Wednesday, September 25, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २७ :आन्तरिक ऋण उठाउन का लागि नेपाल सरकारले उपयोग गर्ने उपकरण हरु के के हुन ?

आन्तरिक ऋण उठाउने प्रयोजनार्थ नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गर्दै आएका सरकारी ऋणपत्रहरू देहायबमोजिम रहेका छन् :
  •  टेजरी बिल: टे«जरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । टे«जरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने टे«जरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका टे«जरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।
  • विकास ऋणपत्र: विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
  • राष्ट्रिय बचतपत्र: राष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गर्दछ ।
  •  नागरिक बचतपत्र:  नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ ।
  • वैदेशिक रोजगार बचतपत्र: मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्र ५ वर्षे अवधिको निष्कासन गरिन्छ ।
  • आर्थिक वर्ष २०७५/७६ को अन्तसम्ममा कायम रहेको कुल रु. ४५३ अर्ब आन्तरिक ऋण परिचालन मध्ये रु. १४७ अर्ब (३२.४ प्रतिशत) ट्रेजरी बिल्स विक्रीबाट, रु. २९७ अर्ब (६५.६ प्रतिशत) विकास ऋणपत्रबाट, रु. ८ अर्ब (१.८ प्रतिशत) नागरिक बचतपत्र तथा रु. ४५ करोड वैदेशिक रोजगार वचतपत्रबाट परिचालन गरेको छ ।  
  •  ...............................................................................................................
    Also Read
    १ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
     समाधान 
    २ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
    समाधान 
    ३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
    समाधान 
    ४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
    समाधान 
    ५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
    समाधान 
     ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
    समाधान 
    ७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
     समाधान 
    ८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
    समाधान 
     ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
    १० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
    समाधान 
     ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
    १२ : Is inflation always detrimental to growth? 
    समाधान 
     १३ : How does the banking system create credit in an economy? 
    १४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
     १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
    १६ : How to Rebase the CPI Index?
    १७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
    १८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
    १९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?

    २० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
     समाधान
     २१ : Why GDP is an important indicator of an economy?
     समाधान  
    २२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
    समाधान
     आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २३ : मुद्रा प्रदाय भन्नाले के बुझिन्छ ? संकुचित मुद्रा प्रदाय तथा विस्तृत मुद्रा प्रदाय बीच के फरक हुन्छ ?
     समाधान
    आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २४ : के मौद्रिक नीतिले पूर्णरुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?
     समाधान
    आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?
     समाधान

No comments: