बिगत
केही दिनयता नेपालका अर्थबिज्ञ हरुबीच एउटा बिबाद चलिरहेको छ:हालका
अर्थमन्त्रीले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आफूखुसी ब्याख्या गरेर तथ्यांक लाइ मिथ्यांक बनाउदैछन भन्ने बारेमा । यसको पक्ष र विपक्षमा आआफ्नै तर्क होलान तर यो ब्लगरको उदेश्य न त सरकार र अर्थमन्त्रीको बचावट गर्नु हो न त विज्ञहरुको आलोचना नै । यो उक्त मुद्दाको स्वतन्त्र तथा प्राबिधिक चर्चा हो र यसको उदेश्य अन्य देशमा रहेको प्रचलन तथा नेपालको तथ्यांक प्रणाली बीचको फरक बिस्लेषण गर्ने तथा हाम्रो तथ्यांक प्रणालीमा गर्न सकिने सुधार तर्फ़ इंगित गर्ने हो।
अर्थतन्त्रको वास्तविक क्षेत्रलाइ बिगत दुइ तिन वर्ष यता नियालेका कारण म यो मुद्दा प्रति पहिल्यै देखि नै परिचित थिय र लामो समयदेखी यिनै जिज्ञासाहरुको समाधान खोज्दै थिय । तर अपसोच को कुरा के हो भने कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ कुन मुल्यमा उल्लेख गर्दा राम्रो भन्ने कुराको तर्कपूर्ण जवाफ न त नेपालका अर्थविद संग छ न त ती बिदेशी मुलुक तथा संस्थाहरु संग नै छ । यस बिसयमा मैले बिश्व बैंक, आई एम एफ तथा ADB का सम्बद्द अधिकारीहरु संग एकपटक कुरा उठाएको पनि थिय : तिमीहरु हामीहरुको भन्दा फरक वृद्धि दर किन प्रकासन गर्छौ भनेर, तर हालसम्म मैले कसैबाट चित्त बुझ्दो जवाफ पाउन सकेको छैन ।
हालको विवाद कति जायज छ ?
कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्यका आधारमा
ब्याख्या गर्ने कि उत्पादकको मुल्यका आधारमा ब्याख्या गर्ने भन्ने सन्दर्भमा कुनै ठोस तथा बिशेष कारण भने छैन । अर्थतन्त्रका विभिन्न उद्योग तथा क्षेत्रहरुको क्षेत्रगत प्रगति लाई यथार्थपरक रुपमा प्रस्तुत गर्न सकियोस भन्ने हिसाबमा केही देशहरुले आधारभूत मुल्यमा व्यक्त वृद्धिदरमा जोड दिन्छन भने बाँकी देशहरुले समग्र उत्पादन/खर्च/आय लाई ध्यानमा राखी बजार मुल्यमा ब्यक्त वृद्धिदरलाइ जोड दिन्छन। नेपालले हाल सम्म कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत
मुल्यका आधारमा ब्याख्या गरिरहेको छ भने बिश्व बैंक, आई एम एफ तथा ADB
लगायत संस्था तथा विश्वका धेरैजस्ता मुलुकहरुले उपभोक्ता मूल्य /उत्पादक मुल्यका
आधारमा ब्याख्या गरिरहेका छन (तल उदाहरण हेर्नुहोस) । हाल नेपाल सरकारले बिना कुनै प्रस्तोक्ति कुल गार्हस्थ्य उत्पादनको बजार मुल्यमा ब्यक्त वृद्धिदरलाइ जोड दिदा बिबाद उत्पन्न हुनु केहि हद सम्म स्वाभाविक नै हो। यस पछाडीको उदेश्य जे सुकै भय पनि यस्तो गर्न उपयुक्त हो कि हैन भन्ने मुख्य चासोको बिसय हो।
अर्थतन्त्रको वास्तविक क्षेत्रलाइ बिगत दुइ तिन वर्ष यता नियालेका कारण म यो मुद्दा प्रति पहिल्यै देखि नै परिचित थिय र लामो समयदेखी यिनै जिज्ञासाहरुको समाधान खोज्दै थिय । तर अपसोच को कुरा के हो भने कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ कुन मुल्यमा उल्लेख गर्दा राम्रो भन्ने कुराको तर्कपूर्ण जवाफ न त नेपालका अर्थविद संग छ न त ती बिदेशी मुलुक तथा संस्थाहरु संग नै छ । यस बिसयमा मैले बिश्व बैंक, आई एम एफ तथा ADB का सम्बद्द अधिकारीहरु संग एकपटक कुरा उठाएको पनि थिय : तिमीहरु हामीहरुको भन्दा फरक वृद्धि दर किन प्रकासन गर्छौ भनेर, तर हालसम्म मैले कसैबाट चित्त बुझ्दो जवाफ पाउन सकेको छैन ।
हालको विवाद कति जायज छ ?
कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्यका आधारमा
ब्याख्या गर्ने कि उत्पादकको मुल्यका आधारमा ब्याख्या गर्ने भन्ने सन्दर्भमा कुनै ठोस तथा बिशेष कारण भने छैन । अर्थतन्त्रका विभिन्न उद्योग तथा क्षेत्रहरुको क्षेत्रगत प्रगति लाई यथार्थपरक रुपमा प्रस्तुत गर्न सकियोस भन्ने हिसाबमा केही देशहरुले आधारभूत मुल्यमा व्यक्त वृद्धिदरमा जोड दिन्छन भने बाँकी देशहरुले समग्र उत्पादन/खर्च/आय लाई ध्यानमा राखी बजार मुल्यमा ब्यक्त वृद्धिदरलाइ जोड दिन्छन। नेपालले हाल सम्म कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत
मुल्यका आधारमा ब्याख्या गरिरहेको छ भने बिश्व बैंक, आई एम एफ तथा ADB
लगायत संस्था तथा विश्वका धेरैजस्ता मुलुकहरुले उपभोक्ता मूल्य /उत्पादक मुल्यका
आधारमा ब्याख्या गरिरहेका छन (तल उदाहरण हेर्नुहोस) । हाल नेपाल सरकारले बिना कुनै प्रस्तोक्ति कुल गार्हस्थ्य उत्पादनको बजार मुल्यमा ब्यक्त वृद्धिदरलाइ जोड दिदा बिबाद उत्पन्न हुनु केहि हद सम्म स्वाभाविक नै हो। यस पछाडीको उदेश्य जे सुकै भय पनि यस्तो गर्न उपयुक्त हो कि हैन भन्ने मुख्य चासोको बिसय हो। आधारभुत मुल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन तथा उत्पादक/उपभोक्ता मुल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन बीचको फरक के हो ?
अर्थतन्त्रमा निश्चित समयभित्र उत्पादन भएका अन्तिम बस्तु तथा सेवाको कुल बजार
मूल्यलाइ कुल गार्हस्थ्य उत्पादन भानिन्छ। यस्तो उत्पादन लाई मूल्य(value)
मा परिवर्तन गर्दा मुख्यतया तीन प्रकारका मुल्यहरु प्रयोग गरिन्छन: आधारभूत मूल्य (basic prices), उत्पादक मूल्य (producers prices) तथा उपभोक्ता मूल्य (purchasers prices).
१. आधारभूत मूल्य (basic prices) :
आधारभूत मूल्य भन्नाले उत्पादकले कुनै बस्तु बिक्रि गर्दा प्राप्त गर्ने
मूल्य हो। यसमा बस्तुमा लाग्ने कर समाबेश गरिएको हुदैन भने बस्तु
उत्पादनमा दिएको अनुदान भने समाबेश हुन्छ किनकि अनुदान उत्पादकले प्राप्त
गर्दछ तर कर प्राप्त गर्दैन । तसर्थ आधारभूत मूल्यले बस्तु बिक्रि मार्फत
उत्पादकले कति प्राप्त गर्दछ भन्ने देखाउदछ।
२. उत्पादक मूल्य (producers prices) :
उत्पादक मूल्य बस्तुको बजार मूल्यको नजिक हुन्छ किनकी यसमा बस्तुमा
लाग्ने कर जोडिएको हुन्छ भने अनुदान घटाइएको हुन्छ। तसर्थ :
उत्पादक मूल्य =आधारभूत मूल्य+अप्रतक्ष्य कर -अनुदान
३. उपभोक्ता मूल्य (consumers prices) :
आम जनमानसले बुझ्ने मूल्य भनकै उपभोक्ता मूल्य हो। यसमा थोक तथा खुद्र
ब्यापारीको नाफाका साथसाथै उपभोक्ताले तिर्नुपर्ने थप शुल्कहरु (जस्तै
डेलिभेरी सुल्क) समाबेश गरिएको हुन्छ।
उपभोक्ता मूल्य = उत्पादक मूल्य +ब्यापार तथा ढुवानी मार्जिन
यी तीन प्रकारका मुल्यहरु बीचको फरकका लागि तलको उदाहरण हेरौ :
उदाहरण १ : आलु उत्पादन
उत्पादन लागत : १००/केजी , अनुदान =१० /केजी , कर :० , ट्रान्सपोर्ट शुल्क : ०
उत्पादक मूल्य = १००-१० +० =९० = उपभोक्ता मूल्य
