२०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ ।
तरकारी उपसमुहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडीउपसमुहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ।
कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु.४० अर्ब २०करोड पुगेको छ ।
कुल वस्तु आयात १०.६ प्रतिशतले घटेर रु.४०२ अर्ब ४९करोड कायम भएको छ ।
कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटी रु.३६२ अर्ब २९करोड कायम भएको छ ।
खुद सेवा आय रु.१५ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई रु.३३७ अर्ब ७२ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको छ ।
चालु खाता रु.२० अर्ब ४६ करोडले बचतमा रहेको छ ।
शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा रु.१५०६ अर्ब ६ करोड पुगेको छ ।
बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.१०अर्ब २३ करोडले घाटामा रहेको छ ।
संघीय सरकारको कुल खर्च रु.२५०अर्ब ४१ करोड रहेको छ ।
बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन रु.२४०अर्ब १५करोड रहेकोे छ ।
सरकारका विभिन्न खातामा रु.२२०अर्ब ९८करोड नगद मौज्दात रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.४प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा ४.४प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा रहेकोनिक्षेप ५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
कुल ४६ हजार ३४३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.७९ अर्ब ७५करोड कर्जा बक्यौता रहेको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ कात्तिकमा ९.५०प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ७.५७ प्रतिशत कायम भएको छ ।
२०७७ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.३१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको छ ।
इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ कात्तिक मसान्तमा १४६ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ कात्तिक मसान्तमा ९९३७ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ ।
Monday, December 21, 2020
आर्थिक वर्ष २०७७७८ को चार महिनाको आर्थिक तथा वित्तीय अवस्थाको संक्षिप्त झलक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment