नेपाल तथा श्रीलंकाको आर्थिक अवस्थाको तुलना
आर्थिक वृद्धिदर
- कोभिडका कारण सन् २०१९/२०मा नेपालको अर्थतन्त्रको आर्थिक वृद्धिदर २ प्रतिशतले ऋणात्मक हुन पुग्यो भने श्रीलंकाको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । तत्पश्चात दुबै मुलुकको अर्थतन्त्र सुधारोन्मूख भएतापनि २०२०/२१ को तेस्रो तथा चौथौ त्रयमासमानै श्रीलंकाको आर्थिक वृद्धिदर नराम्ररी प्रभावित भइसकेको थियो । नेपालमा आधिकारिक रुपमा वृद्धिदरको तथ्यांक आइनसकेको चएतापनि विभिन्न सूचकहरुका आधारमा आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा माथि रहने अनुमान सहजै लगाउन सकिन्छ । श्रीलंकामा जनवरी २०२२ मा वार्षिक विन्दुगत आधारमा औद्योगिक उत्पादन सूचकांक ७.१ प्रतिशतले घटेको छ । सन् २०२१ को तेस्रो त्रयमासमा श्रीलंकाको आर्थिक वृद्धिदर १.५ प्रतिशतले ऋणात्मक रहेको तथा चौथौं त्रयमासमा आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र हुनुले नेपालको भन्दा श्रीलंकाको वृद्धिदर विगत कमजोर रहेको प्रस्ट हुन्छ ।
मुद्रास्फीति
- श्रीलंकाको मुद्रास्फीति एक वर्ष अगाडि नेपालकै हाराहारीमा रहेकोमा २०२१ सेप्टेम्बरदेखि भने तीब्र गतिमा वृद्धि भएर गएको छ । २०२२ मार्चमा श्रीलंकाको मुद्रास्फीति १८.७ प्रतिशत पुगेको छ । खाद्य पदार्थको मुद्रास्फीति ३०.२ प्रतिशत तथा गैह खाद्य पदार्थको मुद्रास्फीति १३.४ प्रतिशत पुगेको छ । यसको पछाडि सरकारले गरेको मुद्रा अवमूल्यन तथा कृषि उत्पादनमा आएको कमी मूख्य कारकको रुपमा रहेका छन् । जबकि नेपालको मुद्रास्फीति २०२२ फेबु्रअरीमा ५.९७ प्रतिशत मात्र रहेको छ । यसरी हेर्दा नेपालमा श्रीलंकाको जस्तो मूल्य वृद्धि तत्काल हुने सम्भावना छैन् ।
बाह्य क्षेत्र
- श्रीलंकाको वस्तु व्यापार नेपालको जस्तो घाटाको अवस्थामा छैन । त्यहाँको व्यापार घाटामा नेपालको जस्तो ठूलो खाडल छैन् । कुल वस्तु व्यापार घाटा जिडिपि अनुपात १० प्रतिशत भन्दा कम तथा निर्यात आयात अनुपात ६१ प्रतिशत रहेको छ । जबकि नेपालमा व्यापार घाटा जिडिपि अनुपात करिब ३३ प्रतिशत रहेको छ भने निर्यात आयात अनुपात जम्मा ९–१० प्रतिशतको हाराहारीमा रहेको छ ।
- श्रीलंकाले गर्ने निर्यातमा करिब २२ प्रतिशत कृषिजन्य वस्तुहरु रहेका छन् , करिब ७८ प्रतिशत औद्योगिक वस्तु छन् भने वाँकि अन्य वस्तु रहेका छ् । कुल निर्यातमा चियाको योगदान करिब ११ प्रतिशत रहेको छ । अर्कोतिर नेपालको जस्तै श्रीलंकाको कुल आयातमा इन्धन, मेशिनरी तथा निर्माण सामग्रीले महत्वपूर्ण हिस्सा आगटेको छ । सन् २०२१ मा कुल आयातमा इन्धनको हिस्सा १८ प्रतिशत कपडाको हिस्सा करिब १५ प्रतिशत र मेशिनरी तथा उपकरणको हिस्सा १३.६ प्रतिशत रहेको थियो भने नेपालमा आर्थिक वर्ष २०२०÷२१ मा पेटोलियम पदार्थको हिस्सा ११.४ प्रतिशत, यातायातका साधन तथा स्पेयर पार्टसको हिस्सा ८ प्रतिशत र अन्य मेशिनरी तथा पार्टस को हिस्सा ५.२ प्रतिशत रहेको थियो । तथापि कुल आयातमा उपभोग्य वस्तुहरुको हिस्सा भने श्रीलंकामा करिब १९ प्रतिशत मात्र रहेकोमा नेपालमा भने करिब ३५ प्रतिशत रहेको छ । दुबै मुलुकहरुले इन्धनमा हुने आयात खर्चमा खासै कटौति गर्न सकेका छैनन् ।
