Tuesday, July 30, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ?

नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना(GDP Estimation in Nepal)

नेपालमा मूख्यतः कुल मूल्य अभिवृद्धि विधिबाट कुल गार्हस्थ्य उत्पादनको गणना गर्ने गरिन्छ । यसका लागि अर्थतन्त्रलाई विभिन्न १५ बटा उप क्षेत्रहरुमा विभाजन गरिएको छ
 १.कृषि तथा बन,
२. मत्स्यपालन,
३. खानी तथा उत्खनन,
४. औधोगिक उत्पादन,
५. बिजुली ग्यास तथा पानी,
६. निर्माण,
७. थोक तथा खुद्रा ब्यापार,
८. हाटेल तथा रेस्टोरेन्ट,
९. यातायात, भण्डारण तथा संचार,
१०. वित्तिय मध्यस्तता,
११. रियल स्टेट सम्बन्धी क्रियाकलापहरु,
१२. सार्वजनिक प्रशासन तथा सुरक्षा ,
१३. शिक्षा,
१४. स्वास्थ्य तथा सामाजिक कार्य र
१५. अन्य सामुदायिक सामाजिक तथा ब्यक्तिगत क्रियाकलापहरु


यी १५ वटै क्षेत्रहरुको उत्पादनबाट ती क्षेत्रहरुले उपयोग गरेको कच्चा पदार्थ (मध्यवर्ति उपभोग) घटाइसकेपछि ती क्षेत्रहरुको मूल्य अभिवृद्धि आउदछ । यस्तो मूल्य अभिवृद्धिहरुको जोडफलबाट कुल मूल्य अभिवृद्धि (GVA) निकालिन्छ । यसरी प्राप्त (GVA) बाट अप्रत्यक्ष रुपमा मापन गरिएको वित्तीय मध्यस्तता (FISIM) घटाउदा आधारभूत मुल्यमा कुल गार्हस्थ्य उत्पादन (GDP at basic prices) प्राप्त हुन जान्छ ।
 आधारभूत मुल्यमा ब्यक्त कुल गार्हस्थ्य उत्पादनमा बस्तुमा लगाइएको कर जोडी अनुदान घटाउने हो भने बजार मुल्यमा ब्यक्त कुल गार्हस्थ्य उत्पादन प्राप्त हुन जान्छ।
 उदाहरणका लागि नेपालको आ व २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनको गणना हेरौ :


GDP Estimation at Current Prices for 2075/76



Rs. millions


Industrial Classification
Gross Output
(GO)
Intermediate Consumption
(IC)
Value Added (=GO-IC)


