Sunday, November 17, 2019

नेपाली पुँजीबजारमा रहेका समस्याहरु तथा समाधानका उपायहरु

पुँजीबजारमा रहेका समस्याहरु
  1. विविधकरणको अभाव : नेपालको पुँजीबजारमा वित्तीय क्षत्रको वाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत २१५ कम्पनीहरुमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । यसका साथै पुँजी बजारमा शेयरको अधिपत्य रहेको अवस्था छ । 
  2. संस्थागत लगानीकर्ताको अभाव : संस्थागत लगानीकर्ताको कमीका कारण सीमित व्यक्तिहरुको हचुवा विष्लेषण तथा लगानी निर्णयका आधारमा बजार हिड्ने गरेको छ । 
  3. विशिष्टीकृत संसथाको अभाव : नेपालको बजारमा Venture Capital, Equity Fund, Portfolio Manager जस्ता लगानीकर्तालाई प्राविधिक विष्लेषणका आधारमा सुझाव तथा सल्लाह दिने विशिष्टिकृत संस्थाहरुको अभाव छ । 
  4. लगानीकर्तामा चेतनाको अभाव : लगानीकर्ताहरुमा कम्पनीको वित्तीय पक्षको विश्लेषण गरी लगानी गर्ने क्षमता तथा पुँजी बजार सम्वन्धी चेतनाको कमी छ जसले गर्दा कतिपय लगानीकर्ताहरुले हल्लाका भरमा लगानी गरीरहेको अवस्था छ । 
  5. क्रेडिट रेटिङ संस्थाको कमी : नेपालमा हाल दुई बटा रेटिङ संस्थाहरु कार्यरत रहेतापनि सम्पुर्ण संस्थाहरु तथा ऋणीहरुको प्रभावकारी रुपमा रेटिङ गर्नका लागि ती संस्थाहरु पर्याप्त छैनन् । 
  6. उतारचढावको समस्या : पुँजी बजारको अवस्था देखाउने नेप्से परिसूचक तथा बजार पुँजीकरणमा ठुलो उतारचढाव छ । विगतमा ११६७ विन्दुमा पुगेको नेप्से परिसूचक केही समय पछि नै ३०० मा पुगेको लागि तथा बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गर्ने निर्णय पश्चात १८८१ विन्दुमा पुगी हाल फेरी घटेर १२०० को हाराहारीमा रहेको अवस्था छ । 
  7. काठमाडौं केन्द्रित बजार : पुँजी बजार अधिकांस कारोबार काठमाडौंमा हुने गरेको छ । हाल संचालनमा रहेका ९७ बटा ब्रोकरका शाखा मध्ये ५७ बटा शाखा काठमाडौंमा रहेको तथा ती संस्थाहरुबाट दोस्रो बजार कारोबारको करीब ९० प्रतिशत कारोबार हुने गरेको अवस्था छ । 
  8. ऋणपत्रको बजार नहुनु : पुँजी बजारमा सरकारी ऋणपत्रको दोस्रो बजार प्रभावकारी रुपमा संचालन हुन सकेको छैन् भने नीजि क्षेत्रमा कम्पनीहरुबाट जारी भएको ऋणपत्र नगन्य छ । 
  9. संस्थागत कमजोरी : नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र वोर्ड र अन्य नियमनकारी निकायहरुका बीचमा प्रभावकारी समन्वय नहुँदा कतिपय अवस्थामा समस्या सृजना हुने गरेको अवस्था छ ।  
पुँजीबजारमा रहेका समस्या समाधान गर्ने उपायहरु  
  • बजारको विविधकरणमा जा्ेड दिने ।
  •  पुँजी बजार सम्वन्धी सचेतनामा वृद्धि गर्ने । 
  • उपत्यका बाहिरका स्थानहरुमा दोस्रो बजारको पहुँच अभिवृद्धि गर्ने । 
  • संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने । 
  • पुँजी बजारका लागि आवश्यक विशिष्टिकृत संस्थाहरुको स्थापनाका लागि उपयुक्त वातावरण बनाउने । 
  • विदेशी संस्थागत लगानीकर्ता तथा गैह–आवासीस नेपालीलाई पुजी बजार खुल्ला गर्ने । 
  • नियामक निकायको क्षमता अभिवृद्धि गर्ने । 
  • वास्तविक क्षेत्रका कम्पनिहरुका लागि नियामकीय निकायहरुको स्थापना गर्ने ।
  •  पुँजी बजारका लागि आवश्यक नीतिगत सुधारहरु गर्ने । 
  • निजी क्षेत्रबाट नयाँ स्टक मार्केट स्थापना गर्दै नेपाल स्टक एक्सचेन्जको पुनरसंरचना गर्ने । 
  • शेयर कारोबारको अनलाईन खरिद विक्री प्रणाली लाई भरपर्दो तथा प्रभावकारी बनाउने । 
  • सूचना तथा जानकारीमा सर्वसाधारण लगानीकर्ताको सहज पहुँच हुने व्यवस्था मिलाउने । 
.................................................................................................................................................................

1 comment:

केशव लामिछाने said...

बस्तुनिष्ठ विश्लेषण