नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कस्तो रहेको छ ?
मौद्रिक नीतिको प्रमुख उदेश्य अर्थतन्त्रमा आर्थिक स्थायित्व कायम राख्दै वित्तीय पहुँचमा अभिवृद्धि गर्ने तथा आर्थिक वृद्धि प्राप्त गर्नमा सहयोग गर्नु रहेको हुन्छ । नेपालको मौद्रिक नीतिले लिएका उदेश्यहरुका आधारमा विश्लेषण गर्दा मौद्रिक नीति धेरै हदसम्म सफल भएको देखिन्छ ।
क) मुल्य स्थायित्व: विगत तीन वर्ष यताको मुद्रास्फीति राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीति ४.२ प्रतिशत रहेकोमा आ.व. २०७५/७६ मा ४.६ प्रतिशत रहेको छ । यसरी मुद्रास्फीति नियन्त्रण गर्ने कार्यमा मौद्रिक नीति विगत केही वर्षयता केहि हद सम्म सफल भएको देखिन्छ ।
ख) बाह्य क्षेत्र स्थायित्व: भुक्तान संतुलनमा धेरै ठुलो घाटा नभएको, विदशी मुदा्रको पर्याप्त रिजर्भ रहेको तथा विनिमय दरमा ठुलो उतारचढाव नभएको अवस्थालाई बाह्य क्षेत्र स्थायित्वको रुपमा लिन सकिन्छ । नेपालमा विगतमा धेरै वर्ष भुक्तान संतुलन नाफामा रहने गरेको भएतापनि आ.व. २०७५/७६ मा भने आयातमा भएको उच्च विस्तारका कारण केही घाटामा जाने देखिएको छ । तथापि बैंकिङ्ग क्षेत्रसंग आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय रहेको अवस्था छ ।
ग) बैंकिङ्क पहुँच तथा तथा वित्तीय क्षेत्र स्थायित्व: नेपालमा बैंकिङ्ग पहुँचमा विस्तार हुदै गएको छ । मुलुकभरमा ८ हजार भन्दा बढी बैंक तथा वित्तीय संख्याका शाखा संचालनमा रहेका छन् भने ती संस्थामा खुलेका खाता संख्या २ करोड ७९ लाख पुगेका छन् । यसका साथै राष्ट्र बैंकको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रले कुनै ठुलो प्रणालीगत समस्या बेहोर्नुपरेको छैन ।
घ) सुरक्षित भुक्तानी प्रणालीको विकास: नेपालमा भुक्तानी प्रणालीको विकासका लागि मौद्रिक नीतिले आवश्यक पूर्वाधार निर्माणमा जोड दिदै आएको छ । भुक्तानी प्रणालीको विकासका लागि इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग, आई.पि.एस. , RTGS जस्ता भुक्तानी प्रविधिका माध्यहरुको विकास हुदै गएको छ ।
ङ) आर्थिक वृद्धि: विगत तीन वर्षयता नेपालले ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि प्राप्त गरेको छ । आर्थिक वृद्धिका लागि चाहिने कर्जा उपलब्धताका लागि नेपाल राष्ट्र बैंकले प्रभावकारी रुपमा तरलता व्यवस्थापन गर्दे आएको छ ।
संक्षेपमा भन्नुपर्दा विगत तिन वर्ष यताको स्थिती हेर्ने हो भने नीतिले आफुले राखेका धेरैजस्तो उदेश्यहरु प्राप्त गर्न सफल भएको छ । यस अर्थमा मौद्रिक नीति धेरै हदसम्म प्रभावकारी रहेको छ भन्न सकिने प्रशस्त आधारहरु छन् ।
...............................................................................................................

Also Read
१ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ?
२ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ?
३
: कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य
/उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ?
४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?
७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ
९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
१० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ?
११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
१२ : Is inflation always detrimental to growth?
१३ : How does the banking system create credit in an economy?
१४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ?
१५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
१६ : How to Rebase the CPI Index?
१७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
१८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
१९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?
२० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ?
२१ : Why GDP is an important indicator of an economy?
२२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
आर्थिक तथा बैकिङ्ग
ज्ञान : जिज्ञाशा न. २३ : मुद्रा प्रदाय भन्नाले के बुझिन्छ ? संकुचित
मुद्रा प्रदाय तथा विस्तृत मुद्रा प्रदाय बीच के फरक हुन्छ ?
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २४ : के मौद्रिक नीतिले पूर्णरुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?
समाधान
आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?
समाधान
3 comments:
sr....tyo question ko answer xain....ani hjr le ni fiscal nd monetary policy le price instability kasari garx...vaner ni lekhdiya...aavari hunethiya
Sir please write something about Fiscal policy also.
Thanku sir��..sir growth theories..price determination related post pani rhkanus na plzz
Post a Comment