आर्थिक वर्ष २०८० /८१ को जेठ मसान्तको तथ्यांकमा आधारित
२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको एघार महिनामा औसत मुल्यवृद्धि ५.६२ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको एघार महिनामा:
-कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१३९ अर्ब २६ करोड कायम भएको छ ।
-कुल वस्तु आयातमा १.८ प्रतिशतले कमी आई रु.१४५३ अर्ब ७० करोड कायम भएको छ ।
-कुल वस्तु व्यापार घाटामा १.७ प्रतिशतले कमी आई रु.१३१४ अर्ब ४४ करोड कायम भएको छ ।
-विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई रु.१३२७ अर्ब पुगेको छ ।
-चालु खाता रु.२०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।
-शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२२४ अर्ब ९० करोडले बचतमा रहेको थियो ।
-अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १४ अर्ब ७२ करोड पुगेको छ । उक्त सञ्चिति १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
-संघीय सरकारको खर्च ०.४ प्रतिशतले बढेको छ भने राजस्व परिचालन ९.८ प्रतिशतले बढेको छ । सरकारको बाह्य ऋणको कुल गार्हस्थ्य उत्पादन संगको अनुपात करिब २२ प्रतिशत रहेको छ ।
-बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ५१४ अर्ब (९.० प्रतिशत)ले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २४६ अर्ब (३.४ प्रतिशत) ले बढेको छ।
-२०८१ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.१७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.१५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमश: ७.९९ प्रतिशत र १२.५३ प्रतिशत रहेका थिए ।
-इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ जेठ मसान्तमा ११० रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकोमा २०८१ जेठ मसान्तमा ११,५२९ कायम भएको छ ।
No comments:
Post a Comment