Showing posts with label BoP. Show all posts
Showing posts with label BoP. Show all posts

Tuesday, February 7, 2023

शोधनान्तरमा सुधार हुनु पछाडिका मुख्य कारणहरु

 

गत आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२४१ अर्बले घाटामा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा रु. ९७ अर्बले बचतमा गएको छ । यस पछाडिका मुख्य कारणहरु निम्न अनुसार छन् ।

  • आयातमा भएको कमीका कारण व्यापार घाटामा करिब रु.१६८ अर्बले सुधार हुनु ।
  • पर्यटन आय तथा अन्य सेवा आयमा भएको वृद्धिसँगै सेवा खाता घाटा करिब रु.१५ अर्बले सुधार हुनु ।
  • विदेशमा ब्याजदर बढेका कारण वैदेशिक मुद्रामा गरिएको लगानीबाट करिब रु. १५ अर्ब थप आय प्राप्त हुनु।  
  • करिब रु.११५ अर्ब बराबरको थप विप्रेषण प्राप्त हुनु ।
  • निर्यातको अग्रिम भुक्तानीवापत् गत वर्षको तुलनामा थप रकम प्राप्त हुनु ।

Wednesday, November 16, 2022

शोधनान्तरमा सुधार कसरी भयो ? 

शोधनान्तरमा रु. १०० अर्बको सुधार कसरी भयो ? 

पाँच कारणहरु 

गत आर्थिक वर्षको तीन महिनामा करिब रु. ८८ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको तीन महिनामा करिब रु. १०० अर्बले सुधार भई रु. १२ अर्ब बचतमा आईपुगेको छ । यसका पछाडि मुख्यतया निम्न पाँच कारणहरु रहेका छन् । 

क) आयातमा व्यवस्थापन तथा कसिलो मौद्रिक नीतिका कारण आयातमा करिब रु. ७४ अर्बले कमी आई ( निर्यात रु. १४ अर्बले घटेतापनि ( व्यापार घाटामा करिब रु.५९ अर्बले सुधार भएको । 

ख) कमजोर विनिमय दर, अन्य मुलुकहरुको आर्थिक पुनरुत्थान तथा कोभिड पश्चात वैदेशिक रोजगारीमा भएको वृद्धिका कारण विप्रेषण आप्रवाह तथा पेन्सन प्राप्तीमा करिब रु.४२ अर्बले वृद्धि भएको तथा नेपाल सरकारको अनुदान परिचालनमा करिब रु. ३ अर्बले वृद्धि भएको । यसबाट चालु खाता घाटामा करिब रु.११५ अर्बले सुधार भएको ।

 ग) विदेशमा व्याजदर वृद्धि लगायतका कारण नेपालले विदेशवाट प्राप्त गर्ने व्याज तथा अन्य आयमा करिब रु. ९ अर्बले वृद्धि भएको । 

ङ) प्रत्यक्ष्य वैदेशिक लगानी करिब रु. ५ अर्बले घटेतापनि नेपाल सरकार तथा निजि क्षेत्रले परिचालन गरेको वैदेशिक ऋणमा करिब रु. १८ अर्बले वृद्धि भएको ।