मैले आज सम्म करिब १०० भन्दा बढी जिज्ञासा यो बिसयमा प्राप्त गरेको छु। कति लाइ बुझाउन सकियो कतिलाई सकिएन, कतिलाई उत्तर दिन भ्याइएन। तसर्थ सबैको लागि यो बिसयमा मैले जानेको कुरा शेयर गर्दैछु। कुनै कमि कमजोरी भएमा औल्याई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु।
....................................................................................................................................................................
कुनै अर्थतन्त्रको सिमाना भित्र निश्चित अवधिमा हुने अन्तिम उत्पादन लाइ GDP भन्ने गरिन्छ। GDP गणना को प्रमुख उदेश्य भनेको अर्थतन्त्रले आफ्नो श्रोत साधनहरुको सदुपयोग गरी उत्पादन वृद्धि गर्न र रोजगारीका अवसरहरु सिर्जना गर्नमा गरिरहेको प्रगतिको मापन गर्नु हो ।
तर अर्थतन्त्रमा आम्दानी आन्तरिक उत्पादनबाट मात्र सिर्जना हुदैन। रेमिटान्स, बैदेशिक लगानी लगायतका श्रोत बाट समेत अर्थतन्त्रमा आय प्राप्त हुन्छ। यस्तो आय समाबेश गरेपछि प्राप्त हुने आंकडा लाइ Gross National Income (GNI) र Gross National Disposable Income (GNDI) भानिन्छ। उदाहरण को लागि नेपालको तथ्यांक हेरौ ।
तालिका १
GDP,
GNI, GNDI at current prices
|
|||
Rs. millions
|
|||
Description
|
2073/74
|
2074/75R
|
2075/76P
|
2016/17
|
2017/18
|
2018/19
|
|
Gross Domestic Product (GDP)
|
2,674,493
|
3,031,034
|
3,464,319
|
Factor income,
Net
|
30,995
|
22,615
|
42,412
|
Gross National Income (GNI)
|
2,705,488
|
3,053,649
|
3,506,731
|
Current transfers, Net
|
851,801
|
864,671
|
1,062,728
|
Gross National Disposable Income
(GNDI)
|
3,557,289
|
3,918,320
|
4,569,459
|
R = Revised/P = Preliminary
|
|||
Source : CBS, Nepal
|
रेमिटान्स लाइ भुक्तान सन्तुलन (BOP) खातामा ट्रान्सफर आयमा समाबेश गरिन्छ। यसको अर्थ क हो भने यो न त GDP मा प्रतक्ष्य रुपमा समाबेश हुन्छ नत GNI मा नै। तसर्थ विप्रेषण लाइ GDP ले भाग गर्दा आउने अंकले GDP मा रेमिटान्सको हिस्सा वा योगदान देखाउने हैन। उक्त अनुपात लाइ त्यसरी ब्याख्या गर्नु भ्रामक हुन जान्छ।
तसर्थ आ व २०७५/७६ मा GDP मा रेमिटान्स को योगदान २६ प्रतिशत भन्नु तथ्यांकको अपब्याख्या हो।
२६ प्रतिशतले के देखाऊछ त ?
विप्रेषण/GDP अनुपातले आन्तरिक उत्पादनको तुलनामा रेमिटान्सबाट प्राप्त हुने आयको तुलनात्मक आकार देखाउने हो। जस्तो मानौ कि कुनै परिवारले खेति तथा पशुपालन बाट १०००० आय प्राप्त गर्दछ। उक्त परिवारको एकजना सदस्य हरि रोजगारीको सिलसिलामा घर बाहिर छ र उसले ५००० आय प्राप्त गरि पठाउने काम गर्दछ। अब विप्रेषण/आन्तरिक उत्पादन अनुपात ५०००/१०००० =५० प्रतिशत लाइ हरिले उक्त परिवारको खेति तथा पशुपालन बाट प्राप्त हुने आयमा ५० प्रतिशत योगदान दिन्छ भन्नु हास्यास्पद हुन्छ। यसको सहि अर्थ त के हो भने हरिले प्राप्त गर्ने आय उक्त परिवारले खेति तथा पशुपालनबाट प्राप्त गर्ने आयको ५० प्रतिशत बराबर छ। अर्थात् हरिको आय र उसको परिवारले खेति तथा पशुपालन प्राप्त गर्ने आयको अनुपात १: २ छ।
अब नेपालको तथ्यांक तर्फ़ लागौ । आ व २०७५/७६ मा करिब ९ खर्ब रेमिटान्स प्राप्त हुने अनुमान छ भने GDP ३४ खर्ब पुग्ने अनुमान छ जस अनुसार नेपालको विप्रेषण/GDP अनुपात २५. ९ प्रतिशत रहने अनुमान छ। यसको अर्थ ३४ खर्ब मध्ये ९ खर्ब रेमिटान्स बाट प्राप्त भयो भन्ने होइन । धेरैले यसलाई नेपालको अर्थतन्त्रमा रेमिटान्स को योगदान २६ प्रतिशत भनेर ब्याख्या गर्ने गर्छन जुन मेरो बिचारमा सरासर गलत हो। बरु यसलाई कसरि बुझ्न उपयुक्त हुन्छ भने नेपालमा आन्तरिक उत्पादनको एक चौथाई बराबरले हुन आउने रकम रेमिटान्सको रुपमा प्राप्त हुन्छ।
विप्रेषणले GDP मा योगदान नै नगर्ने हो त ?
