अर्थ मन्त्रालय ले हालै सार्वजनिक संस्थानको पछिल्लो स्थिति (आव २०७४/७५ को )सार्वजनिक गरेको छ। उक्त प्रतिबेदन का अनुसार सार्वजनिक संस्थानको स्थिति यस्तो रहेको छ।
पुरा रिपोर्ट पढ्न तलको लिंकमा क्लिक गर्नुस।
सार्वजनिक संस्थानको स्थिति समीक्षा २०७६
- सार्वजनिक संस्थानको संख्या : ३९
- संचालनमा रहेका संस्थान संख्या : ३७
- सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी : ९२. ५ प्रतिशत
- स्वामित्व संरचना : सरकारको पूर्ण स्वामित्व : १८ वटा , अधिकांश स्वामित्व : १७ , ५० प्रतिशत भन्दा कम स्वामित्व : ४ वटा
- कुल राजस्वमा योगदान : रु ९४ अर्ब (कुल राजस्वको १२. ८ प्रतिशत )
- स्टक मार्केट मा सुचिकृत संस्थान संख्या : ६ वटा
- बिनिवेस गरिएका संस्थान : ३० वटा (१२ खारेजी , १८ निजीकरण )
- कर्मचारी संख्या : विगत केहि वर्ष यता घट्दै गएको छ। आव २०७४/७५ को अन्तमा २८२३४ रहेको।
- संचालन आय : आव २०७४/७५ मा संचालन आय २१. ३५ प्रतिशतले वृद्धि भइ ३९० अर्ब पुगेको छ।
- प्रसासनिक खर्च : आव २०७४/७५ मा यस्तो खर्च 8. २ प्रतिशतले घटेर २२२ अर्ब पुगेको छ।
- नाफा कमाउने संस्थानको संख्या : २६ वटा
- संचित नाफा कमाउने संस्थान संख्या : १९ वटा
- नाफा तथा संचित नाफा :आव २०७४/७५ मा संस्थानको नाफा ४.९ प्रतिशतले घटेर ४३ अर्ब पुगेको छ भने संचित नाफा ५२.४ प्रतिशतले बढेर ४२.३ अर्ब पुगेको छ ।
- नेपाल सरकारको लगानी : आव २०७४/७५ मा यस्तो लगानी १६. ९ प्रतिशत ले वृद्धि भएर ३६५ अर्ब पुगेको (शेयर : ५४. ९३ प्रतिशत, ऋण लगानी : ४५. प्रतिशत )
- प्रतिफल : आव २०७४/७५ मा संस्थानले प्रदान गरेको लाभांस २७. २ प्रतिशतले वृद्धि भएर ९. ९ अर्ब पुगेको छ तर लगानी रकम धेरै भएकाले लाभांस अनुपात भने ५ प्रतिशत हाराहारी मा रहेको छ।
- नेट वर्थ : संस्थानको नेटवर्थ मा वृद्धि भएर आव २०७४/७५ मा ५०९ अर्ब पुगेको छ।
- नियमित लेखापरीक्षण गर्ने संस्थान संख्या : २४ वटा
- कोषमा व्यवस्था नगरिएको दायित्व : आव २०७४/७५ मा कोषमा व्यवस्था नगरिएको दायित्व मा ०.७ प्रतिशतले वृद्धि भइ ३८. ८ अर्ब पुगेको छ।
- सबैभन्दा बढी नाफा कमाउने संस्थान : नेपाल दुरसंचार कम्पनि लि (१७ अर्ब )
पुरा रिपोर्ट पढ्न तलको लिंकमा क्लिक गर्नुस।
सार्वजनिक संस्थानको स्थिति समीक्षा २०७६
1 comment:
please sir, post about public enterprises latest summary 2077.
Thank you.
Post a Comment