स्कुल तथा क्याम्पस स्तरको अर्थशास्त्र अध्ययनका क्रममा कुल गार्हस्थ्य उत्पादन तथा कुन राष्ट्रिय उत्पादनको परिभाषा दिमागमा बोकेका हजारौ अर्थशास्त्रका बिद्यार्थीहरुलाई नेपाली कामदारले विदेश बाट कमाएर पठाएको विप्रेषण कुल गार्हस्थ्य उत्पादन तथा कुन राष्ट्रिय उत्पादन कुनैमा पनि समाबेश हुदैन भन्ने तथ्य पढ्दा विश्वास गर्न पक्कै पनि गाह्रो हुन्छ होला । बिद्यार्थी मात्रै नभएर केही शिक्षक, प्रोफेसर, पत्रकार तथा नीति निर्माताहरु समेत यस सम्बन्धमा जानकार नभएको अनुभव यो ब्लगरको रहेको छ। यो नितान्त प्राबिधिक कुरा भएकाले यसका सम्बन्धमा जानकारी नहुनु कुनै ठुलो कुरा भएन र यसको दोष कलेजस्तरको पाठ्यपुस्तक वा पढाउने शिक्षकको पनि होइन । बरु कमजोरी समग्र शिक्षा प्रणालीको हो जुन केवल सैदान्तिक अवधारणाहरुको ज्ञान प्रदान गर्नमा केन्द्रित छ।
कलेजस्तरको पाठ्यपुस्तकमा GNI को अवधारणा सिकाउदा GNI =GDP +NFIA भनेर ब्याख्या गर्ने गरिन्छ। NFIA भन्नाले नेपाली उत्पादनका साधनले विदेशबाट प्राप्त गरेको साधन आय तथा विदेशी उत्पादनका साधनले नेपाल बाट प्राप्त गरेको साधन आयको फरक हो। सरसर्ती हेर्दा रेमिटान्स नेपाली कामदारहरुले विदेशमा काम गरेर पठाउने भएको भएर नेपाली उत्पादनका साधनले विदेशबाट प्राप्त गरेको आयको रुपमा GNI मा समाबेश हुनुपर्ने हो। तर System of National Accounts तथा Balance of Payments Compilation मा Residents तथा Non-Residents को परिभाषा सामान्य बुझाईभन्दा फरक हुने गरेका कारण रेमिटान्स आयको ठुलो हिस्सा उत्पादनका साधनको आयको रुपमा गणना नभएर ट्रान्सफरको रुपमा गणना हुन्छ र GNI मा समाबेश हुन पाउदैन।
Nepali Residents तथा Non-Residents
कुनै नेपाली कामदार विदेशमा गई एक वा एक वर्ष भन्दा बढीको अवधिका लागि कार्यरत छ भने उक्त कामदारलाई उक्त देशको resident को रुपमा लिइन्छ भने नेपालको लागि Non-Residents को रुपमा लिइन्छ। तसर्थ उक्त कामदारले पठाएको रेमिटेन्स नेपालको उत्पादनका साधनको आय नभएर Non-Residents ले गरेको ट्रान्सफरको रुपमा गणना हुन्छ। यो कुरा IMF ले तयार पारेको BOP Compilation Manual बाट प्रस्ट बुझ्न सकिन्छ।
नेपालबाट विदेश काम गर्न जाने कामदारहरु प्राय एक वर्ष भन्दा लामो अवधिको लागि जाने भएकाले तिनीहरुबाट प्राप्त रेमिटेन्स साधन आयको रुपमा गणना नभई व्यक्तिगत ट्रान्सफरको रुपमा गणना हुन्छ। ट्रान्सफरबाट प्राप्त आय सिद्धान्त: उत्पादन गतिबिधिमा संलग्न नभैकन नै प्राप्त हुने रकम भएकाले रेमिटेन्स लाइ GNI मा समाबेश गरिदैन ।
उदाहरणका लागि नेपालको आर्थिक वर्ष २०७४/७५ को BOP Statistics तथा National Income Statistics हेरौ।
Source : Nepal Rastra Bank
तालिका १
Summary of Balance of Payments (million Rs.)
Summary of Balance of Payments (million Rs.)
