Showing posts with label Inflation. Show all posts
Showing posts with label Inflation. Show all posts

Friday, July 7, 2023

नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?


आर्थिक जिज्ञाशा र मेरो बुझाई सिरिज 

जिज्ञाशा ३ : वार्षिक विन्दुगत मूल्यवृद्धि तथा औसत मूल्यवृद्धिमा के फरक हुन्छ ?

कुनै महिनाको वार्षिक विन्दुगत मुद्रास्फीति भन्नाले अघिल्लो वर्षको कुनै महिनाको तुलनामा चालु वर्षको सोही महिनामा मूल्यवृद्धि कति प्रतिशत छ भन्ने आँकडा हो । मौषमी प्रभाव हटाउन यस्तो मुल्यवृद्धि गणना गरिन्छ । अर्कोतिर औसत मूल्य वृद्धि भन्नाले एक भन्दा बढी महिनाको औसत हो । 

जस्तैः २०८० जेठ महिनाको मूल्यवृद्धि ६.८३ प्रतिशत छ भने चालु आर्थिक वर्षको एघार महिनाको औसत मूल्यवृद्धि ७.७७ प्रतिशत रहेको छ ।  

थप सामग्री

Thursday, April 27, 2023

मूल्यवृद्धि तथ्याङ्कको वास्तविकता र उपभोक्ताको फरक भोगाइ


मूल्यवृद्धि तथ्याङ्कको वास्तविकता र उपभोक्ताको फरक भोगाइ

Permanent Link: https://www.nrb.org.np/contents/uploads/2023/04/NRB-Samachar_2080.pdf 

१. विषय प्रवेश

अङ्ग्रेजीमा एउटा भनाइ छ "There are lies, damn lies and then statistics." अर्थात दुनियाँमा झुट हुन्छन, खराब झुट हुन्छन तर तथ्याङ्क भनेको महाझुट हुन । यो भनाइले विभिन्न निकायले प्रकाशन गर्ने अन्य तथ्याङ्कभन्दा पनि सरकारी निकायले प्रकाशन गर्ने मूल्यवृद्धिसम्वन्धी तथ्याङ्कमा बढी स्थान पाएको देखिन्छ । उपभोक्ताले अनुभूति गर्ने मूल्यवृद्धि सबैजसो ठाँउमा सरकारी निकायले प्रकाशन गर्ने आँकडाभन्दा बढी नै हुन्छ र सबै ठाँउमा आम उपभोक्ताले मूल्यवृद्धिको तथ्याङ्कलाई सरकार वा केन्द्रीय बैंकले घटाएर प्रकाशन गरेको महसुस गर्दछन । यस्तो अनुभव नेपालजस्तो मुलुकमा मात्र नभएर अमेरिका, क्यानाडा, जापान लगायतका विकसित मुलुकहरुमा समेत हुने गर्दछ । प्रख्यात अर्थशास्त्री तथा नीतिनिर्माताहरुले समेत सरकारी निकायले आफु अनुकुल हुने गरी मूल्यवृद्धिको तथ्याङ्क घटाएर प्रकाशन गर्ने गरेको आरोप लगाउने गरेका छन् । कतिपय ठाँउमा राजनीतिक लक्ष्यबाट प्रेरित भई मूल्यवृद्धिको तथ्याङ्क कम देखाउने गरेको आरोप पनि लाग्ने गरेको छ भने कति ठाँउमा सरकारी निकायहरुले मूल्यवृद्धि नियन्त्रण कार्य प्रभावकारी भएको देखाउन र तलब, ज्याला, सामाजिक सुरक्षा लगायतका खर्चमा धेरै वृद्धि हुनबाट रोक्नका लागि मूल्यवृद्धिको तथ्याङ्क तोडमोड गर्ने आरोप लाग्ने गरेको छ । नेपालमा समेत मूल्यवृद्धिको तथ्याङ्कका सन्दर्भमा बेलाबखतमा सर्वसाधारणबाट प्रश्नहरु उठ्ने गरेको छ । यसरी सरकारी तथ्याङ्क तथा सर्वसाधारणको मूल्यवृद्धि भोगाइबीच फरक पर्नुका पछाडि केही अवधारणागत कारणहरु तथा उपभोक्ताको मनोवृति जिम्मेबार रहेका हुन्छन भने केही कारणहरु नितान्त प्राविधिक हुन्छन । प्रस्तुत लेखमा मूल्यवृद्धिको प्रकाशित तथ्याङ्कभन्दा उपभोक्ताहरुको मूल्यवृद्धि अनुभुति किन फरक हुन्छ भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