उदाहरण २ : चुरोट उत्पादन
उत्पादन लागत : १००/पिस , अनुदान =० /पिस , कर : २५ पिस , ट्रान्सपोर्ट शुल्क : २
उत्पादक मूल्य = १००-० +२५ =१२५
उपभोक्ता मूल्य =१२५+२ =१२७
यी उदाहरणहरुले के देखाउछन भने बजार मूल्यको सबैभन्दा राम्रो अनुमान/मापन उपभोक्ता मूल्य हो।
अब नेपालको कुल गार्हस्थ्य उत्पादनको उदाहरण लिऔ :
GVA by
Industrial Division in million NRs (at constant 2000/01 prices)
|
|||
Industrial Classification
|
2074/75R
|
2075/76P
|
Growth
|
Gross Domestic
Product (GDP) at basic prices
|
796784
|
851069
|
6.8
|
Taxes less subsidies
on products
|
90671
|
98964
|
9.1
|
Gross Domestic
Product (GDP)
|
887,455
|
950,033
|
7.1
|
कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर सम्बन्धमा अन्तरास्ट्रिय अभ्यासहरु कस्ता छन् ?
बिश्व बैंक, IMF, ADB जस्ता अन्तरास्ट्रिय संस्थाहरु तथा विभिन्न मुलुकहरुले उत्पादक मूल्य /उपभोक्ता मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन वृद्धिदर रिपोर्ट गर्ने गरेका छन्। तलका उदाहरण हेरौ।१. भुटान
२. भारत :
भारतको आर्थिक सबेक्षण बाट लिइएको अनुच्छेद तथा तथ्यांक हेर्नुस।
प्रतिवेदन पढ्न यो लिंक मा क्लिक गर्नुहोस https://www.indiabudget.gov.in/budget2017-2018/es2016-17/echap08.pdf
३. बिश्व बैंक :
विश्व बैंक को नेपाल सम्बन्धी रिपोर्टको सारांस हेर्नुस :
प्रतिवेदन पढ्न यो लिंक मा क्लिक गर्नुहोस https://openknowledge.worldbank.org/bitstream/handle/10986/30617/NepalDevUpdate-Nov2018.pdf?sequence=1&isAllowed=y
४. IMF
IMF को article IV Mission को सारांस हेर्नुस :
र उक्त रिपोर्ट को अनुसूचीमा रहेको तथ्यांक हेर्नुस।
प्रतिवेदन पढ्न यो लिंक मा क्लिक गर्नुहोस https://www.imf.org/en/Publications/CR/Issues/2019/02/15/Nepal-2018-Article-IV-Consultation-Press-Release-Staff-Report-and-Statement-by-the-Executive-46622
५. ADB
एसियाली विकास बैंक को नेपाल सम्बन्धि प्रतिबेदन को सारांस हेर्नुस।
६. अमेरिका
अमेरिकाले उपभोग बिधि का आधारमा GDP तथ्यांक अनुमान गर्ने भएकाले स्वत: उपभोक्ता मूल्य को प्रयोग गर्दछ। प्रतिवेदन पढ्न यो लिंक मा क्लिक गर्नुहोस https://www.bea.gov/system/files/2019-04/tech1q19_adv_0.pdf
तसर्थ यस सन्दर्भमा निम्न बिषयहरु विचारणीय छन् :
- अन्य देशसंग तुलना गर्ने सन्दर्भमा नेपालले ब्याख्या गर्ने वृद्धि दरको उपयोग गर्दा नेपालको अर्थतन्त्रको प्रगति underestimate भैरहेको छ। जस्तो : आ व २०७४/७५ मा हामीले ८.२ प्रतिशत वृद्धि नभनेर ७.७ प्रतिशत भनी राखेका छौ किनकि धेरैजसो देशहरुले उपभोक्ता मुल्यमा GDP ब्यक्त गर्ने गरेका छन् ।
- आधारभूत मुल्यमा ब्यक्त वृद्धिदर लाइ उपभोग बिधि मार्फत राष्ट्रिय आय गणना गर्ने देशको वृद्धि दर संग तुलना गर्न सकिदैन किनकि उपभोग स्वत उपभोक्ता मुल्यमा नापिन्छ।
