Wednesday, May 3, 2017

उच्च आर्थिक वृद्धि संयोग वा सुनौलो सुरुवात ?



उच्च आर्थिक वृद्धि संयोग वा सुनौलो सुरुवात ?
सन् १९९०मा इराकको वृद्धिदर ५७. प्रतिशत, १९९२मा ३२. प्रतिशत, १९९३मा ३०. प्रतिशत २००४मा ५४. प्रतिशत रहेको थियो त्यसैगरी जिम्वावेको अर्थतन्त्र सन् २००९ देखि लगातार वर्षसम्म औसतमा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको विश्व बैंकको तथ्यांकले देखाँउदछ अर्जेन्टीनाले सन् १९९१मा १२. प्रतिशत तथा १९९२मा ११. प्रतिशत वृद्धिदर प्राप्त गरेको थियो अन्तराष्ट्रिय मुद्रा कोषले प्रकाशन गरेको बल्ड इकोनोमिक आउटलुक अप्रिल २०१७ का अनुसार लिबीयाको वृद्धिदर सन् २०१२मा १०६. प्रतिशत रहेको थियो २०१७ मा ५३. प्रतिशत रहने अनुमान यी केही देशहरु विश्वमा आफ्नो विकास प्रक्रियामा कुनै वर्ष चमत्कारिक आर्थिक वृद्धिदर प्राप्त गर्ने केही प्रतिनिधि देशहरुमात्र हुन् तर विश्व इतिहासले के देखाँउदछ भने ती सबै वृद्धिदरहरु असामान्य वर्षहरु भन्दा पछाडि प्राप्त भएका थिए उक्त वृद्धिदर लाई ती अर्थतन्त्रहरुले दिगो वनाउन सकेका थिएनन् उदाहरणका लागि जिम्वामेको अर्थतन्त्र सन् २००२ देखि २००८ सम्म लगातार औसतमा . प्रतिशतको संकुचनबाट ग्रसित थियो अर्जेन्टीनाको उत्पादन पनि सन् १९८८ देखि १९९० सम्म घटिरहेको थियो ईराकको उत्पादन सन् १९८८ तथा १९८९मा ऋणात्मक थियो झन् १९९१मा इराकमा उत्पादनको वृद्धिदर ६४ प्रतिशत २००३ मा ३३ प्रतिशतले ऋणात्मक थियो लिबीयाको अर्थतन्त्र सन् २०११मा ६४. प्रतिशतले संकुचन भएको थियो भने २०१३ देखि २०१६ सम्म . प्रतिशत देखि ४७. प्रतिशतसम्मले संकुचन भएको थियो यी प्रतिनिधि तथ्यहरुले के देखाँउदछन् भने कुनै पनि अर्थतन्त्र असामान्य अवस्थाबाट गुज्रिरहेको भने त्यस्तो अवस्थाबाट सामान्य अवस्थामा फर्किदा तंथ्याकीय दृष्टिकोणबाट ठुलो फड्को मार्न सक्दछ, तर त्यस्तो वृद्धिदरको ठुलो हिस्सा प्राविधिक कारणले अर्थात टेक्नीकल रिबाउन्ड प्रभाव मार्फत प्राप्त हुने भएकाले ती देशहरुले त्यस्तो वृद्धिदर दिगो वनाउन सक्दैनन् तसर्थ धेरै त्यस्ता मुलुकहरुका लागि त्यस्तो वृद्धिदर विकास प्रयासहरुको नतिजा नभएर केवल संयोग हुन जान्छ जिम्वाबेको, अर्जेन्टीना तथा लिवियाको विगत ५५ वर्षको औसत वृद्धिदर . प्रतिशतभन्दा कम भएवाट उक्त कुरा प्रस्ट हुन जान्छ    