1
Agriculture and forestry
1,076,244
 264,898
 811,347

2
Fishing
 16,425
 1,764
 14,661

3
Mining and quarrying
 23,312
 4,804
 18,508

4
Manufacturing
 610,162
 438,972
 171,190

5
Electricty gas and water
 100,145
 61,983
 38,162

6
Construction
 483,411
 245,691
 237,720

7
Wholesale and retail trade
 527,242
 87,313
 439,930

8
Hotels and restaurants
 196,392
 133,576
 62,817

9
Transport, storage and communications
 380,607
 159,254
 221,353

10
Financial intermediation
 253,831
 60,362
 193,469

11
Real estate, renting and business activities
 465,244
 112,167
 353,077

12
Public administration and defence
 103,520
 20,545
 82,975

13
Education
 285,023
 68,917
 216,106

14
Health and social work
 86,030
 32,536
 53,494

15
Other community, social and personal service activities
 188,929
42,507
 146,421


Gross Value Added
3,061,230


Less FISIM
128486


GDP at basic Prices
2,932,744


Add Taxes on Products
 533,962


Less Subsidies on Products
 2,387


GDP
3,464,319

 श्रोत : केन्द्रीय तथ्यांक बिभाग

माथिको तालिकामा देखाए झैँ उत्पादन बाट मध्यवर्ती उपभोग घटाएर उक्त क्षेत्रको मूल्य अभिवृद्धि निकालिन्छ।  जस्तै कृषि क्षेत्रको मूल्य अभिवृद्धि =१०७६ अर्ब -२६५ अर्ब =८११ अर्ब
यसैगरी अन्य १४ वटा क्षेत्रको समेत मूल्य अभिवृद्धि गणना गरिसके पछि १५ वटै क्षेत्रको मूल्य अभिवृद्धि जोडेर कुल मूल्य अभिवृद्धि निकालिन्छ जुन माथिको तालिकामा ३०६१ अर्ब २३ करोड छ।
कुल मूल्य अभिवृद्धि प्राप्त भैसकेपछी उक्त आंकडा वाट अप्रतक्ष्य रुपमा मापन गरिएको वित्तीय मध्यस्तता रु १२८ अर्ब ४९ करोड घटाउदा आधारभूत मुल्यमा कुल गार्हस्थ्य उत्पादन रु. २९३२ अर्ब ७४ करोड प्राप्त  हुन गएको छ।
यसरी प्राप्त कुल गार्हस्थ्य उत्पादनमा बस्तुमा लगाइएको कर रकम रु ५३३ अर्ब ९६ करोड जोडेर २ अर्ब ३९ करोड अनुदान घटाउदा बजार मुल्यमा रु ३४६४ अर्ब ३२ करोड बराबर कुल गार्हस्थ्य उत्पादन कायम हुन गएको छ।  

खर्च तथा आय सम्बन्धी अनुमानहरु

कुल मूल्य अभिवृद्धिबाट कुल गार्हस्थ्य उत्पादनको मापन प्राप्त भइसके पछि खर्च विधिमा हुने विभिन्न खर्चका अनुमानहरु तथा आय विधिमा हुने आय वितरणका अनुमानहरु समेत तयार पारिन्छ । खर्च विधिमा उपभोग खर्च, कुल लगानी, निर्यात तथा आयात सम्वन्धी अनुमानहरु त्यार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा उपभोगको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ७९.५ प्रतिशत, कुल लगानीको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ६२.३ प्रतिशत, निर्यातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ९.० प्रतिशत तथा आयातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ५०.८ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसै गरी आय विधि अन्तर्गत तलब भत्ता तथा ज्याला, सञ्चालन आय/मिश्रित आय तथा खुद अप्रत्यक्ष कर सम्वन्धी अनुमानहरु तयार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता तथा ज्यालाको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ३५.८ प्रतिशत, सञ्चालन आय/मिश्रित आयको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ४८.८ प्रतिशत र खुद अप्रत्यक्ष करको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात १५.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
.................................................................................................................................................................
यो पनि पढ्नुहोस 
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ?
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. ३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ?

Sunday, July 28, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?

CPI मुद्रास्फीतिले अर्थतन्त्रमा उपभोक्ताले उपभोग गर्ने बस्तु तथा सेवाको मूल्य वृद्धि देखाउने काम गर्दछ।  यसले आन्तरिक रुपमा उत्पादन भएका उपभोग्य बस्तु तथा सेवाका साथै उपभोक्ताले उपभोग गर्ने आयातित बस्तु तथा सेवाहरु समेत समाबेश हुन्छन।  तसर्थ CPI मुद्रास्फीतिले उपभोक्ताले उपभोग गर्ने बस्तु तथा सेवाको लागतमा भएको वृद्धि देखाउने काम गर्दछ।
अर्कोतिर GDP Deflator ले अर्थतन्त्रमा आन्तरिक रुपमा उत्पादन भएका सम्पूर्ण बस्तु तथा सेवाको मूल्य वृद्धि देखाउने काम गर्दछ। यसको मुख्य उदेश्य अर्थतन्त्रमा उत्पादन भएका बस्तु तथा सेवाहरुको बजार मूल्यमा भएको वृद्धि मापन गर्नु रहेको हुन्छ।  यसमा आयतीय बस्तु तथा सेवाहरु समाबेश गरिदैनन।  तसर्थ यसको उपयोग मुलुकको आन्तरिक उत्पादन/कुल गार्हस्थ्य उत्पादनलाई बजार मूल्य /चालु मूल्यमा ब्यक्त गर्नु रहेको हुन्छ।
नेपालमा विगत १७ वर्षमा ९ वर्ष CPI मुद्रास्फीति भन्दा GDP Deflator वृद्धि दर बढी रहेको छ भने बाँकी वर्षहरुमा CPI मुद्रास्फीति बढी रहेको छ।

