Wednesday, September 9, 2020

A Complete Series of Videos on Monetary Policy

A Series of Videos on Monetary Policy 

Video1: Monetary Policy : Meaning and Objectives
Video 2 : MP Stance /Types
Video 3 : MP Framework
Video 4 : MP Instruments
Video 5 : MP transmission Mechanism 
Video 6 : Effectiveness of MP
Video 7: Limitations of MP
Video 8: How MP differs from Fiscal Policy?
Video 9: MP in fixed exchange rate economy
Video 10 : MP during recession/crisis
Video 11 : Need for coordination between MP and FP
Video 12: Non-conventional MP
Video 13 : MP as a stabilization Policy Tool
Video 14: How MP affects other sectors of the economy?
Video 15 : Features of MP 2020/21

 

Friday, September 4, 2020

आर्थिक विश्लेषणमा प्रयोग हुने केही अनुपातका अपब्याख्याहरु

आर्थिक विश्लेषणमा प्रयोग हुने केही अनुपातका अपब्याख्याहरु :
१. Remittance/GDP: यसलाई विप्रेषणले कुल गार्हस्थ्य उत्पादनमा दिने योगदान भनेर ब्याख्या गरिएको हुन्छ जुन गलत हो । विप्रेषण आय कुल गार्हस्थ्य उत्पादनमा पर्दै पर्दैन अनि कसरी योगदान भयो ? यसलाई विप्रेषण कुल गार्हस्थ्य उत्पादन अनुपात यति प्रतिशत भनेर मात्रै ब्याख्या गर्न सकिन्छ ।

२. Tax/GDP : यसलाई करले कुल गार्हस्थ्य उत्पादनमा दिने योगदान भनेर ब्याख्या गरिन्छ । यो पनि गलत हो । यसलाई पनि कर कुल गार्हस्थ्य उत्पादन अनुपात यति प्रतिशत भनेर ब्याख्या गर्नुपर्ने हुन्छ ।

३. कुनै कुनै ठाँउमा बीमा प्रिमियमलाई कुल गार्हस्थ्य उत्पादनले भाग गर्दा आउने अंकलाई बीमाले कुल गार्हस्थ्य उत्पादनमा गर्ने योगदान भनेर लेखिएको हुन्छ । त्यो पनि सरासर गलत हो । त्यसो भए बैंक निक्षेपले पनि सोझै कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने होला । त्यस्तो अनुपात त १०० प्रतिशत भन्दा बढी छ । भने पछि सबै जिडिपि निक्षेपबाटै आउने होला त । पक्कै पनि होइन । बीमा प्रिमियम जिडिपि अनुपातलाई insurance penetration भनेर ब्याख्या गरिन्छ ।

४. सार्वजनिक संस्थानले उठाएको कर तथा गैर कर राजस्वलाई जिडिपिले भाग गरेर सार्वजनिक संस्थानको जिडिपिमा योगदान भनेर उल्लेख गरेको देखिन्छ । यसलाई पनि अनुपात भनेर ब्याख्या गर्नुपर्ने हुन्छ ।

५. अझै उदेक लाग्दो कुरो के भने बैंक खाता संख्यालाई, मोबाइल संख्यालाई जनसंख्याले भाग गरयो यति प्रतिशत जनसंख्या संग मोवाइल, यतिसंग खाता भन्यो । यो गलत हो । नेपालमा मोवाइल संख्या र बैंक खाता संख्या जनसंख्या भन्दा पनि बढी छ । त्यसो भए सबैको पहुँच पुगेकै हो त ? पक्कै पनि हैन । तसर्थ यस्ता अनुपातलाई mobile penetration/bank account penetration भनेर ब्याख्या गर्नुपर्ने हुन्छ ।

६. अझै रोचक कुरा त के हो भने उपभोग खर्चलाई जिडिपि ले भाग गरेर जिडिपिमा उपभोगको योगदान भनिएको हुन्छ । के उपभोगमा स्वदेशी उत्पादन उपभोग मात्रै पर्ने हो त? हैन । विदेशवाट ल्याएको पेसाले गरेको उपभोग होस कि विदेशी वस्तुको उपभोग होस सबै पर्छ । अनि उपभोगको योगदान भन्न पाइयो त ? तसर्थ यसलाई पनि उपभोग जिडिपि अनुपात भनेर भन्न पर्ने हुन्छ ।

७. त्यसैगरी जिडिपिबाट उपभोग घटाउदा आन्तरिक बचत आउने हो । आन्तरिक बचतलाई जिडिपिले भाग गर्दा आन्तरिक बचत जिडिपि अनुपात आउने हो । मानौ २० प्रतिशत आयो । यसको अर्थ हामी नेपालमा हुने कमाईको २० प्रतिशत बचत गर्छौ भन्ने हो त? पक्कै होइन । किनकी उपभोग त नेपालको कमाइले मात्रै हुने होइन, विप्रेषणबाट पनि हुने हो, विदेशी पेन्सनबाट पनि हुने हो । तयर्थ यो पनि केवल आन्तरिक बचत जिडिपि अनुपात हो । यसले न त नेपालले आफ्नो एक वर्षको कमाईको २० प्रतिशत बचत गर्दछ भन्ने देखाउदछ नत नेपालको एक वर्ष भरिमा प्राप्त हुने कुल आयको २० प्रतिशत बचत हुन्छ भन्ने देखाउदछ । यसले सिर्फ के तुलना गर्दछ भने नेपालभित्रबाट प्राप्त हुने आय १०० छ भने हाम्रो उपभोग ८० बराबर छ । उक्त उपभोग त्यही १०० बाटै भएको हुन सक्दछ वा बाहिरबाट आएको पैसाबाट हुन सक्दछ ।

तयर्थ, फरक अनुपात तथा योगदान बीचको हो । अनुपात त केटा तथा केटीको बिचमा पनि निकाल्न मिल्छ । केटा र केटी बीचको अनुपात २० प्रतिशत भनेको प्रत्येक १०० केटी बराबर २० केटा छन् भन्ने मात्र हो । केटीको संख्यामा केटाको योगदान २० प्रतिशत भन्ने हुदैन होला ।