 २. मुद्रास्फीति

मुद्रास्फीति अर्थतन्त्रको वास्तविक क्षेत्रको अवस्था मापन गर्नका लागि उपयोग हुने एक महत्वपूर्ण परिसूचक हो । यसलाई अर्थतन्त्रको समग्र आर्थिक प्रगति मापनका लागि समेत उपयोग गर्ने गरिन्छ । मुद्रास्फीति भन्नाले वस्तु तथा सेवाको औसत मूल्यमा भएको लगातार तथा उल्लेख्य वृद्धिलाई बुझाँउदछ । कुनै समयमा उपभोक्ताले प्रयोग गर्ने केही वस्तु तथा सेवाको मूल्य बढिरहेको भएतापनि अन्य वस्तु तथा सेवाको मूल्य घटिरहेका कारण औसतमा मूल्यवृद्धि थौरै हुन सक्दछ । त्यसैगरी कुनै अवस्थामा मूल्यवृद्धि छोटो समयका लागि मात्रै देखा पर्न सक्दछ । यी दुबै अवस्थामा मूल्यवृद्धिलाई ठूलो चिन्ताको रुपमा लिइदैन । तथापि यदि वस्तु तथा सेवाको औसत मूल्यमा उल्लेख्य तथा लगातारको वृद्धि छ भने मूल्यवृद्धि चिन्ताको विषय बन्न जान्छ किनकि यसरी वस्तु तथा सेवाको मूल्यमा लगातार वृद्धि हुँदा मुद्राको क्रयशक्ति घटेर जान्छ भने वचत, लगानी उत्पादन, रोजगारी जस्ता वृहत आर्थिक चरहरुमा नकारात्मक असर पर्न जाने हुन्छ । तसर्थ नीति निर्माणकर्ताहरुले मूल्यवृद्धिलाई एउटा वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेका हुन्छन ।

३. नेपालमा मुद्रास्फीतिको मापन

कुनै पनि मुलुकमा सामान्य मूल्यस्तरमा भएको परिवर्तन अर्थात मुद्रास्फीतिलाई उपभोक्ता मूल्य सूचकाङ्क, थोक मूल्य सूचकाङ्क, उत्पादक मूल्य सूचकाङ्क, GDP  Deflator आदिका आधारमा मापन गर्न सकिन्छ । नेपालमा माथिका सबै सूचकाङ्कहरुको गणना हुने भएता पनि उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा गणना गरिएको मूल्यवृद्धिलाई मुद्रास्फीतिको आधिकारिक मापनको रुपमा लिने गरिएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्कको गणना

उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्दा सर्वप्रथम कुन कुन वस्तु तथा सेवाको मूल्य संकलन गर्ने भन्ने निधो गर्नुपर्ने हुन्छ । यसलाई वस्तु तथा सेवाको बास्केट छनौट गर्ने पनि भनिन्छ । यसका लागि नेपाल राष्ट्र बैंकले समय समयमा पारिवारिक बजेट सर्वेक्षण गरी घरपरिवारले किन्ने बस्तु तथा सेवाको छनौट गर्ने काम गर्दछ । यसरी बस्तु तथा सेवा छनौट गर्दा घरपरिवारको बजेटको अधिकांस हिस्सा ओगट्ने तथा घरपरिवारले प्राय किनिराख्ने बस्तु तथा सेवाहरु छनौट गर्ने गरिन्छ । नेपालमा हाल उपभोक्ता मूल्य सूचकाङ्कमा समावेश वस्तु तथा सेवाहरु पाँचौ पारिवारिक बजेट सर्वेक्षण २०७०/७१ का आधारमा छनौट गरिएको हो । जस अनुसार ४०२ बस्तु तथा ९४ सेवा गरी ४९६ बस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । यी वस्तु तथा सेवाहरुले घर परिवारको खर्चको ९७ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य सूचकाङ्कका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको यथार्थपरक प्रतिनिधित्व गर्दछ । उक्त सर्वेक्षणका आधारमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने वस्तुको खर्च भार ४३.९१ प्रतिशत तथा गैह खाद्य तथा सेवा समूह अन्तर्गत पर्ने वस्तु तथा सेवाको खर्च भार ५६.०९ प्रतिशत कायम गरिएको छ ।

वस्तु तथा सेवाको छनौटपश्चात् मूल्य संकलन कहाँबाट गर्ने तथा कति अन्तरालमा गर्ने भन्ने पक्ष महत्वपुर्ण हुन्छ । नेपालमा उपभोक्ता मूल्य सूचकाङ्क गणनाका लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्रहरु तोकिएको छ । बजार केन्द्रको छनौट गर्दा आर्थिक गतिबिधिको अवस्था, घरपरिवारको खर्चको आकार, भौगोलिक प्रतिनिधित्व आदि जस्ता पक्षहरुलाई आधारको रुपमा लिइएको छ । 

यसरी छानिएका बजार केन्द्रहरुवाट साप्ताहिक, मासिक तथा त्रैमासिक रुपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । मूल्य संकलन गरिसकेपछि प्रतेक वस्तु तथा सेवाको relative price index तयार पारिन्छ र त्यस्ता index हरुको औसतका आधारमा उपभोक्ता मूल्य सूचकाङ्कको निर्माण गरिन्छ । यसरी गणना गरिएका index हरुलाई aggregate गरी उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्नका लागि Weighted Geometric Average विधिको प्रयोग गरिएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्कको गणना गरिसकेपछि उक्त सूचकाङ्कमा भएको प्रतिशत परिवर्तनलाई नै उपभोक्ता मुद्रास्फीति भनिन्छ । जस्तै उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्ष २०७०/७१ को १०० बाट आर्थिक वर्ष २०७१/७२ मा १०९.९ पुगेको थियो जसका कारण आर्थिक वर्ष २०७१÷७२ मा उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रहन गएको थियो ।