आर्थिक वर्ष २०१६÷१७मा नेपालको अर्थतन्त्र पनि करीब प्रतिशतले वृद्धि हुने अनुमानसंगै बजारमा एक किसिमको तरंग नै सृजना भएको कतिपयले यसलाई आर्थिक वृद्धि तथा विकासको पथमा नेपालले सुरु गरेको सुनौलो यात्राको रुपमा व्याख्या गरिरहेका छन् भने कतिपय यत्रो ठुलो आर्थिक वृद्धिदर कसरी प्राप्त भयो भनेर तीनछक परिरहेका छन् भने कतिपयले सरकारले चुनाव जित्नका लागि तथ्यांकको तोडमोड गरेको आरोप लगाएका छन् हाल प्राप्त वृद्धिदरबाट अचम्मित हुने पंक्तिमा केवल आम जनमानस मात्रै नभएर अर्थशास्त्रीहरु तथा नीतिनिर्माताहरु समेत रहेका छन् यससंगै नेपालमा तीब्र आर्थिक वृद्धि सम्वन्धी बहसले विगत केही दिन यता नीतिनिर्माताहरु, अन्तरराष्ट्रिय संघसंस्थाहरु लगायत आम संचार माध्यमको ध्यान आकर्षित गरेको  देखिन्छ

नेपालका प्रतिशत माथिको आर्थिक वृद्धिदर प्राप्त भएको यो पहिलो पटक भने हैन् विश्व बंैकका अनुसार सन् १९६१ देखि २०१६ सम्म्को ५६ वर्षे यात्रामा नेपालले ११ पटक सम्म प्रतिशत माथिको वृद्धिदर प्राप्त गरिसकेको उक्त बैंकका अनुसार सन् १९६४मा नेपालको वृद्धिदर . प्रतिशत, १९६६ मा . प्रतिशत, १९७४ मा . प्रतिशत तथा १९८१ मा . प्रतिशत रहेको थियो त्यसैगरी सन् १९८४मा . प्रतिशत, १९८५मा . प्रतिशत, १९८८ मा . प्रतिशत,  १९९१ मा . प्रतिशत १९९४मा . प्रतिशत रहेको थियो सन् २०००को दशकमा भने सन् २००० २००८ मा नेपालले प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर प्राप्त गर्यो त्यसैगरी २०१४ तथा हाल आएर २०१७ मा त्यस्तो वृद्धिदर प्राप्त गरेको आर्थिक वृद्धिको ईतिहास खोतल्दा माथि उल्लेखित देशहरु जस्तै नेपालले प्राप्त गरेको उच्च वृद्धिदरमा धेरै जसो वर्षहरुमा अघिल्ला वर्षहरु असामान्य रहेको वा मनसुनले साथ दिएको कारण कृषि उत्पादनमा भारी वृद्धि भई उच्च वृद्धिदर प्राप्त भएको तथा त्यस पछिका वर्षहरुमा आर्थिक वृद्धिदरले सामान्य गति समातेको देखिन्छ सन् १९८१मा . प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुँदा अघिल्लो वर्ष कृषि क्षेत्र . प्रतिशतले संकुचन भई समग्र वृद्धिदर . प्रतिशतले ऋणात्मक रहेको सन् १९८७ मा . प्रतिशतको हालसम्मकै उच्च आर्थिक वृद्धि प्राप्त हुनुभन्दा अघिल्लो वर्ष कृषि, उद्योग तथा सेवा तीनवटै क्षेत्रहरु संकुचनको स्थितिमा रही समग्र वृद्धिदर प्रतिशतले ऋणात्मक रहेको विश्व बैंकको तथ्यांकले देखाँउदछ त्यसैगरी उच्च आर्थिक वृद्धि हुने अन्य वर्षहरुभन्दा अघिको वर्षमा कि आर्थिक वृद्धि ऋणात्मक वा न्यून रहेको देखिन्छ वा उक्त वर्षमा मौसमले साथ दिई कृषि उत्पादनमा भारी वृद्धि भएको देख्न सकिन्छ तसर्थ हालसम्म प्राप्त उच्च आर्थिक वृद्धिमा अधिल्लो वर्षको असामान्य परिस्थिति प्रमुख कारक भई टेक्नीकल रिबाउन्ड प्रभावले आर्थिक वृद्धिदर उच्च बनाउनमा ठुलो भूमिका खेलेको देखिन्छ कुनै असामान्य वर्षमा देशको उत्पादन घटेर पछिल्लो वर्ष सामान्य अवस्थामा मात्रै फर्किने हो भने पनि अर्थतन्त्रको उत्पादन वृद्धिदर उच्च हुन जान्छ यस्तो प्रक्रियालाई अर्थशास्त्रको भाषामा आधार प्रभाव वा टेक्नीकल रिबाउन्ड इफेक्ट भनिन्छ चालु आर्थिक वर्षको वृद्धिदर उच्च हुनुको प्रमुख कारण आधार प्रभाव वा टेक्नीकल रिबाउन्ड इफेक्ट नै हो गत वर्ष संकुचन भएका उद्योग क्षेत्र अन्तगतका चारवटा उपक्षेत्रहरुमा आर्थिक वर्ष २०७१÷७२मा भए जति मात्रै उत्पादन भईदिएको भए पनि उद्योग क्षेत्रको वृद्धिदर करीब . प्रतिशत हुने थियो तर यर्थाथमा अर्थतन्त्र २०७१÷७२ कै उत्पादन स्तरमा रहने थियो यस्तो टेक्नीकल रिबाउन्ड इफेक्ट उद्योग अन्तरगतका चारवटा उपक्षेत्रहरु (खानी तथा उत्खनन् क्षेत्र, विद्युत ग्यास तथा पानी क्षेत्र, निर्माण क्षेत्र तथा औद्योगिक उत्पादन क्षेत्र) लगायत थोक तथा खुद्रा व्यापार क्षेत्र, होटेल तथा रेष्टुरेन्ट क्षेत्र तथा कृषि तथा वन क्षेत्रमा रहेको जसले गर्दा चालु आर्थिक वर्षमा उच्च वृद्धिदर देखिन आएको हो  

नेपालको उच्च आर्थिक वृद्धिदरको अर्को महत्वपूर्ण पाटो अनुकुल मौसम हो अर्थतन्त्रको वृद्धिदरमा कृषि क्षेत्रको उल्लेख्य योगदान (करीब एक तिहाई) रहदै आएको तथा कृषि क्षेत्र मुलतः मौसममा भर पर्ने भएकाले मौसमले साथ दिएको वर्ष कृषि उत्पादन उच्च हुने आर्थिक वृद्धिदर पनि तदानुसार उच्च रहने गरेको विश्व बैकको तथ्यांक अनुसार नेपालमा आर्थिक वृद्धि उच्च भएका वर्षहरु मध्ये सन् १९८५ १९९१ बाहेक अन्य सवै वर्षहरुमा  अनुकुल मौसमका कारण कृषि क्षेत्रको उत्पादन वृद्धिदर . प्रतिशत भन्दा माथि रहेको सन् १९६६, १९८१ तथा १९८४ मा उक्त क्षेत्रको वृद्धिदर . प्रतिशतभन्दा माथि रहेको तथ्यांकले देखाँउदछ सन् १९८५ तथा १९९१ मा भने कृषि क्षेत्रको वृद्धिदर . प्रतिशत मात्रै रहेता पनि उद्योग क्षेत्र क्रमसः २८. प्रतिशत तथा १२. प्रतिशतले वृद्धि भई समग्र वृद्धिदर प्रतिशतभन्दा माथि रहेको थियो नेपालमा विगत दुईवर्षसम्म धानको उत्पादन वृद्धिदर ऋणात्मक रहेको तथा चालु आर्थिक वर्षमा उचित समयमा वर्षा भएको तथा वर्षाको वितरण समेत राम्रो भएकोले धानको उत्पादन २१. प्रतिशतले वृद्धि हुन गयो जि.डि.पी.मा लगभग प्रतिशत हिस्सा ओगटने वस्तुको उत्पादन २२ प्रतिशतले वृद्धि हुदा जि.डि.पी. वृद्धिदरमा एक प्रतिशतको हारहारीमा योगदान पुग्न जान्छ धानको उच्च वृद्धिदरमा अनुकुल मौसम एउटै मात्र कारण कदापी होईन तर धान उत्पादनको तथ्यांकलाई केलाउदा यसको वृद्धिदरमा अनुकुल मौसमले महत्वपुर्ण भूमिका खेलेको प्रष्ट देखिन्छ तसर्थ कृषि क्षेत्रलाई मनुसुनमा भर पर्नु पर्ने वाध्यताको अन्त्य नगरिकन कुनै एक आर्थिक वर्षमा प्राप्त भएको उच्च वृद्धिदरबाट सरकार वा नीतिनिर्माता उन्मादित हुनुपर्ने अवस्था पटक्कै छैन् यस क्षेत्रको उच्च वृद्धिदर दिगो बनाईराख्न प्रयाप्त सिँचाई सुविधा तथा कृषिजन्य आगतहरुको समयोचित आपूर्तिको सुनिश्तितता गर्न आवश्यक  