पक्कै पनि होइन। विप्रेषणले अर्थतन्त्रको समग्र माग बढाउन सहयोग गर्न सक्दछ। तर यदि यो रकम आयातलाई प्रोत्साहित गर्नमा खर्च भयो भने यसले समग्र माग घटाउन पनि सक्दछ। अर्थतन्त्रमा यसको योगदान कति भनेर अंकमा ब्यक्त गर्न गाहो हुन्छ। मेरो जानकारीमा भय सम्म हालसम्म नेपालमा यस्तो कुनै अध्ययन भएको छैन।
तालिका २
Summary of Balance of Payments (million Rs.)
Particulars
|
2015/16
|
2016/17
|
2017/18P
|
|||||
A. Current Account
|
140418.5
|
-10130.6
|
-245216.7
|
|||||
Goods: Exports f.o.b.
|
74866.1
|
82127.5
|
93305.2
|
|||||
Goods: Imports f.o.b.
|
-756487.9
|
-977945.8
|
-1227874.0
|
|||||
Balance on Goods
|
-681621.8
|
-895818.3
|
-1134568.9
|
|||||
Services: Net
|
9849.2
|
2891.3
|
2066.3
|
|||||
Services: credit
|
138472.4
|
158264.9
|
177473.0
|
|||||
Services: debit
|
-128623.2
|
-155373.6
|
-175406.7
|
|||||
Balance on Goods and Services
|
-671772.6
|
-892926.9
|
-1132502.6
|
|||||
Income: Net
|
34004.3
|
30995.1
|
22614.9
|
|||||
Income: credit
|
43085.3
|
51958.8
|
69142.8
|
|||||
Income: debit
|
-9080.9
|
-20963.8
|
-46527.9
|
|||||
Balance on Goods, Services and
Income
|
-637768.3
|
-861931.9
|
-1109887.6
|
|||||
Transfers: Net
|
778186.8
|
851801.3
|
864670.9
|
|||||
Current transfers:
credit
|
781989.6
|
855708.8
|
870475.7
|
|||||
Grants
|
70411.6
|
114663.9
|
61262.4
|
|||||
Workers' remittances
|
665064.3
|
695452.4
|
755058.6
|
|||||
Pensions
|
46513.6
|
45592.6
|
54154.7
|
|||||
Other (Indian Excise
Refund)
|
0.0
|
0.0
|
0.0
|
|||||
Current transfers:
debit
|
-3802.8
|
-3907.6
|
-5804.8
|
|||||
B
|
Capital Account (Capital Transfer)
|
16987.3
|
13362.7
|
17721.8
|
||||
Total, Groups A plus B
|
157405.8
|
3232.1
|
-227494.9
|
|||||
C
|
Financial Account (Excluding Group
E)
|
29638.4
|
26639.5
|
102842.1
|
||||
Total, Group A through C
|
187044.3
|
29871.6
|
-124652.7
|
|||||
D.
|
Miscellaneous Items, Net
|
16850.4
|
33422.5
|
112273.0
|
||||
Total, Group A through D
|
203894.6
|
63294.1
|
-12379.7
|
|||||
E. Reserves and Related Items
|
-203894.6
|
-63294.1
|
12379.7
|
|||||
Changes in reserve net (-
increase)*
|
-188912.3
|
-82106.1
|
-960.2
|
|||||
Source : Nepal Rastra Bank
|
4 comments:
Agree sir!
I agree with you. So I needed your economics soft copy
I agree with you. So I needed your economics soft copy
Remittance is called as Dutch disease of the economy. Justify?
Sir yo question ko solution garidinu na ........
Post a Comment