४. मूल्यवृद्धिको प्रकाशित तथ्याङ्क तथा उपभोक्ताको भोगाइबीचको अन्तर

मूल्यवृद्धिको प्रकाशित तथ्याङ्क तथा उपभोक्ताको भोगाइबीच सधै फरक पर्ने गरेको हुन्छ । यही कारण सरकारी निकायले प्रकाशन गर्ने तथ्याङ्कहरुमध्ये मूल्यवृद्धिसम्वन्धी तथ्याङ्क सबैभन्दा बढी आलोचनाको विषय बन्दै आएको छ । यस्ता आलोचनाहरुको पछाडि विभिन्न राजनीतिक तथा आर्थिक ध्येय रहने आरोप समेत लाग्ने गरेको छ । विभिन्न मुलुकहरुमा उपभोक्ताको यस्तो भोगाइ थाहा पाउनका लागि अपेक्षित मूल्यवृद्धि, ‘पर्सिभ्ड’ मूल्यवृद्धि जस्ता सूचकहरु समेत गणना गर्न सुरु गरिएको छ । उदाहरणका लागि युरो क्षेत्रका उपभोक्ताहरुले चित्रमा देखाएझै वास्तविक मूल्यवृद्धि प्रकाशित मूल्यवृद्धि भन्दा धेरै बढी भएको अनुभव गर्ने गरेका छन् । 


सरकारी निकायले प्रकाशन गरेको मूल्यवृद्धि तथा उपभोक्ताको अनुभुति फरक पर्नुका पछाडि केही सामान्य अवधारणागत तथा उपभोक्ताको मनोवृतिसँग सम्वन्धित पक्षहरु रहेका हुन्छन भने केही विल्कुलै प्राविधिक कारणहरु रहेका हुन्छन । ती मध्ये केही कारणहरु निम्नप्रकार छन् ः

क) प्रकाशित मूल्यवृद्धि सयाँै वस्तुहरुको मूल्यवृद्धिको औसतबाट निकालिन्छ । उदाहरणका लागि नेपालमा औसत मूल्यवृद्धि ४९६ वस्तु तथा सेवाहरुको मूल्यवृद्धिको औसतबाट निकालिन्छ । यी बस्तुहरुमध्ये केही वस्तु तथा सेवाहरुको मूल्य घटिरहेको हुन सक्दछ भने केही वस्तु तथा सेवाहरुको मूल्य स्थिर हुन सक्दछ । उदाहरणका लागि विगत केही समययता नेपालमा मोवाइल सेट, टेलिफोन कल लगायतका वस्तुहरुको मूल्य घट्दै गएको छ । अर्कोतिर तेल, सागसब्जी, पेय पदार्थ, शिक्षा शुल्क आदिको मूल्य बढिरहेको छ । तर औसत गणना गर्दा घटिरहेको मूल्यहरुले केही मात्रामा बढिरहेको मूल्यलाई अफसेट गर्ने भएकाले समग्रमा मूल्यवृद्धि कमै देखिने गर्दछ । उपभोक्ताको ध्यान बढिरहेको मूल्यमा जाने र घटिरहेको तथा स्थिर रहेको मूल्यमा कम जाने भएकाले प्रकाशित तथ्याङ्क भन्दा मूल्यवृद्धिको अनुभूति बढी नै हुन जाने हुन्छ ।

औसत मूल्यवृद्धि गणनाको अर्को पाटो के हो भने कुनै एउटा मात्र वस्तुको मूल्यवृद्धि हुदाँ समग्र मूल्यवृद्धिमा पर्ने त्यसको असर थौरै मात्र हुन्छ । उदाहरणका लागि नेपालमा कुल उपभोग खर्चको १ प्रतिशत खर्च हुने कुनै वस्तुको मूल्य दोब्बर हुँदा समेत मूल्यवृद्धि गणनामा ४९६ वस्तु तथा सेवा समावेश भएका कारण औसत मूल्यवृद्धिमा त्यसको असर करिब ०.७५ प्रतिशत विन्दुको मात्र पर्दछ । 

ख) मूल्यवृद्धि गणनामा समावेश भएका सबै वस्तुहरुको मूल्यवृद्धि उत्तिकै महत्वपूर्ण हुदैन । जुन वस्तुमा घरपरिवारको बजेटको बढी हिस्सा खर्च हुन्छ उक्त वस्तुको मूल्य थोरैले वृद्धि हुँदा पनि बढी बजेट रकम खर्च हुने भएकाले मूल्यवृद्धि गणना गर्दा त्यस्ता वस्तुलाई बढी महत्व वा बढी खर्च भार दिइन्छ । कम भार हुने वस्तुहरुको मूल्यवृद्धि धेरैे हुँदा समेत त्यसले समग्र मूल्यवृद्धि लाई कम मात्रै वृद्धि गर्न सक्दछ । यसलाई तलको उदाहरणबाट प्रस्ट पार्न सकिन्छ:


माथिको उदाहरणमा कम खर्च भार भएको दुग्ध पदार्थको मूल्य दोब्बर हुँदा समेत औसत मूल्यवृद्धि ७ प्रतिशत मात्र रहेको छ जवकि दुध उपभोग गर्ने उपभोक्ताले बजारमा महँगी दोब्बर भइसकेको महसुस गर्दछ । नेपालको सन्दर्भमा घरभाडा, चामल, मासु, दुध, आलु खाने तेल, चिनी, जस्ता वस्तुहरुको खर्च भार बढी रहेको छ । तसर्थ यी बस्तुहरुमा भएको मूल्यवृद्धिले समग्र मूल्यवृद्धिलाई सजिलै बढाउन सक्ने हुन्छ भने पाउरोटी, लसुन, हरियो खुर्सानी, मेडिकल शुल्क, नुन, चकलेट, पत्रपत्रिका, कफि जस्ता पारिवारिक खर्चमा कम हिस्सा ओगट्ने वस्तुहरुको मूल्यवृद्धि बढी हुँदा समेत मूल्यवृद्धिमा धैरै प्रभाव नपर्ने हुन्छ ।