GDP Deflator वृद्धिदरले अर्थतन्त्रमा उत्पादित सम्पूर्ण बस्तु तथा सेवाहरुको मूल्य वृद्धिदर देखाउने भएकाले CPI मुद्रास्फीतिका साथ् साथै GDP Deflator वृद्धिदर समेत गणना गर्नु पर्ने हुन्छ।  CPI मुद्रास्फीतिले उपभोग्य बस्तु तथा सेवाको मात्रै मूल्य वृद्धि दर देखाउने तथा आयातित बस्तु तथा सेवा समेत समाबेश गर्ने भएकाले आन्तरिक रुपमा उत्पादन भएका सम्पूर्ण बस्तु तथा सेवाहरुको मूल्य वृद्धि CPI मुद्रास्फीतिले देखाउन सक्दैन।
................................................................................................................................................................ 

Friday, July 26, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?

Structure of Nepalese GDP 
नेपालको कुल गार्हस्थ्य उत्पादनको संरचना लाई निम्न तीन दृस्टीकोणबाट बिस्लेषण गर्न सकिन्छ :

उत्पादन दृस्टीकोण (Production Approach)

  • क्षेत्रगत रुपमा हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तन हुदै गएको छ।  मुलुकको कुल उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गैरहेको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गैरहेको छ।  
  • आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७.० प्रतिशत, उद्योग क्षेत्रको योगदान १५.२ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ५७.८ प्रतिशत रहने अनुमान छ।

  • कृषि क्षेत्रको उत्पादनमा खाधान्न तथा अन्य बाली उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको छ भने तरकारीजन्य उत्पादनको हिस्सा करिब १० प्रतिशत, बनजन्य उत्पादनको करिब ८ प्रतिशत तथा फलफुल तथा मसलाजन्य उत्पादनको हिस्सा करिब ७ प्रतिशत रहेको छ।
  • कुल कृषि उत्पादनमा खाद्यान्न बाली अन्तर्गत पर्ने धानको हिस्सा करिब २१ प्रतिशत, गहुँको ७ प्रतिशत तथा मकैको हिस्सा ७ प्रतिशत रहेको छ।  मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै योगदान करिब ६ प्रतिशत (१००*०.२७ * 0.२०७= ५.५८९ ) रहेको छ। 



  • त्यसैगरी आर्थिक क्रियाकलाप हरुलाई प्राथमिक क्षेत्र, दित्तीय क्षेत्र तथा तृतीय क्षेत्र मा समेत बाढेर विस्लेषण गर्ने गरिन्छ।  यसरी हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्दै गएर आ. व. २०७५/७६ मा २७.६ प्रतिशतमा सिमित हुने अनुमान छ भने दित्तीय क्षेत्रको योगदान १४.६  प्रतिशत तथा तृतीय क्षेत्रको योगदान बढ्दै गएर ५७.८ प्रतिशत पुग्ने अनुमान रहेको छ।
  • औधोगिक वर्गीकरण अनुसार हाल नेपालको उत्पादकीय क्रियाकलापहरुलाई १५ वटा क्षेत्रमा बाढिएको छ।  जस अन्तर्गत १. कृषि तथा बन, २. मत्स्यपालन, ३. खानी तथा उत्खनन, ४. औधोगिक उत्पादन, ५. बिजुली ग्यास तथा पानी, ६. निर्माण, ७. थोक तथा खुद्रा ब्यापार, ८. होटेल तथा रेस्टोरेन्ट, ९. यातायात, भण्डारण तथा संचार, १०. वित्तिय मध्यस्तता, ११. रियल स्टेट सम्बन्धी क्रियाकलापहरु, १२. सार्वजनिक प्रशासन तथा सुरक्षा , १३. शिक्षा, १४. स्वास्थ्य तथा सामाजिक कार्य र १५. अन्य सामुदायिक सामाजिक तथा ब्यक्तिगत क्रियाकलापहरु पर्दछन।  यस आधारमा हेर्दा कुल गार्हस्थ्य उत्पादनमा धेरै योगदान पुर्याउने  क्षेत्रहरु क्रमश : कृषि तथा वन, थोक तथा खुद्रा ब्यापार, रियल स्टेट गतिविधि, निर्माण तथा यातायात भण्डारण तथा संचार क्षेत्र हुन्।   



