- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको । एघार महिनाको औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको ।
- आयात २७.५ प्रतिशतले, निर्यात ५३.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेको ।
- सेवा व्यापार रु.९९ अर्ब ९३ करोडले घाटामा रहेको ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.५ प्रतिशतले बढेको । २०७९ जेठमा रु. ९२.४ अर्ब विप्रेषण प्राप्त भएको ।
- चालु खाता घाटामा वृद्धि भई रु.५९५ अर्ब ७३ करोड पुगेको जुन जिडिपिको १२.३ प्रतिशत हुन्छ ।
- शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको ।
- विदेशी विनिमय सञ्चिति ९ अर्ब ४५ करोड अमेरिकी डलर रहेको । यो ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने ।
- संघीय सरकारको खर्च रु.१०३५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.९४२ अर्ब १३ करोड रहेको ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. २६६ अर्ब निक्षेप संकलन गरी रु. ५५३ अर्ब कर्जा निजि क्षेत्रतर्फ प्रवाह गरेका ।
- पुनरकर्जा २०७९ जेठ मसान्तमा रु.११४ अर्ब ९७ करोड लगानीमा रहेको ।
- २०७९ जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.५४ प्रतिशत रहेको । अघिल्लो वर्षको सोही महिनामा यस्तो दर ८.४६ प्रतिशत रहेको ।
Monday, July 11, 2022
Currect Macroeconomic Situation of Nepal (Based on 11 Months of FY 2021/22)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment