गत आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२४१ अर्बले घाटामा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा रु. ९७ अर्बले बचतमा गएको छ । यस पछाडिका मुख्य कारणहरु निम्न अनुसार छन् ।
- आयातमा भएको कमीका कारण व्यापार घाटामा करिब रु.१६८ अर्बले सुधार हुनु ।
- पर्यटन आय तथा अन्य सेवा आयमा भएको वृद्धिसँगै सेवा खाता घाटा करिब रु.१५ अर्बले सुधार हुनु ।
- विदेशमा ब्याजदर बढेका कारण वैदेशिक मुद्रामा गरिएको लगानीबाट करिब रु. १५ अर्ब थप आय प्राप्त हुनु।
- करिब रु.११५ अर्ब बराबरको थप विप्रेषण प्राप्त हुनु ।
- निर्यातको अग्रिम भुक्तानीवापत् गत वर्षको तुलनामा थप रकम प्राप्त हुनु ।
No comments:
Post a Comment