उच्च वृद्धिदरको अर्को महत्वपूर्ण पाटो भनेको नेपाल सरकारको विकास प्रयास नै हो यस वर्ष उर्जा आपूर्तिमा भएको उल्लेखनीय सुधार, निर्माण तथा पुनर्निर्माण कार्यले लिएको गति, कृषिजन्य आगतहरुको सहज आपूर्ति, कृषि व्यवसायीकरणमा भएको उल्लेख्य प्रगति, कृषि उत्पादकत्वमा भएको अभिवृद्धि, औद्योगिक उत्पादनमा भएको वृद्धि,  पर्यटक आगमनमा भएको उल्लेख्य सुधार,  खानीजन्य उत्पादन, निर्माण क्षेत्र तथा औद्योगिक उत्पादनमा भएको विस्तार,  जलविद्युत उत्पादनमा भएको वृद्धि तथा विद्युत चुहावटमा भएको नियन्त्रण, बन्द हडताल एवम् संरचनागत अवरोधमा आएको कमी तथा औद्योगिक वातावरणमा भएको सुधार सरकारका प्रयासबाट प्राप्त उल्लेखनीय उपलब्धीहरु हुन् जसले चालु आर्थिक वर्षको उच्च वृद्धिदर प्राप्त गर्नमा ठुलो भूमिका खेलेका छन् अर्थतन्त्रले लिएको यो सकारात्मक पाईलामा सरकार तथा निजी क्षेत्रवाट भएका यी प्रयासहरुलाई नजरअन्दाज गर्ने हो भने हाल प्राप्त वृद्धिदरको कहानी अधुरो हुन जान्छ

अर्थतन्त्रले करीब प्रतिशतको वृद्धिदर प्राप्त गर्नसक्नु आफैमा चानचुने कुरा हुदै होइन् तर त्यस्तो वृद्धिको ठुलो हिस्सा टेक्नीकल रिबाउन्ड इफेक्टवाट प्राप्त भएको हो वा मौसमको अनुकुलतावाट प्राप्त भएको हो भने त्यस्तो वृद्धिदरले कहिलेकाँही सरकार तथा नीति निर्माताहरुलाई आफ्नो क्षमता भन्दा बढी आशाबादी बनाउन सक्दछ सरकारले गर्नुपर्ने संरचनागत सुधारको दरमा कमी आउन सक्दछ तसर्थ आजको आवश्यकता अर्थतन्त्रले प्राप्त गरेको वृद्धिदरलाई दिगो बनाउन आवश्यक पर्ने आधारभूत संरचनाहरुलाई अझै सवल बनाउन सरकारको ध्यान केन्द्रित गर्ने हो कृषि उत्पादन वृद्धि गर्न आवश्यक पर्ने सेवा तथा सुविधाहरु समयोचित रुपमा उपलब्ध हुने सुनिश्चितता, उर्जा आपुर्तिमा थप सुधार, औधोगिक वातावरणमा सुधार, पुँजीगत खर्च गर्न सक्ने क्षमतामा अभिवृद्धि लगायत अन्य संरचनागत तथा नीतिगत सुधारहरु गरी सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हाल प्राप्त उच्च वृदिदरलाई कायम राख्ने वातावरण तयार पार्न सके मात्रै हाल प्राप्त वृद्धिदरलाई दिगो वनाउन सकिन्छ सरकार तथा नीति निर्माताहरुले हाल प्राप्त उपलब्धीमा उन्मादित नभईकन उच्च आर्थिक वृद्धिका लागि थप प्रयासहरु गरे मात्रै नेपाललाई सुनौलो युगमा डोर्याउन सकिन्छ अन्यथा यो वृद्धि केवल अनुकुल मौसम तथा नाकावन्दीले अर्थतन्त्र थलिएको वर्ष भन्दा पछिल्लो वर्ष पर्नुको संयोग मात्र हुनेछ