Friday, October 21, 2022

मुलुकको आर्थिक तथा वित्तीय स्थिति अपडेट

  मुलुकको आर्थिक तथा वित्तीय स्थिति अपडेट 

(आर्थिक वर्ष २०७९/८०) को पहिलो दुई महिनाको तथ्यांकमा आधारित 

  • मूल्यवृद्धिमा बढोत्तरी, आयातमा कमी, विप्रेषण, चालु खाता तथा शोधनान्तरमा सुधार,  ब्याजदरमा केही वृद्धि 

Source : Nepal Rastra Bank

  • २०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ ।
  • कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ ।
  • कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई रु.२७३ अर्ब ६० करोड पुगेको छ ।
  • कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई रु.२४४ अर्ब ९२ करोड पुगेको छ ।
  • विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई रु.१८७ अर्ब ४ करोड पुगेको छ ।
  • चालु खाता रु.३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्ब ८ करोडले घाटामा रहेको थियो ।
  • शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९४ अर्ब ८० करोडले घाटामा रहेको थियो ।
  • अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।
  • विदेशी विनिमय सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने ।
  • संघीय सरकारको खर्च कुल रु.१३४ अर्ब ३४ करोड रहेकोे छ । कुल राजस्व परिचालन रु.१४३ अर्ब ८१ करोड रहेको छ ।
  • बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले घटेको छ भने  बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ ।
  •  पुनरकर्जा २०७९ भदौ मसान्तमा रु.१०८ अर्ब ४९ करोड लगानीमा रहेको छ ।
  • २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशतकर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमश: ४.९२ प्रतिशत र ८.५७ प्रतिशत रहेका थिए ।
  • इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ भदौ मसान्तमा १२५ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ भदौ मसान्तमा ११,५८५ पुगेको छ ।

 Source : Nepal Rastra Bank. For details, please visit the original source here

............................................................................................

I can be reached at siddhabhatta@gmail.com