आयको रुपमा गणना नभएर ट्रान्सफरको रुपमा गणना हुन्छ र GNI मा समाबेश हुन पाउदैन।  
Nepali Residents तथा Non-Residents 
कुनै नेपाली कामदार विदेशमा गई एक वा एक वर्ष भन्दा बढीको अवधिका लागि कार्यरत छ भने उक्त कामदारलाई  उक्त देशको resident को रुपमा लिइन्छ भने नेपालको लागि  Non-Residents को रुपमा लिइन्छ।  तसर्थ उक्त कामदारले पठाएको रेमिटेन्स नेपालको उत्पादनका साधनको आय नभएर Non-Residents ले गरेको ट्रान्सफरको रुपमा गणना हुन्छ।  यो कुरा IMF ले तयार पारेको BOP Compilation Manual  बाट प्रस्ट बुझ्न सकिन्छ।

नेपालबाट विदेश काम गर्न जाने कामदारहरु प्राय एक वर्ष भन्दा लामो अवधिको लागि जाने भएकाले तिनीहरुबाट प्राप्त रेमिटेन्स साधन आयको रुपमा गणना नभई व्यक्तिगत ट्रान्सफरको रुपमा गणना हुन्छ। ट्रान्सफरबाट प्राप्त आय सिद्धान्त: उत्पादन गतिबिधिमा संलग्न नभैकन नै प्राप्त हुने रकम भएकाले रेमिटेन्स लाइ GNI मा समाबेश गरिदैन ।  
उदाहरणका लागि नेपालको आर्थिक वर्ष २०७४/७५ को BOP Statistics तथा National Income Statistics हेरौ।
 तालिका १ 
Summary of Balance of Payments (million Rs.)
Particulars
2016/17
2017/18P


A. Current Account

-10130.6
-245216.7


Goods: Exports f.o.b.
82127.5
93305.2


Goods: Imports f.o.b.
-977945.8
-1227874.0


Balance on Goods

-895818.3
-1134568.9


Services: Net

2891.3
2066.3



Services: credit
158264.9
177473.0



Services: debit
-155373.6
-175406.7


Balance on Goods and Services
-892926.9
-1132502.6


Income: Net


30995.1
22614.9



Income: credit
51958.8
69142.8



Income: debit

-20963.8
-46527.9


Balance on Goods, Services and Income
-861931.9
-1109887.6


Transfers: Net

851801.3
864670.9



Current transfers: credit
855708.8
870475.7




Grants

114663.9
61262.4




Workers' remittances
695452.4
755058.6




Pensions
45592.6
54154.7




Other (Indian Excise Refund)
0.0
0.0



Current transfers: debit
-3907.6
-5804.8

B
Capital Account (Capital Transfer)
13362.7
17721.8

  Total, Groups A plus B
3232.1
-227494.9

C
Financial Account (Excluding Group E)
26639.5
102842.1

  Total, Group A through C

29871.6
-124652.7

D.
Miscellaneous Items, Net
33422.5
112273.0

  Total, Group A through D

63294.1
-12379.7

E. Reserves and Related Items

-63294.1
12379.7

Changes in reserve net (- increase)*
-82106.1
-960.2

Source : Nepal Rastra Bank  
माथिको तालिका बाट दुइटा तथ्य प्रस्ट हुन्छ।  
  • आर्थिक वर्ष २०७४ /७५ मा नेपालको खुद साधन आय जम्मा रु २२. अर्ब मात्र छ।  
  • रेमिटेन्स रकम आय मा समाबेश नभएर Current Transfer अन्तर्गत पर्दछ।  यस्तो transfer मा सरकारले प्राप्त गर्ने अनुदान रकम र नेपालीले प्राप्त गर्ने पेन्सन रकम पनि पर्दछन। आर्थिक वर्ष २०७४ /७५ मा यस्तो net transfer   रकम ८६४. ७ अर्ब रहेको छ।  
अब BOP बाट प्राप्त यी आँकडा हरु राष्ट्रिय आय गणनामा कसरी उपयोग  हुन्छन भन्ने बुझ्न तलको तालिका हेरौ। उक्त तालिकामा आर्थिक वर्ष २०७४/७५ को GDP रकम रु ३०.३ खर्बमा   खुद आय रु २२.६ आर्ब जोडेर रु ३०.५३ खर्ब GNI निकालिएको छ भने GNI मा रु ८६४.७ अर्ब net current transfer जोडेर रु ३९. २ खर्ब बराबरको GNDI अर्थात् खर्चयोग्य आय निकालिएको छ।  
    तालिका २ 


GDP, GNI, GNDI at current prices (Millions)
                                                                                                                               
               
Description            
2073/74
2074/75R
2075/76P
2016/17
2017/18
2018/19
Gross Domestic Product (GDP)
2,674,493
3,031,034
3,464,319
Factor  income,  Net
30,995
22,615
42,412
Gross National Income (GNI)
2,705,488
3,053,649
3,506,731
Current transfers, Net
851,801
864,671
1,062,728
Gross National Disposable Income (GNDI)
3,557,289
3,918,320
4,569,459
R = Revised/P = Preliminary



Source : CBS, Nepal
 तसर्थ रेमिटेन्सबाट प्राप्त आय ट्रान्सफर आयको रुपमा गणना हुने भएकाले उक्त रकम कुल राष्ट्रिय आय (GNI) मा समावेश हुदैन ।  
...................................................................................................................................................................
यो पनि पढ्नुस  

आर्थिक तथा बैंकिंग ज्ञान - जिज्ञासा ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?