Tuesday, April 6, 2021

कोभिड संकटबाट हामीले कति आय गुमायौ ?

कोभिड संकटबाट हामीले कति आय गुमायौ ?

विश्व अर्थव्यवस्थामा एक शताब्दी पछिको ठूलो आर्थिक संकट सिर्जना गर्नेगरी फैलिएको कोभिड१९ महामारीले आय, रोजगारी, उपभोग जस्ता मानवीय जीवनका आधारभुत आर्थिक पक्षहरुमा गहिरो प्रभाव पारेको यसबाट विश्व अर्थतन्त्रमा सन् १९३० को दशकको महामन्दी तथा दोस्रो विश्वयुद्धभन्दा पछाडीको सवैभन्दा ठूलो आर्थिक संकुचन आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान रहेको उक्त कोषका अनुसार सन् २०२० मा विश्व उत्पादन . प्रतिशतले संकुचन भएको भने तीब्र गतिमा आर्थिक उन्नति हासिल गरिरहेका उदीयमान तथा विकासशील मुलुकहरु समेत यसबाट नराम्ररी प्रभावित हुन पुगेका छन् यस्तो संकुचनबाट सन् २०२०२५ को अवधिमा विश्व अर्थव्यवस्थाले करिब २२ ट्रिलियन अमेरिकन डलर (करिब रु. २५५०० खर्ब) बराबरको आय गुमाउने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान रहेको

नेपाली अर्थतन्त्रमा पुगेको क्षति

कोभिड१९ संकटबाट नेपालको अर्थव्यवस्था समेत अछुतो रहन सकेन वार्षिक औसत प्रतिशतका दरले विस्तार भैरहेको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७६/७७ मा करिब प्रतिशतले संकुचन भएको केन्द्रीय तथ्यांक विभागको संसोधित अनुमान रहेको उक्त आर्थिक वर्षको चौथौ त्रयमासमा लकडाउन लगायतका व्यवधानका कारण  आर्थिक गतिविधि अत्यन्तै प्रभावित भई त्रैमासिक गार्हस्थ्य उत्पादन १५. प्रतिशतले संकुचन भएको अनुमान गरिएको चालु आर्थिक वर्षमा समेत आर्थिक गतिविधिहरुमा उत्साहजनक सुधार भइसकेको अवस्था छैन केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रयमासमा गार्हस्थ्य उत्पादन . प्रतिशतले संकुचन भएको त्यसै गरी नेपाल राष्ट्र बैंकले २०७७ मंसिरमा गरेको व्यवसाय सर्वेक्षणले समेत आर्थिक क्रियाकलापहरु सुधारोन्मूख रहेको तर कोभिडपूर्वको अवस्थामा अझै आइनसकेको देखाएको यसबाट चालु आर्थिक वर्षमा समेत आर्थिक वृद्धिदर उल्लेख्य रुपमा प्रभावित हुने देखिएको

कोभिड१९ संकट नआएको भए अर्थतन्त्र वार्षिक प्रतिशतले विस्तार भई यी दुई वर्षहरुको कुल मूल्य अभिवृद्धि चालु मूल्यमा करिब रु. ९३६४ अर्ब पुग्ने सम्भावना रहेकोमा कोरोना संकटका कारण त्यस्तो अभिवृद्धि रु. ८६६४ अर्बमा सीमित हुने देखिएको यसबाट नेपाली अर्थतन्त्रले २०७६/७७२०७७/७८ को अवधिमा करिब रु. ७०० अर्ब बराबरको कुल मूल्य अभिवृद्धि क्षति अर्थात क्युमुलेटिभ लस व्यहोर्नुपर्ने अनुमान गर्न सकिन्छ जुन दुई वर्षको कुल सम्भावित आय (पोटेन्सियल जिडिपि) को करिब . प्रतिशत हुन आउँदछ प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनका हिसाबमा यो करिब रु.२३ हजार जति हुन आँउछ आगामी दिनमा अर्थतन्त्रको शीघ्र पुनरुत्थान हुन नसकेमा यस्तो क्षतिमा थप वृद्धि हुदैजाने देखिन्छ   


वृहत् क्षेत्रगत हिसावमा हेर्दा कुल आयमा भएको क्षति मध्ये स्वभावतः सेवा क्षेत्रले सबैभन्दा घेरै गुमाउनु परेको कुल आय क्षतिको करिब ५८ प्रतिशत सेवा क्षेत्रमा, १८ प्रतिशत उद्योग क्षेत्रमा, प्रतिशत कृषि क्षेत्रमा तथा वाँकी १८ प्रतिशत क्षति वस्तु तथा सेवाबाट संकलन हुने खुद अप्रत्यक्ष करमा भएको देखिन्छ यस बमोजिम यी दुई वर्षहरुमा कृषि क्षेत्रले करिब रु. ४० अर्ब आय गुमाउने अवस्था सिर्जना भएको भने उद्योग क्षेत्र तथा सेवा क्षेत्रले क्रमशः रु. १२८ अर्ब रु. ४०३ अर्ब गुमाउनु पर्ने अवस्था रहेको साथै यो संकटबाट दुई वर्षमा नेपाल सरकारको सम्भावित खुद अप्रत्यक्ष करमा समेत करिब रु. १३० अर्बको कमी हुन सक्ने देखिन्छ

यस संकटबाट सबैभन्दा बढी क्षति होटेल तथा रेष्टुरेन्ट क्षेत्र, यातायात क्षेत्र, निर्माण, औद्योगिक उत्पादन तथा व्यापार क्षेत्रमा भएको होटेल तथा रेष्टुरेन्ट क्षेत्रले यी दुई वर्षमा आफ्नो कुल सम्भावित आयको कम्तीमा पनि २६ प्रतिशत गुमाउने देखिएको भने व्यापार क्षेत्रले कम्तीमा १४ प्रतिशत, यातायात क्षेत्रले कम्तीमा १३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रले कम्तीमा १२ प्रतिशत तथा निर्माण क्षेत्रले कम्तीमा ११ प्रतिशत आय गुमाउने अवस्था रहेको देखिन्छ कृषि क्षेत्र, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, रियल स्टेट आदिमा भने यस्तो आय क्षति आफ्नो सम्भावित आयको प्रतिशत भन्दा कम रहने अनुमान गर्न सकिन्छ

कोभिड संकटबाट मुलुकका सबैजसो आर्थिक गतिविधिहरु प्रभावित भएका छन् त्यसमा पनि केही आर्थिक गतिविधिहरु जस्तै पर्यटन क्षेत्रमा गहिरो प्रभाव परेको भने पर्यटन क्षेत्रसँग सम्वन्धित क्षेत्रमा समेत लामो समय यसको प्रभाव रहने देखिन्छ यसरी आर्थिक गतिविधिहरु प्रभावित भइरहँदा मुलुकले उल्लेख्य रुपमा रोजगारीका अवसर तथा आय गुमाउनु परेको जसको प्रत्यक्ष असर मुलुकले लिएका मध्यमकालीन विकास लक्ष्यहरुमा पर्ने देखिएको
यस सन्दर्भमा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न समेत थप चुनौतिपूर्ण भएको तसर्थ, परिवर्तित परिस्थितिमा जनताको जिवनस्तर उकास्नका लागि मुलुकले लिएका विभिन्न आर्थिक विकासका लक्ष्यहरु प्राप्तीका लागि आर्थिक स्रोतसाधनहरुको परिचालनमा अभिवृद्धि गर्नुपर्ने तथा साधनहरुको प्राथमिकीकरणमा समेत समयानुकुल परिवर्तन गर्नुपर्ने खाँचो नेपाल सरकारको आगामी बजेट मार्फत् कोभिड संकटबाट बढी प्रभावित क्षेत्रहरुको पुनरुत्थानका लागि विशेष योजना तथा कार्यक्रम ल्याउने, अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो हिस्सामा रहेको जनशक्तिलाई पुनः श्रम बजारमा एकिकरण गर्ने तथा जोखिम–उन्मूख घरपरिवारहरुका लागि थप राहतका कार्यक्रमहरु अगाडि ल्याउन सकिएमा अर्थतन्त्रको पुनरुत्थानमा टेवा पुग्ने देखिन्छ


  

No comments: