आर्थिक वर्ष २०७८/७९ मा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।
कुल विद्युतको जडित क्षमता वृद्घि भई २१८९.६ मेगावाट पुगेको छ ।
पर्यटक आगमन संख्या ३,७०,९०६ रहेको छ ।
औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।
कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको छ ।
कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ ।
कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु.१७२० अर्ब ४२ करोड पुगेको छ ।
सेवा खाता रु.१०८ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.७२ अर्ब ८५ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ ।
चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।
शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।
बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ ।
संघीय सरकारको कुल खर्च रु.११९६ अर्ब ६७ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा रु.१२९६ अर्ब २४ करोड रहेको छ ।
राजस्व संकलन रु.१०६७ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.९३५ अर्ब ८९ करोड रहेको थियो ।
२०७९ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु.१०२७ अर्ब ३० करोड र आन्तरिक ऋण रु.९८४ अर्ब २८ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु.२०११ अर्ब ५८ करोड पुगेको छ ।
निजी क्षेत्रतर्फको कर्जा लगानी १३.३ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ ।२०७९ असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.४१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्ता दरहरु क्रमशः ४.६५ प्रतिशत र ८.४३ प्रतिशत रहेका थिए ।
२०७८ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकाङ्क २०७९ असार मसान्तमा २००९.५ कायम भएको छ ।
२०७९ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८६९ अर्ब ३४ करोड कायम भएको छ । २०७८ असार मसान्तमा बजार पुँजीकरण रु.४०१० अर्ब ९६ करोड रहेको थियो ।
स्रोतः नेपाल राष्ट्र बैंक
No comments:
Post a Comment