Wednesday, September 25, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २७ :आन्तरिक ऋण उठाउन का लागि नेपाल सरकारले उपयोग गर्ने उपकरण हरु के के हुन ?

आन्तरिक ऋण उठाउने प्रयोजनार्थ नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गर्दै आएका सरकारी ऋणपत्रहरू देहायबमोजिम रहेका छन् :
  •  टेजरी बिल: टे«जरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । टे«जरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने टे«जरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका टे«जरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।
  • विकास ऋणपत्र: विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
  • राष्ट्रिय बचतपत्र: राष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गर्दछ ।
  •  नागरिक बचतपत्र:  नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ ।
  • वैदेशिक रोजगार बचतपत्र: मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्र ५ वर्षे अवधिको निष्कासन गरिन्छ ।
  • आर्थिक वर्ष २०७५/७६ को अन्तसम्ममा कायम रहेको कुल रु. ४५३ अर्ब आन्तरिक ऋण परिचालन मध्ये रु. १४७ अर्ब (३२.४ प्रतिशत) ट्रेजरी बिल्स विक्रीबाट, रु. २९७ अर्ब (६५.६ प्रतिशत) विकास ऋणपत्रबाट, रु. ८ अर्ब (१.८ प्रतिशत) नागरिक बचतपत्र तथा रु. ४५ करोड वैदेशिक रोजगार वचतपत्रबाट परिचालन गरेको छ ।  
  •  ...............................................................................................................
    Also Read
    १ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
     समाधान 
    २ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
    समाधान 
    ३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
    समाधान 
    ४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
    समाधान 
    ५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
    समाधान 
     ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
    समाधान 
    ७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
     समाधान 
    ८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
    समाधान 
     ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
    १० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
    समाधान 
     ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
    १२ : Is inflation always detrimental to growth? 
    समाधान 
     १३ : How does the banking system create credit in an economy? 
    १४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
     १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
    १६ : How to Rebase the CPI Index?
    १७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
    १८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
    १९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?

    २० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
     समाधान
     २१ : Why GDP is an important indicator of an economy?
     समाधान  
    २२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
    समाधान
     आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २३ : मुद्रा प्रदाय भन्नाले के बुझिन्छ ? संकुचित मुद्रा प्रदाय तथा विस्तृत मुद्रा प्रदाय बीच के फरक हुन्छ ?
     समाधान
    आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २४ : के मौद्रिक नीतिले पूर्णरुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?
     समाधान
    आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?
     समाधान

Sunday, September 22, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २६ : नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कस्तो रहेको छ ?

नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कस्तो रहेको छ ?
मौद्रिक नीतिको प्रमुख उदेश्य अर्थतन्त्रमा आर्थिक स्थायित्व कायम राख्दै वित्तीय पहुँचमा अभिवृद्धि गर्ने तथा आर्थिक वृद्धि प्राप्त गर्नमा सहयोग गर्नु रहेको हुन्छ । नेपालको मौद्रिक नीतिले लिएका उदेश्यहरुका आधारमा विश्लेषण गर्दा मौद्रिक नीति धेरै हदसम्म सफल भएको देखिन्छ ।
क) मुल्य स्थायित्व: विगत तीन वर्ष यताको मुद्रास्फीति राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीति ४.२ प्रतिशत रहेकोमा आ.व. २०७५/७६ मा ४.६ प्रतिशत रहेको छ । यसरी मुद्रास्फीति नियन्त्रण गर्ने कार्यमा मौद्रिक नीति विगत केही वर्षयता केहि हद सम्म सफल भएको देखिन्छ ।
ख) बाह्य क्षेत्र स्थायित्व: भुक्तान संतुलनमा धेरै ठुलो घाटा नभएको,  विदशी मुदा्रको पर्याप्त रिजर्भ रहेको तथा विनिमय दरमा ठुलो उतारचढाव नभएको अवस्थालाई बाह्य क्षेत्र स्थायित्वको रुपमा लिन सकिन्छ । नेपालमा विगतमा धेरै वर्ष भुक्तान संतुलन नाफामा रहने गरेको भएतापनि आ.व. २०७५/७६ मा भने आयातमा भएको उच्च विस्तारका कारण केही घाटामा जाने देखिएको छ । तथापि बैंकिङ्ग क्षेत्रसंग आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय रहेको अवस्था छ ।
ग) बैंकिङ्क पहुँच तथा तथा  वित्तीय क्षेत्र स्थायित्व: नेपालमा बैंकिङ्ग पहुँचमा विस्तार हुदै गएको छ । मुलुकभरमा ८ हजार भन्दा बढी बैंक तथा वित्तीय संख्याका शाखा संचालनमा रहेका छन्  भने ती संस्थामा खुलेका खाता संख्या २ करोड ७९ लाख पुगेका छन् । यसका साथै राष्ट्र बैंकको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रले कुनै ठुलो प्रणालीगत समस्या बेहोर्नुपरेको छैन ।
घ) सुरक्षित भुक्तानी प्रणालीको विकास: नेपालमा भुक्तानी प्रणालीको विकासका लागि मौद्रिक नीतिले आवश्यक पूर्वाधार निर्माणमा जोड दिदै आएको छ । भुक्तानी प्रणालीको विकासका लागि इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग, आई.पि.एस. , RTGS जस्ता भुक्तानी प्रविधिका माध्यहरुको विकास हुदै गएको छ ।
ङ) आर्थिक वृद्धि: विगत तीन वर्षयता नेपालले ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि प्राप्त गरेको छ । आर्थिक वृद्धिका लागि चाहिने कर्जा उपलब्धताका लागि नेपाल राष्ट्र बैंकले प्रभावकारी रुपमा तरलता व्यवस्थापन गर्दे आएको छ ।
संक्षेपमा  भन्नुपर्दा विगत तिन वर्ष यताको स्थिती हेर्ने हो भने नीतिले आफुले राखेका धेरैजस्तो उदेश्यहरु प्राप्त गर्न सफल भएको छ ।  यस अर्थमा मौद्रिक नीति धेरै हदसम्म प्रभावकारी रहेको छ भन्न सकिने प्रशस्त आधारहरु छन् ।

