कुनै पनि अर्थतन्त्रका पूर्व निर्धारित बृहत आर्थिक उदेश्यहरु प्राप्त गर्नका लागि केन्द्रीय बैंक वा मौद्रिक अधिकारीले कार्यन्वयन गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ। यस अन्तर्गत केन्द्रीय बैंकले मुद्राको आपूर्ति, बैंक कर्जा तथा ब्याजदर जस्ता चरहरुमा नियन्त्रण गरी मूल्य स्थिरता, बाह्य क्षेत्र स्थिरता, वित्तिय स्थिरता तथा आर्थिक वृद्धि जस्ता लक्ष्यहरु प्राप्त गर्ने उदेश्य राखेको हुन्छ। हाल विश्वभर नै मूल्य स्थिरता मौद्रिक नीतिको प्रमुख उदेश्यको रुपमा रहदै आएको छ।
अर्थतन्त्रमा आर्थिक वृद्धि न्युन छ र बेरोजगारी दर बढी छ भने केन्द्रीय बैंकले मुद्रा आपूर्ति वृद्धि गर्ने, कर्जाको उपलब्धता बढाउने तथा ब्याजदर सस्तो बनाउने खालका नीतिगत निर्णयहरु लिन सक्दछ। यसलाई मौद्रिक नीतिको विस्तारकारी कार्यदिशा भनिन्छ। अर्कोतिर अर्थतन्त्रको माग तीब्र गतिमा बढिरहेको छ भने केन्द्रीय बैंकले मुद्रा
आपूर्ति घटाउने, कर्जाको उपलब्धता कसिलो बनाउने तथा ब्याजदर वृद्धि गर्ने जस्ता नीतिगत निर्णयहरु लिन सक्दछ। यसलाई मौद्रिक नीतिको संकुचनकारी
कार्यदिशा भनिन्छ। यस अर्थमा मौद्रिक नीतिलाई माग व्यवस्थापन नीति (demand management policy) पनि भानिन्छ।
मुद्रा आपूर्ति, कर्जा प्रवाह तथा ब्याजदर नियन्त्रण गर्नाका लागि केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात, खुला बजार कारोबार तथा बैंक दर जस्ता उपकरण हरुको उपयोग गर्दछ। मुद्रा आपूर्ति वृद्धि गर्नु पर्ने अवस्था छ भने अनिवार्य नगद अनुपात तथा बैंक दरमा कटौती गर्ने तथा खुला बजार कारोबार मार्फत बजारमा तरलता प्रबाह गर्ने कार्य गर्दछ भने मुद्रा आपूर्ति घटाउनु पर्ने अवस्था भएमा अनिवार्य नगद अनुपात तथा बैंक दरमा वृद्धि गर्ने तथा खुला बजार कारोबार मार्फत तरलता प्रसोचन गर्ने कार्य गर्दछ।
...................................................................................................................................................................
Siddha Raj Bhatta
3 comments:
Really I salute u for your contrbution for us.Thank you so much sir.
Thank you very much for your words.
I have been following your post since a couple of weeks. It is very useful for beginner who really wants to enter banking sector. I am very grateful to you sir, Thanks for ur precious knowledge and opinion.
Post a Comment