- सरकारले अप्रतक्ष्य कर तथा अनुदानको तथ्यांक तोडमोड गरेर वृद्धि दर बढाउन सक्दछ तसर्थ उपभोक्ता मुल्यमा मापन गर्नुहुदैन भन्ने तर्क त्यति सजिलै पत्याउन सकिने खालको छैन किनकी करको तथ्यांक नेपाल राष्ट्र बैंक तथा महालेखाले राख्दछ र लगातार रुपमा प्रकाशन समेत गरिरेहेको हुन्छ । विगतको अनुभवले पनि के देखाउछ भने बिगत तीन चार बर्षयता आधारभूत मुल्यको GDP वृद्धि दर र उत्पादक /उपभोक्ता मुल्यको GDP वृद्धि दर बीचको फरक consistently 0.२७ देखी ०.४८ प्रतिशत बिचमा रहेको छ।
- उत्पादक/उपभोक्ता मुल्यले बजार मूल्यको बढी यथार्थपरक प्रतिनिधित्व गर्ने भएकाले यस्तो मूल्यमा कुल खर्च बृद्धिको यथार्थपरक चित्र देखिन्छ। कुल उत्पादन तथा कुल खर्च बराबर हुन्छन भन्ने identity लाइ यसले आत्मसाथ गर्दछ।
- IMF, WB तथा ADB जस्ता संस्थाहरुले बिकशित सबै देशसंग तुलना गर्न सहज होस् भन्नका लागि GDP वृद्धिदर लाइ उपभोक्ता मूल्यमा ब्यक्त गर्ने गरेका छन् किनकी बिकशित देशहरुले प्राय खर्च बिधि बाट राष्ट्रिय आय को मापन गर्दछन जसमा आधारभूत मूल्यमा GDP कति भन्ने पत्ता लगाउन न त सहज हुन्छ न त आवश्यक नै।
- यति भन्दै गर्दा आधारभूत मुल्यमा ब्यक्त वृद्धि दरका पनि आफ्नै फाइदाहरु छन् : यस्तो वृद्धि करको दर परिवर्तन बाट तथा सरकारले दिने अनुदान रकम बाट प्रभावित हुदैन र यसले क्षेत्रगत उत्पादन वृद्धि दरलाई राम्रोसंग चित्रित गर्न सक्दछ। तर यसको दुर्बल पक्ष्य क हो भने यसमा कर समाबेश हुदैन । कर पनि उत्पादन वा आय बाटै तिरिने भएकाले यसलाई बेवास्ता गर्दा अर्थतन्त्रको सहि आकार तथा बिस्तारको सहि चित्र प्राप्त नहुन सक्दछ। जस्तै सरकारले प्रसस्त अनुदान दिएको छ भने यसले मूल्य घटाएर अर्थतन्त्रको बिस्तारको दर नै कम देखाईदिन सक्दछ। तसर्थ अर्थतन्त्रमा उत्पादनका साधनहरुले प्राप्त गरेको आय तथा खर्चको सहि चित्र देखाउन बजार मुल्यमा व्यक्त वृद्धि दर उपयोगी साबित हुन सक्दछ ।
- तसर्थ निश्चित उदेश्य तथा सन्दर्भ हेरी दुइटा मध्ये जुनसुकै वृद्धि दरको ब्याख्यामा जोड दिन सकिन्छ। यदि हाम्रो बिस्लेषणको उदेश्य क्षेत्रगत वा उद्योगगत रुपमा अर्थतन्त्रको प्रगति बिस्लेषण गर्ने हो भने आधारभूत मुल्यमा ब्यक्त वृद्धि दर उपयुक्त हुन सक्दछ भने अर्थतन्त्रको कुल माग पक्षको बिस्लेषण गर्ने हो र अन्तरास्ट्रिय तुलना गर्ने हो भने बजार मूल्य मा ब्यक्त वृद्धि दर बढी उपयुक्त हुन सक्दछ। ...........................................................................................................................................................
यो पनि पढ्नुस।
आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. १ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ?
आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. २ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ?
आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. ४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
No comments:
Post a Comment