यसको एउटा समाधानका रुपमा मूल्यवृद्धि आँकडामा वस्तु वा वस्तु समुह स्तरको मूल्यवृद्धि हेर्न सकिन्छ । नेपालमा प्रत्येक वस्तुको मूल्यवृद्धि आँकडा प्रकाशन गर्ने गरिएको छैन तथापि वस्तु समुहस्तरको मूल्यवृद्धि प्रकाशन गर्ने गरिएको छ । उक्त तथ्याङ्क अनुसार २०७९ माघमा समग्र मूल्यवृद्धि ७.८८ प्रतिशत भएतापनि यातायात शुल्कको मूल्यवृद्धि १५.५८ प्रतिशत, होटेल समूहको मूल्यवृद्धि १५.२४ प्रतिशत तथा स्वास्थ्य सेवाको मूल्यवृद्धि १०.३९ प्रतिशत रहेको पाउन सकिन्छ ।  

ग) मूल्यवृद्धि तथ्याङ्क गणनाका लागि वस्तु तथा सेवा खरिदविक्री हुने स्थान वा बजार केन्द्र समेत महत्वपूर्ण हुने गर्दछ । अर्थतन्त्रको समग्र प्रतिनिधित्व गर्नुपर्ने भएकाले मूल्यवृद्धि गणना गर्दा ठूला बजार केन्द्रहरुलाई बढी भार दिने गरिन्छ भने साना बजार केन्द्रहरुलाई कम भार दिने गरिन्छ । त्यसैगरी एकदमै कम खरिदविक्री हुने ग्रामीण बजार केन्द्रहरु सामान्यतया मूल्य सूचकाङ्क प्रक्रियालाई कम खर्चिलो बनाउने उद्देश्यले छनौट गरिदैन । कतिपय मुलुकहरुमा त सहरी तथ्याङ्कमा मात्र आधारित भएर मूल्य सूचकाङ्क गणना गर्ने गरिएको हुन्छ । यसले गर्दा कहिलेकाँही ग्रामीण क्षेत्रमा रहेका साना बजार केन्द्रहरुमा भएको उच्च मूल्यवृद्धि अर्थतन्त्रको समग्र मूल्यवृद्धिमा प्रतिविम्बित हुन पाँउदैन ।

यसलाई तलको उदाहरणबाट प्रस्ट पार्न सकिन्छ ।

माथिको उदाहरणमा कम खर्च भार भएको बजार केन्द्र ‘घ’ मा मूल्य दोब्बर हुँदा समेत औसत मूल्यवृद्धि ७ प्रतिशत मात्र रहेको छ । जवकी अन्य बजार केन्द्रहरुमा तालिकामा देखाए जस्तै मूल्यवृद्धि भएको अवस्थामा बजार केन्द्र ‘ग’ मा मूल्यवृद्धि १०० प्रतिशत भएमा समग्र मूल्यवृद्धि नै करिब ५५ प्रतिशत पुग्ने हुन्छ । नेपालमा गणना गरिने मूल्यवृद्धिका लागि मूल्य संकलन गरिने ६० बटा बजार केन्द्रहरु मध्ये काठमाडौं, पोखरा, सुनवल, विराटनगर, विर्तामोड, ललितपुर, सिमरा, भरतपुर तथा उर्लाबारीमा रहेका दशवटा बजार केन्द्रहरुको कुल भार करिब ५५ प्रतिशत रहेको छ । तसर्थ यी बजार केन्द्रहरुमा हुने मूल्यवृद्धिले समग्र मूल्यवृद्धिमा बढी प्रभाव पार्ने हुन्छ । अर्कोतिर दिपायल–सिलगढी, नारायण नगरपालिका, अमरगढी, कपिलवस्तु तथा मंगलसेन बजार केन्द्रहरुको भार तुलनात्मक रुपमा कम रहेको छ । यी पाँच बजार केन्द्रहरुको कुल भार जम्मा १ प्रतिशत मात्र रहेको छ । यसको अर्थ के हो भने दिपायल–सिलगढी बजार केन्द्रमा मात्र केही कारणबस मूल्यवृद्धि बढी रहेको छ भने पनि समग्र मूल्यवृद्धिमा त्यसको असर थौरै मात्र रहन्छ । उदाहरणका लागि दिपायल–सिलगढी नगरपालिकामा मूल्यवृद्धि १०० प्रतिशत हुँदा समेत समग्र मूल्यवृद्धिमा त्यसको योगदान करिब ०.२ प्रतिशत विन्दु मात्र रहन्छ जवकि काठमाडौंमा १०० प्रतिशत मूल्यवृद्धि हुँदा समग्र मूल्यवृद्धिमा करिब १८ प्रतिशत विन्दुले बढोत्तरी ल्याउने हुन्छ ।