 ...............................................................................................................
Also Read
१ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
 समाधान 
२ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
समाधान 
३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
समाधान 
४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
समाधान 
५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
समाधान 
 ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
समाधान 
७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
 समाधान 
८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
समाधान 
 ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
१० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
समाधान 
 ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
१२ : Is inflation always detrimental to growth? 
समाधान 
 १३ : How does the banking system create credit in an economy? 
१४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
 १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
१६ : How to Rebase the CPI Index?
१७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
१८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
१९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?

२० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
 समाधान
 २१ : Why GDP is an important indicator of an economy?
 समाधान  
२२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
समाधान
 आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २३ : मुद्रा प्रदाय भन्नाले के बुझिन्छ ? संकुचित मुद्रा प्रदाय तथा विस्तृत मुद्रा प्रदाय बीच के फरक हुन्छ ?
 समाधान
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २४ : के मौद्रिक नीतिले पूर्णरुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?
 समाधान
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?
 समाधान

Monday, September 9, 2019

Indian Economic Slowdown and Implications for Nepalese Economy

Indian economy is struggling with an economic slowdown that have many implications for Nepal. Here is an overview of the recent Indian economic developments, initiatives taken b the government and implications for Nepal. Click here to see in Prezi

Thursday, September 5, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?

धेरै नीतिगत विस्लेषणहरुमा नेपालमा विदेशबाट प्राप्त विप्रेषण रकम को ठुलो हिस्सा (७९ प्रतिशत) उपभोगमा खर्च हुने भएकाले यसले आन्तरिक उत्पादन भन्दा  आयात वृद्धिमा प्रोत्साहन दिएको भन्ने उल्लेख गरिएको हुन्छ। यो भनाइ केहि हद सम्म सहि भएता पनि विदेशबाट प्राप्त विप्रेषणको मात्रै ७९ प्रतिशत भने उपभोग मा खर्च हुने होइन।  विप्रेषण भित्र आन्तरिक तथा बाह्य विप्रेषण गरी दुइ प्रकारका ट्रान्सफर हरु पर्दछन।  नेपालका घर परिवारले प्राप्त गर्ने कुल विप्रेषणमा आन्तरिक विप्रेषणको हिस्सा २० प्रतिशत जति छ।  तेस्रो नेपाल जीवनस्तर मापन सर्वेक्षण बाट लिइएको तलको तालिका हेर्दा कुल विप्रेषणमा आन्तरिक विप्रेषणको हिस्सा घट्दै गएको देख्न सकिन्छ । 

 अर्को महत्वपुर्ण कुरा के हो भने कुल विप्रेषणको ७९ प्रतिशत उपभोगमा खर्च हुने भएतापनि विदेशबाट प्राप्त विप्रेषणको भने ७९ प्रतिशत नै उपभोगमा खर्च हुने कुरा सही हैन।  तथ्यांकले के देखाउदछ भने नेपालमा आन्तरिक श्रोतबाट प्राप्त विप्रेषणको ८४ प्रतिशत भन्दा माथि उपभोगमा खर्च हुन्छ भने मलेसिया, कतार, साउदी अरब जस्ता मुलुक बाट प्राप्त हुने विप्रेषणको ५० -५५ प्रतिशत मात्रै उपभोगमा खर्च हुन्छ। त्यस्ता मुलुकहरुबाट प्राप्त हुने विप्रेषणको १२ प्रतिशत सम्म रकम शिक्षा तथा पुजी निर्माणमा खर्च हुने देखिएको छ जबकि आन्तरिक विप्रेषणको ५-६ प्रतिशत मात्रै शिक्षा तथा पुजी निर्माणमा खर्च हुन्छ।  
तेस्रो नेपाल जीवनस्तर मापन सर्वेक्षण बाट लिइएको  तलको तालिका हेरौ। 
 
              संक्षेपमा विप्रेषणको ७९ प्रतिशत अंश उपभोगमा खर्च हुन्छ भनेर भन्दै गर्दा के बिर्सिनु हुदैन भने विप्रेषण रकममा आन्तरिक विप्रेषण पनि समावेश गरिएको हुन्छ। आन्तरिक विप्रेषणले उपभोगमा बढी योगदान दिने भयेकाले बाह्य विप्रेषणको मात्रै ७९ प्रतिशत  हुने हैन।