Particulars
|
2016/17
|
2017/18P
|
|||||
A. Current Account
|
-10130.6
|
-245216.7
|
|||||
Goods: Exports f.o.b.
|
82127.5
|
93305.2
|
|||||
Goods: Imports f.o.b.
|
-977945.8
|
-1227874.0
|
|||||
Balance on Goods
|
-895818.3
|
-1134568.9
|
|||||
Services: Net
|
2891.3
|
2066.3
|
|||||
Services: credit
|
158264.9
|
177473.0
|
|||||
Services: debit
|
-155373.6
|
-175406.7
|
|||||
Balance on Goods and Services
|
-892926.9
|
-1132502.6
|
|||||
Income: Net
|
30995.1
|
22614.9
|
|||||
Income: credit
|
51958.8
|
69142.8
|
|||||
Income: debit
|
-20963.8
|
-46527.9
|
|||||
Balance on Goods, Services and
Income
|
-861931.9
|
-1109887.6
|
|||||
Transfers: Net
|
851801.3
|
864670.9
|
|||||
Current transfers:
credit
|
855708.8
|
870475.7
|
|||||
Grants
|
114663.9
|
61262.4
|
|||||
Workers' remittances
|
695452.4
|
755058.6
|
|||||
Pensions
|
45592.6
|
54154.7
|
|||||
Other (Indian Excise
Refund)
|
0.0
|
0.0
|
|||||
Current transfers:
debit
|
-3907.6
|
-5804.8
|
|||||
B
|
Capital Account (Capital Transfer)
|
13362.7
|
17721.8
|
||||
Total, Groups A plus B
|
3232.1
|
-227494.9
|
|||||
C
|
Financial Account (Excluding Group
E)
|
26639.5
|
102842.1
|
||||
Total, Group A through C
|
29871.6
|
-124652.7
|
|||||
D.
|
Miscellaneous Items, Net
|
33422.5
|
112273.0
|
||||
Total, Group A through D
|
63294.1
|
-12379.7
|
|||||
E. Reserves and Related Items
|
-63294.1
|
12379.7
|
|||||
Changes in reserve net (-
increase)*
|
-82106.1
|
-960.2
|
माथिको तालिका बाट दुइटा तथ्य प्रस्ट हुन्छ।
- आर्थिक वर्ष २०७४ /७५ मा नेपालको खुद साधन आय जम्मा रु २२. अर्ब मात्र छ।
- रेमिटेन्स रकम आय मा समाबेश नभएर Current Transfer अन्तर्गत पर्दछ। यस्तो transfer मा सरकारले प्राप्त गर्ने अनुदान रकम र नेपालीले प्राप्त गर्ने पेन्सन रकम पनि पर्दछन। आर्थिक वर्ष २०७४ /७५ मा यस्तो net transfer रकम ८६४. ७ अर्ब रहेको छ।
अब BOP बाट प्राप्त यी आँकडा हरु राष्ट्रिय आय गणनामा कसरी उपयोग हुन्छन भन्ने बुझ्न तलको तालिका हेरौ। उक्त तालिकामा आर्थिक वर्ष २०७४/७५ को GDP रकम रु ३०.३ खर्बमा खुद आय रु २२.६ आर्ब जोडेर रु ३०.५३ खर्ब GNI निकालिएको छ भने GNI मा रु ८६४.७ अर्ब net current transfer जोडेर रु ३९. २ खर्ब बराबरको GNDI अर्थात् खर्चयोग्य आय निकालिएको छ।
तालिका २
GDP,
GNI, GNDI at current prices (Millions)
|
|||
Description
|
2073/74
|
2074/75R
|
2075/76P
|
2016/17
|
2017/18
|
2018/19
|
|
Gross Domestic Product (GDP)
|
2,674,493
|
3,031,034
|
3,464,319
|
Factor income,
Net
|
30,995
|
22,615
|
42,412
|
Gross National Income (GNI)
|
2,705,488
|
3,053,649
|
3,506,731
|
Current transfers, Net
|
851,801
|
864,671
|
1,062,728
|
Gross National Disposable Income
(GNDI)
|
3,557,289
|
3,918,320
|
4,569,459
|
R = Revised/P = Preliminary
| |||
Source : CBS, Nepal
|
तसर्थ रेमिटेन्सबाट प्राप्त आय ट्रान्सफर आयको रुपमा गणना हुने भएकाले उक्त रकम कुल राष्ट्रिय आय (GNI) मा समावेश हुदैन ।
...................................................................................................................................................................
यो पनि पढ्नुस
यो पनि पढ्नुस
1 comment:
net factors income from abroad [NFIA] ma kasto income haru pardaxan sir
kasta utpadan ka sadhan le earn gareko income [NFIA] vani GNP ma add garinx
Post a Comment