घ) मूल्यवृद्धि गणना गर्नका लागि उपयोग हुने विधिले समेत वास्तविक मूल्यवृद्धि तथा मूल्यवृद्धिको भोगाइमा अन्तर ल्याउने काम गर्दछ । यो विषय नितान्त प्राविधिक विषय भएतापनि उल्लिखित अन्तरमा भने ठूलो भूमिका खेल्न सक्दछ । धेरैजसो अवस्थामा वस्तु तथा सेवाको तथ्याङ्कबाट समग्र मूल्यवृद्धि निकाल्ने क्रममा ज्यामितीय औसतको उपयोग गरिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाले समेत मूल्य सूचकाङ्कको गणनामा ज्यामितीय मध्यक उपयोग गर्नुपर्ने वकालत गर्दछन । यद्यपि यो विधिको एउटा विशेषता के हो भने यसले अत्याधिक मूल्यवृद्धि भएका वस्तुको मूल्यले समग्र मूल्यवृद्धिमा पार्ने प्रभावलाई कम गर्ने गर्दछ अर्थात यसले तथ्याङ्कमा हुने विभिन्न ‘आउटलायर’हरुले समग्र सूचकमा पार्ने प्रभावलाई नियन्त्रण गर्ने काम गर्दछ । यसलाई तलको उदाहरणबाट प्रस्ट पार्न सकिन्छ ः

माथिको उदाहरणमा प्रस्तुत गरिएजस्तै अंकगणितीय मध्यक प्रयोग गर्दा मूल्यवृद्धि १७.५ प्रतिशत आँउदछ भने ज्यामितीय मध्यक प्रयोग गर्दा १३.९५ प्रतिशत मात्र आँउदछ । यी दुई विधिहरुबाट गणना गरिएको मूल्यवृद्धिको बीचमा करिब ३.५५ प्रतिशत विन्दुको फरक छ अर्थात ज्यामीतीय विधिबाट मूल्यवृद्धि निकाल्दा मूल्यवृद्धि करिब ३.५५ प्रतिशत विन्दुले  कम आएको छ । यस्तो फरक पर्नुको मुख्य कारण दुग्ध पदार्थ तथा अन्य वस्तुहरुको मूल्य वाँकी वस्तुको मूल्यको तुलनामा अत्याधिक वृद्धि हुनु हो । सबै वस्तुहरुको मूल्य उस्तै हिसावमा बढ्ने हो भने यी दुई विधिबाट प्राप्त हुने मूल्यवृद्धिमा खासै अन्तर हुदैन ।

धेरैजसो अवस्थामा मूल्य सूचकाङ्कको औसत निकाल्दा ज्यामितीय औसत उपयोग हुने भएको तथा उपभोक्ताको दिमागमा ज्यामितीय मध्यक जस्तो जटिल गणना नआउने भएकाले समेत प्रकाशित मूल्यवृद्धि वास्तविक अवस्था भन्दा केही कम भएजस्तो अनुभव हुने गर्दछ ।

ङ) उपभोक्ताले बाराम्बार खरिद गर्ने वस्तु तथा सेवाहरुको मूल्य बढी सम्झिने भएकाले यदी त्यस्ता वस्तुहरुको मूल्य औसत भन्दा बढी दरमा वृद्धि भएको छ भने उपभोक्ताले गर्ने मूल्यवृद्धिको अनुभुतिले वास्तविक मूल्यवृद्धिलाई अधिमूल्यांकन गर्ने गर्दछ ।

च) कतिपय अवस्थामा व्यक्तिको उपभोग औसत उपभोग प्रवृत्ति भन्दा फरक हुन जान्छ । उदाहरणका लागि कुनै व्यक्तिले औसत उपभोक्ता भन्दा बढी पेट्रोलियम पदार्थको उपभोग गर्दछ भने पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले उक्त उपभोक्तालाई बढी छुन्छ । व्यक्तिगत उपभोक्ताको उपभोग प्रवृति औसत उपभोक्ता भन्दा जति फरक हुन्छ, उक्त उपभोक्ताले अनुभुति गरेको मूल्यवृद्धि प्रकाशित मूल्यवृद्धि भन्दा त्यति नै फरक पर्ने हुन्छ । उदाहरणका लागि नेपालमा मूल्यवृद्धिलाई सबै भन्दा बढी घरभाडामा भएको वृद्धिले प्रभाव पार्ने गर्दछ । यदि कुनै उपभोक्ताको आफ्नै घर छ वा घर भाडा प्रत्यक्ष रुपमा तिर्दैन भने उसको अनुभुति पक्कैपनि घरभाडा तिर्ने उपभोक्ताको भन्दा फरक पर्न जान्छ ।

छ) उपभोक्ताहरुले हालको मूल्यलाई तुलना गर्दा केही वर्षअघिको मूल्यसँग तुलना गर्ने गर्दछन, जवकि  मूल्यवृद्धि जहिले पनि एक वर्ष अगाडिको अवधिसँग मात्र तुलना गरेर प्रकाशन गर्ने गरिन्छ । उदाहरणका लागि उपभोक्ताहरुले हाल बजारमा भएको मूल्यलाई कोभिड भएको वर्ष, भुकम्प भएको वर्ष, जागिर सुरु गरेको वर्ष, आफु गाँउबाट सहर आएको वर्ष वा आफु कलेज पढ्दाखेरीको मूल्यसँग तुलना गरिरहेका हुन्छन । यस्तो अवस्थामा सरकारी निकायले प्रकाशन गर्ने एक वर्षको अवधिको मात्र मूल्यवृद्धि उपभोक्तालाई थौरै मात्र लाग्दछ । उपभोक्ताको यस्तो प्रवृत्तिलाई ‘मेमोरी बायस’ भनिन्छ । जस्तै प्रत्येक वर्ष ५ प्रतिशतको मूल्यवृद्धिले मात्रै पाँच वर्षमा वस्तु तथा सेवाको औसत मूल्यमा करिब २८ प्रतिशत वृद्धि भैसक्छ जवकि सरकारी निकायको वार्षिक मूल्यवृद्धि ५ प्रतिशत मात्रै रिपोर्ट हुन्छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्कका अनुसार २०७० सालदेखि यताको समयमा औसत मूल्यवृद्धि करिब ४६ प्रतिशत रहेको भएतापनि एक वर्षको मात्र मूल्यवृद्धि भने थोरै नै रहने गरेको छ ।

