Saturday, December 3, 2022

भारतमा केन्द्रीय बैंक डिजिटल मुद्रा (इ–रुपी) को पाइलट परिक्षण सुरु

Source : https://www.outlookindia.com

भारतीय रिजर्भ बैंकले डिसेम्बर १ देखि केन्द्रीय बैंक डिजिटल मुद्रा (इ–रुपी) को पाइलट परिक्षण सुरु गरेको छ । यस्तो परिक्षण मुम्वई, दिल्ली, बैंगलोर तथा भुवनेश्वर गरी चारवटा शहरमा सुरु गरिएको छ । 

इ–रुपी मार्फत हुने कारोबार एस.बी. आई. बैंक, एस बैंक, आइसिआइसिआई बैंक तथा आइडिएफसि बैंक मार्फत गर्न सकिने छ ।  
इ–रुपी नोट जस्तै सरकारी मुद्रा हो जसलाई मोवाइल वालेटमा स्टोर गर्न सकिनेछ र यसमा कुनै ब्याज प्राप्त हुने छैन ।
 यसलाई क्यु आर कोड मार्फत हाललाई तोकिएका पसलहरुमा वस्तु तथा सेवा खरिदका लागि भुक्तानी गर्न सकिनेछ ।
यसलाई भारतीय रिजर्भ बैंकले उत्पादन गर्ने तथा बैंक तथा वित्तीय संस्था मार्फत सर्वसाधारणका लागि उपलब्ध गराइने छ ।
हाललाई यो सबैले उपयोग गर्न भने पाउने छैनन् । तोकिएका बैंकले छानेका सिमित ग्राहक तथा व्यवसायले यसको उपयोग गर्न सक्ने छन् ।
भविश्यमा यो परिक्षण अन्य शहरहरुमा समेत विस्तार गरिने भारतीय रिजर्भ बैंकले जनाएको छ । 

1 comment:

dhrub tharu said...

digital currency is also like any wallet product. how is it different from any wallet service?