म आर्थिक मुद्दाहरुमा रुचि राख्ने विद्यार्थि हुँ । मेरो कुनै विषयमा विज्ञता त
छैन, तथापि आर्थिक तथा वित्तीय
क्षेत्रमा आफुले सिकेका केही कुराहरु शेयर गर्न योे सिरिजको सुरुवात गरेको हुँ । कुनै सुझाव वा जिज्ञाशा
छ भने siddhabhatta@gmail.com मा पठाइदिनुभएमा आभारी हुनेछु ।
जिज्ञाशा १ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?
नेपालमा
उपभोक्ता मूल्य सूचकांकलाई मुद्रास्फीति मापनको आधिकारिक सूचकांकको रुपमा लिइएको छ
।
उपभोक्ता
मूल्य सूचकांक गणना गर्दा सर्वप्रथम कुन कुन वस्तु तथा सेवाको मूल्य संकलन गर्ने
भन्ने निधो गर्नुपर्ने हुन्छ । यसका लागि नेपाल राष्ट्र बैंकले समय समयमा
पारिवारिक बजेट सर्वेक्षण गरी घरपरिवारले किन्ने बस्तु तथा सेवाको छनौट गर्ने काम
गर्दछ । यसरी बस्तु तथा सेवा छनौट गर्दा घरपरिवारको बजेटको अधिकांस हिस्सा ओगट्ने
तथा घरपरिवारले प्राय किनिराख्ने बस्तु तथा सेवाहरु छनौट गरिन्छ ।
नेपालमा
हाल उपभोक्ता मूल्य सूचकांकमा समाबेश वस्तु तथा सेवाहरु पाँचौ पारिवारिक बजेट
सर्वेक्षण २०७०/७१ का आधारमा छनौट गरिएको हो । जस अनुसार ४०२ बस्तु तथा ९४ सेवा गरी
४९६ बस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । यी वस्तु तथा सेवाहरुले घर
परिवारको खर्चको ९७ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य
सूचकांकका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको
यथार्थपरक चित्र प्रतिनिधित्व गर्दछ ।
उक्त
सर्वेक्षणका आधारमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने वस्तुको खर्च भार
४३.९१ प्रतिशत तथा गैह खाद्य तथा सेवा समूह अन्तर्गत पर्ने वस्तु तथा सेवाको खर्च
भार ५६.०९ प्रतिशत कायम गरिएको छ ।
वस्तु
तथा छनौट पश्चात् मूल्य संकलन कहाँ बाट गर्ने तथा कति अन्तरालमा गर्ने भन्ने पक्ष
महत्वपुर्ण हुन्छ । उपभोक्ता मूल्य सूचकांक गणनाका
लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्रहरु तोकिएको छ । बजार
केन्द्रको छनौट गर्दा आर्थिक गतिबिधिको अवस्था, घरपरिवारको खर्चको आकार, भौगोलिक
प्रतिनिधित्व आदि जस्ता पक्षहरुलाई आधारको रुपमा लिइएको छ ।
यसरि
छानिएका बजार केन्ंद्रहरुवाट साप्ताहिक, मासिक तथा त्रैमासिक रुपमा
वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । मूल्य संकलन गरिसकेपछि प्रतेक
वस्तु तथा सेवाको relative price index तयार
पारिन्छ र त्यस्ता index हरुको
औसतका आधारमा उपभोक्ता मूल्य सूचकांकको निर्माण गरिन्छ । यसका लागि Weighted Geometric
Index विधिको प्रयोग गरिएको छ ।
उपभोक्ता
मूल्य सूचकांकको गणना गरिसकेपछि उक्त सूचकांकमा भएको प्रतिशत परिवर्तनलाई नै
उपभोक्ता मुद्रास्फीति भनिन्छ ।
जिज्ञाशा २ : नेपालका कति मुद्रास्फीति उपयुक्त हो ?
विभिन्न अनुभवजन्य
प्रमाणहरुले नेपालमा मूल्यवृद्धिदर ६.५ प्रतिशतसम्म हुँदा त्यसले बचत, लगानी तथा आर्थिक
वृद्धिलाई सकारात्मक प्रभाव पार्ने तथा त्यो भन्दा बढी मूल्यवृद्धिले नकारात्मक
असर पार्ने तथ्य अघि सारेका छन् । यसैका आधारमा केन्द्रीय बैंकले समेत मूल्यवृद्धिलाई
६–७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राख्ने गरेको हुन्छ । तसर्थ ६–७ प्रतिशतको
मुद्रास्फीतिलाई नेपाललको हकमा उपयुक्त स्तरको मुद्रास्फीतिका रुपमा लिन सकिन्छ ।
जिज्ञाशा ३ : वार्षिक
विन्दुगत मूल्यवृद्धि तथा औसत मूल्यवृद्धिमा के फरक हुन्छ ?
कुनै महिनाको वार्षिक
विन्दुगत मुद्रास्फीति भन्नाले अघिल्लो वर्षको कुनै महिनाको तुलनामा चालु वर्षको
सोही महिनामा मूल्यवृद्धि कति प्रतिशत छ भन्ने आँकडा हो । मौषमी प्रभाव हटाउन
यस्तो मुल्यवृद्धि गणना गरिन्छ । अर्कोतिर औसत मूल्य वृद्धि भन्नाले एक भन्दा बढी
महिनाको औसत हो ।
जस्तैः २०८० जेठ
महिनाको मूल्यवृद्धि ६.८३ प्रतिशत छ भने चालु आर्थिक वर्षको एघार महिनाको औसत
मूल्यवृद्धि ७.७७ प्रतिशत रहेको छ ।
9 comments:
Great sir
Thank you so much sir,
sir daily hjr ko question answer ko waiting ma xau hami.
Sir naya question answer aauna chhodeko ho?
update नयाँ question आउछन आसा गरौ हेर्दै जाउ 😊
Sir namskar ��
Capital market related ni Q.A provide gardinu na.... study ko lagi dheraie help huntho....������
Dear sir,
Greeting!!
We want more question answer about the term used in monetary policy, NRB directives. :) :)
Thank You so much sir
Money supply ko proximiate and ultimate determinats under money multiplier apprroch ko pani and
IS LM curve related all topic ko note provide garidiya Great full hune thiya
Sir role of NRB for implementation of monetary policy ko tips dinus na.
Great sir
Post a Comment