खर्च दृस्टीकोण (Expenditure Approach)

  • यस दृस्टीकोणका अनुसार स्वदेशमा उत्पादन भएका बस्तु तथा सेवामा भएको कुल खर्चको जोडफलको रुपमा कुल गार्हस्थ्य उत्पादनलाई ब्यक्त गर्न सकिन्छ जस अनुसार 
  • कुल गार्हस्थ्य उत्पादन=उपभोग खर्च (C)+लगानी(I) +सरकारी खर्च (G)+निर्यात(X) -आयात(M)
  • खर्चको पाटोबाट कुल गार्हस्थ्य उत्पादनको संरचना बिस्लेष्ण गर्दा नेपालमा उपभोग (सरकारी तथा निजी )को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात आ. व. २०७५/७६ मा ७९.५  प्रतिशत रहने अनुमान छ भने कुल लगानी (सरकारी तथा निजी ) को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात ६२.३ प्रतिशत रहने अनुमान छ । अर्कोतिर खुद निर्यात (निर्यात -आयात ) को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात -४१.८ प्रतिशत रहने अनुमान छ।    
 

  • कुल उपभोगमा निजी क्षेत्रको उपभोगको अंश ८३.४ प्रतिशत  तथा  सरकारी उपभोगको अंश १४. ५  प्रतिशत रहेको छ।  
  •  कुल लगानीमा कुल स्थिर पुँजी लगानीको हिस्सा ५९. ३ प्रतिशत तथा स्टकमा भएको परिवर्तनको हिस्सा ४०. ७ प्रतिशत रहेको छ। 
  • कुल स्थिर पुँजी लगानीमा सरकारी लगानीको अंश २१. ६  प्रतिशत रहेको छ भने निजी लगानीको अंश ७८. ४  प्रतिशत  रहेको छ।  

आय दृस्टीकोण (Income Approach)

  • यस दृस्टीकोणका अनुसार कुल गार्हस्थ्य उत्पादनलाई उत्पादनका साधनहरुले प्राप्त गरेको आयको जोडफलको रुपमा ब्यक्त गर्न सकिन्छ। 
  • अर्थात् : कुल गार्हस्थ्य उत्पादन=ज्याला + लगान +ब्याज आय + नाफा 
  • नेपालको सन्दर्भमा केन्द्रीय तथ्यांक विभागले आय विधि अनुसारका अनुमानहरु समेत सार्वजनिक गर्ने गर्दछ। यस अन्तर्गत कुल गार्हस्थ्य उत्पादनलाई कर्मचारीको ज्याला तथा तलब भत्ता , संचालन मुनाफा/ मिश्रित आय तथा खुद करको योगफलको रुपमा ब्यक्त गर्न सकिन्छ।  
  • नेपालमा कुल गार्हस्थ्य उत्पादनमा ज्याला तथा तलब भत्ताको अंश आ.व. २०७५ /७६ मा करिब ३६  प्रतिशत रहेको छ भने संचालन मुनाफा/मिश्रित आयको हिस्सा करिब ४९ प्रतिशत रहेको छ।  
  • Composition of GDP : Income Approach

    2014/15
    2015/16
    2016/17
    2017/18
    2018/19
    Compensation of Employees(%)
    40.7
    40.7
    39.3
    37.6
    35.8
    Net Taxes (%)
    10.9
    11.6
    12.6
    13.9
    15.4
    Mixed Income/Operating Surplus (%)
    48.3
    47.7
    48.1
    48.5
    48.8
    GDP
    100
    100
    100
    100
    100
     
  •