२०७६ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भई रु.७४अर्ब ९१ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.६प्रतिशतले वृद्धि भएको थियो ।
कुल वस्तु आयात २.६ प्रतिशतले घटेर रु.९२४अर्ब २४करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.८प्रतिशतले बढेको थियो
कुल वस्तु व्यापार घाटा ४.३ प्रतिशतले संकुचन भई रु.८४९अर्ब ३३ करोड कायम भएकोछ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २४.४प्रतिशतले वृद्धि भएको थियो ।
खुद सेवा आय रु.५ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.११ अर्ब १ करोडले घाटामा रहेको थियो ।
विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५९२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ ।
चालु खाता घाटा रु.१२४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९१ अर्ब ४९ करोड रहेको थियो ।
शोधनान्तर स्थिति रु.३७ अर्ब८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो ।
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बृद्धि भई २०७६ फागुन मसान्तमा रु.११३६ अर्ब ५१ करोड बराबर पुगेको छ ।
बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कुल आन्तरिक कर्जा ४.८प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १३प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा यस्तो कर्जा १२.६प्रतिशतले बढेको छ ।
बैंक तथावित्तीय संस्थामा रहेको निक्षेप ८प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ९.७प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.१प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाबाटनिजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.८प्रतिशतले बढेको छ ।
०७६ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८०प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६२ प्रतिशत र १२.३३प्रतिशत रहेका थिए ।
No comments:
Post a Comment