मूल्य घटेर पुनः वृद्धि भएको अवस्थामा पनि मेमोरी बायसले काम गर्दछ । जस्तो कि पेट्रोलियम पदार्थको मूल्य कोरोनाकालमा घटेको थियो । त्यसपछि विस्तारै बढ्दै गयो । यस्तो अवस्थामा उपभोक्ताले पेट्रोलियम पदार्थको मूल्यलाई एक हप्ता अघि वा एक महिना अघिसँग तुलना गरेर मँहगी बढ्दै गएको महसुस गर्दछ जवकि एक वर्ष अघिको तुलनामा भने उक्त वस्तुको मूल्यमा खासै वृद्धि भएको हुदैन ।    

ज) कहिलेकाँही वस्तु तथा सेवाहरुको गुणस्तरमा हुने सुधारका कारण पनि वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि उपभोक्तालाई बढी महसुस हुने हु्न्छ । उदाहरणका लागि टेलिभिजनहरु सबैं स्मार्ट वा एन्ड्रोइड भर्सनमा आँउदा पक्कै पनि परम्परागत प्रविधिको टेलिभिजन भन्दा भन्दा महँगो भएर आँउछन । यसलाई उपभोक्ताले टिभिको मूल्य मँहगो भएको रुपमा बुझने हुन्छ तर मुद्रास्फीति गणना हुँदा गुणस्तरमा भएको परिवर्तन समायोजन गरिने भएकाले प्रकाशित मूल्यवृद्धिलाई भने यसले खासै फरक पार्दैन ।

झ) कहिलेकाँही वस्तु तथा सेवाहरुको मूल्य अघिल्लो वर्ष एकदमै बढी भएको वा एकदमै कम भएका कारण पछिल्लो वर्षको मूल्यवृद्धि उपभोक्ताको भोगाइ भन्दा फरक हुने हुन्छ । उदाहरणका लागि कोभिडको समयमा घरभाडा तथा शिक्षा शुल्कमा दिएको छुटका कारण उक्त समूहको मूल्य घट्न गएको थियो । तर कोभिड पश्चात मूल्य पुरानै ठाँउमा पुगेर थोरै मात्र वृद्धि हुँदा पनि मूल्यवृद्धि धेरै भएको महसुस हुन गयो । यस्तो अनुभुतिलाई मूल्यवृद्धिको आधार प्रभावको नामले समेत चिनिन्छ ।  

ञ) उपभोक्ताहरुको ध्यान मूल्य वृद्धिदर भन्दा पनि मूल्यस्तरमा रहने गर्दछ । मूल्य वृद्धि हुदै जाँदा मूल्य स्तर समान रकमले वृद्धि हुँदा पनि वृद्धिदर भने कम हुदै जान्छ ।  उदाहरणका लागि कुनै वस्तुको मूल्य रु. ५ भएको बेला मूल्यमा रु. ५ ले नै वृद्धि भयो भने मूल्यवृद्धि १०० प्रतिशत हुन जान्छ भने उक्त वस्तुको मूल्य वृद्धि हुदै गई रु. ५० पुगिसकेको बेलामा रु. ५ ले वृद्धि हुँदा मूल्यवृद्धि जम्मा १० प्रतिशत मात्र हुन्छ । यो कारणले गर्दा समेत मँहगी बढ्दै गइरहेको बेलामा मूल्यवृद्धि कम देखिने तर उपभोक्ताको भोगाइ बढी हुने हुन्छ ।

यसरी विभिन्न प्राविधिक तथा व्यवहारिक सोचाइमा हुने फरकका कारण प्रकाशित मूल्यवृद्धि तथा भोगाइ फरक पर्न जाने हुन्छ । विभिन्न विकसित मुलुकहरुमा उपभोक्ताको भोगाइ मापन गर्नकालागि नयाँ खालका परिसूचकहरुको मापन सुरु गरिएको छ । साथै, यस्तो फरक कम गर्नका लागि वस्तु तथा सेवास्तरको मूल्यवृद्धि प्रकाशन गर्ने, प्रत्येक बजार केन्द्रको अलग अलग मूल्यवृद्धि आँकडा प्रकाशन गर्ने तथा सर्वसाधारणलाई मूल्यवृद्धि तथ्याङ्क सम्वन्धी साक्षरता प्रदान गर्ने कार्य सुरु गरिएको छ । 