तालिका : श्रीलंकाको बाह्य क्षेत्रको अवस्था
|
2017 |
2018 |
2019 |
2020 |
2021 |
Exports (Biln Rs) |
1732 |
1934 |
2135 |
1859 |
2488 |
Imports (Biln Rs) |
3199 |
3607 |
3565 |
2975 |
4104 |
Trade Balance (Biln Rs) |
-1466 |
-1673 |
-1430 |
-1116 |
-1617 |
Exports/Imports |
0.54 |
0.54 |
0.60 |
0.62 |
0.61 |
Exports Growth |
|
11.61 |
10.41 |
-12.92 |
33.82 |
Imports Growth |
|
12.76 |
-1.15 |
-16.55 |
37.96 |
सार्वजनिक वित्त
- सार्वजनिक ऋण अनुपातको कुरा गर्दा नेपाल तथा श्रीलंकामा सार्वजनिक ऋण बढ्दै गइरहेको छ । नेपालको भन्दा श्रीलंकाको वैदेशिक ऋण जिडिपि अनुपात करिब ४० प्रतिशत विन्दुले बढी छ । श्रीलंकामा कुल वैदेशिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६० प्रतिशत रहेको छ । नेपालमा भने त्यस्तो अनुपात करिब २२ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।
- नोभेम्वर २०२१ का अनुसार कुल सार्वननिक ऋण श्रीलंकन रुपि १७००० अर्ब रहेको छ जसमध्ये वैदेशिक ऋण करिब श्रीलंकन रुपि ६५०० अर्ब रहेको छ । कुल वैदेशिक ऋणमध्ये करिब रु. ३००० अर्ब सहुलियतपूर्ण ऋण तथा बाँकी अन्य ऋण छ । सहुलियतपूर्ण ऋण मध्ये करिब रु. १५०० अर्ब बहुपक्षीय ऋण छ जसमध्ये विश्व बैंकको करिब रु.५०० अर्ब तथा एशियाली विकास बैंकको रु. ९०० अर्ब रहेको छ । सहुलियतपूर्ण ऋण मध्ये जापान सरकारको करिब रु. ५९४ अर्ब ऋण रहेको छ ।
- यसरी हेर्दा श्रीलंकाको करिब करिब आधा वैदेशिक ऋण बजारबाट लिइएको छ भने दोस्रो ठूलो स्रोतको रुपमा एशियाली विकास बैंकबाट लिइएको ऋण कुल वैदेशिक ऋणको करिब १३ प्रतिशत, चीनबाट लिइएको ऋण कुल वैदेशिक ऋणको करिब १० प्रतिशत, जापानबाट लिइएको ऋण करिब १० प्रतिशत र बाँकी अन्य स्रोतबाट रहेको छ ।
- नेपालको हकमा भने करिब ८७ प्रतिशत बहुपक्षीय ऋण रहेको छ भने वाँकी द्धिपक्षीय रहेको छ । तीर्न बाँकी ऋणको करिब ४७ प्रतिशत हिस्सा विश्व बैंकको रहेको छ भने एशियाली विकास बैंकको करिब ३३ प्रतिशत, जापान सरकारको करिब ५ प्रतिशत, अन्तर्राष्टिय मुद्राकोषको करिब ३ प्रतिशत तथा चीन सरकारको करिब ३ प्रतिशत हिस्सा रहेको छ ।
अन्य
- श्रीलंकन रुपि अमेरिकन डलरसँग ३३ प्रतिशतले अवमूल्यन भएको छ ।
- २०२२ फेबुअरीमा विदेशी विनिमय सञ्चिति २.३ विलियन डलर रहेको छ ।
- पेट्रोलियम पदार्थको मूल्य जनवरी २०२२ मा वार्षिक विन्दुगत आधारमा ४५.९ प्रतिशतले बढेको छ ।
- अमेरिकन डलरसँगको विनिमय दर एक वर्ष अघिको करिब २०० बाट अप्रिल १ मा श्रीलंकन रुपि २९० पुगेको छ ।
https://www.cbsl.gov.lk/sites/default/files/cbslweb_documents/statistics/wei/WEI_20220401_e.pdf
https://www.cbsl.gov.lk/sites/default/files/cbslweb_documents/statistics/mei/MEI_202202_e_0.pdf
https://www.cbsl.gov.lk/en/statistics/statistical-tables/external-sector
No comments:
Post a Comment