५. निष्कर्ष

मुद्रास्फीति लाई अर्थतन्त्रको अवस्था मापन गर्ने एक प्रमुख परिसूचकका रुपमा हेर्ने गरिन्छ । तथापि धेरैजसो अवस्थामा सरकारी निकायले प्रकाशन गर्ने मूल्यवृद्धिलाई शंका गर्ने गरिन्छ र आम उपभोक्ताले अनुभुति गर्ने मूल्यवृद्धि सरकारी आँकडाको भन्दा धेरै बढी रहने गर्दछ । यसको एउटा सूचकको रुपमा अपेक्षित मूल्यवृद्धि वा ‘पर्सिभ्ड’ मूल्यवृद्धिलाई लिन सकिन्छ । यसरी सरकारी आँकडा तथा उपभोक्ताको भोगाइबीच फरक पर्नुका पछाडि विभिन्न अवधारणागत, मनोगत तथा प्राविधिक कारणहरु रहेका हुन्छन् । यस अन्तर्गत मूल्यवृद्धि भारित औसतको रुपमा व्यक्त गरिनु, मूल्यवृद्धिको आँकडामा एउटा उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको तुलनामा धेरै वस्तु तथा सेवाहरु समावेश हुनु, मूल्य वृद्धि गणनामा समावेश भएका केही वस्तुहरुको मूल्य स्थिर हुनु र केहीको घटेर जानु, सरकारी तथ्याङ्क तथा आम उपभोक्ताको मूल्य तुलना गर्ने रिफरेन्स अवधि फरक हुनु जस्ता कारणहरु प्रमुख रहेका हुन्छन् । यस्तो फरक अनुभूति मापन गर्नका लागि विभिन्न मुलुकमा अपेक्षित मूल्यवृद्धि, ‘पर्सिभ्ड’ मूल्यवृद्धि लगायतका सूचकहरु निकाल्ने गरिएको छ । यद्यपि यी सूचकहरु समेत पूर्ण भने छैनन् । मूल्यवृद्धि तथ्याङ्कलाई बढी उपयोगी बनाउन विभिन्न बजार केन्द्रहरुको छुट्टै मूल्यवृद्धि तथ्याङ्क निकाल्नुका साथै वस्तु तथा सेवाको व्यक्तिगत तहको तथ्याङ्क समेत सार्वजनिक गरेर तथा मूल्यवृद्धि तथ्याङ्कसम्वन्धी जनचेतना अभिवृद्धि गरेर यो फरक भोगाइलाई केही हदसम्म कम गर्न सकिन्छ ।  

सन्दर्भ सामग्री

https://www.bis.org/review/r200921g.pdf

https://www.bnm.gov.my/documents/20124/770502/p3_ba1.pdf

https://www.euro-area-statistics.org/digital-publication/statistics-insights-inflation/bloc-3a.html

https://www.nrb.org.np/contents/uploads/2019/12/Study_Reports-A_Powerpoint_Presentation_on_the_Fifth_Household_Budget_Survey_Results_Nepali.pdf

Monday, December 26, 2022

नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?

 

कुनै पनि मुलुकमा सामान्य मुल्यस्तरमा भएको परिवर्तन अर्थात मुद्रास्फीति लाई उपभोक्ता मूल्य सूचकांक, थोक मूल्य सूचकांक, उत्पादक मूल्य सूचकांक तथा GDP deflator सूचकांक आदिका आधारमा मापन गर्न सकिन्छ । नेपालमा माथिका सबै सूचकांकहरुको गणना हुने भएता पनि उपभोक्ता मूल्य सूचकांक (CPI) लाई मुद्रास्फीति मापनको आधिकारिक सूचकांकको रुपमा लिइएको छ । 
उपभोक्ता मूल्य सूचकांक को गणना 
उपभोक्ता मूल्य सूचकांक गणना गर्दा सर्वप्रथम कुन कुन वस्तु तथा सेवाको मूल्य संकलन गर्ने भन्ने निधो गर्नुपर्ने हुन्छ । यसका लागि नेपाल राष्ट्र बैंकले समय समयमा पारिवारिक बजेट सर्वेक्षण गरी घरपरिवारले किन्ने बस्तु तथा सेवाको छनौट गर्ने काम गर्दछ । यसरी बस्तु तथा सेवा छनौट गर्दा घरपरिवारको बजेटको अधिकांस हिस्सा ओगट्ने तथा घरपरिवारले प्राय किनिराख्ने बस्तु तथा सेवाहरु छनौट गरिन्छ । नेपालमा हाल उपभोक्ता मूल्य सूचकांकमा समाबेश वस्तु तथा सेवाहरु पाँचौ पारिवारिक बजेट सर्वेक्षण २०७०/७१ का आधारमा छनौट गरिएको हो । जस अनुसार ४०२ बस्तु तथा ९४ सेवा गरी ४९६ बस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । यी वस्तु तथा सेवाहरुले घर परिवारको खर्चको ९७ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य सूचकांकका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको यथार्थपरक चित्र प्रतिनिधित्व गर्दछ । उक्त सर्वेक्षणका आधारमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने वस्तुको खर्च भार ४३.९१ प्रतिशत तथा गैह खाद्य तथा सेवा समूह अन्तर्गत पर्ने वस्तु तथा सेवाको खर्च भार ५६.०९ प्रतिशत कायम गरिएको छ ।
 
वस्तु तथा छनौट पश्चात् मूल्य संकलन कहाँ बाट गर्ने तथा कति अन्तरालमा गर्ने भन्ने पक्ष महत्वपुर्ण हुन्छ । उपभोक्ता मूल्य सूचकांक गणनाका लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्रहरु तोकिएको छ । बजार केन्द्रको छनौट गर्दा आर्थिक गतिबिधिको अवस्था, घरपरिवारको खर्चको आकार, भौगोलिक प्रतिनिधित्व आदि जस्ता पक्षहरुलाई आधारको रुपमा लिइएको छ । यसरि छानिएका बजार केन्ंद्रहरुवाट साप्ताहिक,मासिक तथा त्रैमासिक रुपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । 
 
मूल्य संकलन गरिसकेपछि प्रतेक वस्तु तथा सेवाको relative price index तयार पारिन्छ र त्यस्ता index हरुको औसतका आधारमा उपभोक्ता मूल्य सूचकांकको निर्माण गरिन्छ । यसरी गणना गरिएका indices हरुलाई aggregate गरी उपभोक्ता मूल्य सूचकांक गणना गर्नका लागि weighted geometric average  विधिको प्रयोग गरिएको छ । 
The blogger can be reached at siddhabhatta@gmail.com. 

Thursday, October 10, 2019

Why supply side inflation is more harmful for the economy?

-In a less than fully employed economy, demand side inflation raises price level but at the same time output as well as employment level also rises. On the other hand, in supply side inflation, price level rises but employment and output falls due to decrease in supply.Thus, supply side inflation has two costs: fall in purchasing power and rise in unemployment. Thus, supply side inflation is more painful for the economy.

Monday, July 22, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १६ : How to Rebase the CPI Index?

Consumer Price Index (CPI) is the price index for consumer goods and services in an economy. It is used to track the increase in prices of consumer goods and services over time.Consumer inflation is defined as :
CPI index is used to deflate many economic time series to remove the effect of increase in price level. Sometimes we want to express the deflated time series in different base year than the base year of the CPI index. In that case, we have to reindex the CPI. The mechanism for rebasing the historical series of CPI is:
For instance, in the following table, the second column shows the CPI index for Nepal expressed at 2014/15 base year. We want to rebase the series at 2000/01 and 2018/19 as base years.

FY
CPI Index (2014/15=100)
Inflation
CPI Index (2000/01=100)
Inflation
CPI Index (2018/19=100)
Inflation
1972/73
3.0

8.1

2.5

1973/74
3.6
18.5
9.6
18.5
3.0
18.5
1974/75
4.2
16.7
11.2
16.7
3.5
16.7
1975/76
4.1
-0.7
11.1
-0.7
3.5
-0.7
1976/77
4.3
2.7
11.4
2.7
3.6
2.7
1977/78
4.7
11.2
12.7
11.2
4.0
11.2
1978/79
4.9
3.4
13.2
3.4
4.1
3.4
1979/80
5.4
9.8
14.4
9.8
4.5
9.8
1980/81
6.1
13.4
16.4
13.4
5.1
13.4
1981/82
6.7
10.4
18.1
10.4
5.6
10.4
1982/83
7.7
14.2
20.6
14.2
6.4
14.2
1983/84
8.2
6.2
21.9
6.2
6.8
6.2
1984/85
8.5
4.1
22.8
4.1
7.1
4.1
1985/86
9.8
15.8
26.5
15.8
8.2
15.8
1986/87
11.2
13.3
30.0
13.3
9.3
13.3
1987/88
12.4
10.8
33.2
10.8
10.3
10.8
1988/89
13.4
8.3
36.0
8.3
11.2
8.3
1989/90
14.7
9.7
39.4
9.7
12.3
9.7
1990/91
16.1
9.8
43.3
9.8
13.5
9.8
1991/92
19.5
21.1
52.4
21.1
16.3
21.1
1992/93
21.2
8.9
57.1
8.9
17.8
8.9
1993/94
23.1
8.9
62.2
8.9
19.4
8.9
1994/95
24.9
7.7
67.0
7.7
20.8
7.7
1995/96
26.9
8.1
72.4
8.1
22.5
8.1
1996/97
29.1
8.1
78.3
8.1
24.3
8.1
1997/98
31.5
8.3
84.8
8.3
26.4
8.3
1998/99
35.1
11.4
94.4
11.4
29.4
11.4
1999/00
36.3
3.4
97.6
3.4
30.4
3.4
2000/01
37.2
2.4
100.0
2.4
31.1
2.4
2001/02
38.3
2.9
102.9
2.9
32.0
2.9
2002/03
40.1
4.7
107.8
4.7
33.5
4.7
2003/04
41.7
4.0
112.0
4.0
34.9
4.0
2004/05
43.6
4.5
117.1
4.5
36.4
4.5
2005/06
47.1
8.0
126.5
8.0
39.3
8.0
2006/07
49.8
5.9
133.9
5.9
41.7
5.9
2007/08
53.2
6.7
142.9
6.7
44.5
6.7
2008/09
59.9
12.6
160.9
12.6
50.1
12.6
2009/10
65.6
9.6
176.3
9.6
54.8
9.6
2010/11
71.9
9.6
193.1
9.6
60.1
9.6
2011/12
77.8
8.3
209.2
8.3
65.1
8.3
2012/13
85.5
9.8
229.8
9.8
71.5
9.8
2013/14
93.3
9.1
250.6
9.1
78.0
9.1
2014/15
100.0
7.2
268.7
7.2
83.6
7.2
2015/16
109.9
9.9
295.4
9.9
91.9
9.9
2016/17
114.8
4.4
308.6
4.4
96.0
4.4
2017/18
119.6
4.2
321.4
4.2
100.0
4.2

CPI Index for 1972/73 at 2000/01 as base year is :
Likewise the CPI index for 1995/96 expressed at 2000/01 as base year is : 
It is worth-noting that the denominator during this conversion process remains the same (CPI index from the old series taken as base year). 
To confirm whether the rebasing is correct or not, we can calculate the rate of inflation as the percentage change in the CPI series for each base year. If the rate of inflation is same, we are done.
..............................................................................................................................................................................
Download the excel file for the above conversion here.