Thursday, June 6, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान - जिज्ञासा ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ?

कुनै पनि देशको सामान्य मुल्यस्तरमा भएको परिवर्तन अर्थात मुद्रास्फीति लाई उपभोक्ता मूल्य सूचकांक (CPI ), थोक मूल्य सूचकांक (WPI ), उत्पादक मूल्य सूचकांक (PPI ) तथा GDP Deflator सूचकांक आदिका आधारमा मापन गर्न सकिन्छ।  नेपालमा माथिका चारवटै सूचकांकहरुको गणना हुने भएता पनि उपभोक्ता मूल्य सूचकांक (CPI )लाइ मुद्रास्फीति मापनको आधिकारिक सूचकांकको रुपमा लिइएको छ।

 उपभोक्ता मूल्य सूचकांक (CPI ) को गणना 
उपभोक्ता मूल्य सूचकांक गणना गर्दा सर्वप्रथम कुन कुन वस्तुको मूल्य संकलन गर्ने भन्ने निधो गर्नुपर्ने हुन्छ।  यसका लागि नेपाल राष्ट्र बैंकले समय समयमा पारिवारिक बजेट सर्वेक्षण गरी घरपरिवारले किन्ने बस्तु तथा सेवाको छनौट गर्ने काम गर्दछ।  यसरी बस्तु तथा सेवा छनौट गर्दा घर परिवारको बजेटको अधिकांस हिस्सा ओगट्ने तथा घरपरिवारले प्राय किनिराख्ने बस्तु तथा सेवाहरु छनौट गरिन्छ। नेपालमा हाल उपभोक्ता मूल्य सूचकांकमा समाबेश वस्तु तथा सेवाहरु पाचौ पारिवारिक बजेट सर्वेक्षण २०७०/७१ का आधारमा छनौट गरिएको हो।  जस अनुसार ४०२ बस्तु तथा ९४ सेवा गरी ४९६ बस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ।  यी वस्तु तथा सेवाहरुले घर परिवारको खर्चको ९७ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य सूचकांकका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको यथार्थपरक चित्र प्रतिनिधित्व गर्दछ। उक्त सर्वेक्षणका आधारमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने वस्तुको खर्च भार ४३. ९१ प्रतिशत तथा गैह खाद्य तथा सेवा समूह अन्तर्गत पर्ने वस्तु तथा सेवाको खर्च भार ५६.०९ प्रतिशत कायम गरएको छ।  

वस्तु तथा छनौट पश्चात मूल्य संकलन कहा बाट गर्ने तथा कति अन्तरालमा गर्ने भन्ने पक्ष् महत्वपुर्ण हुन्छ।   उपभोक्ता मूल्य सूचकांक (CPI )गणनाका लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरि ६० बजार केन्द्रहरु तोकिएको छ। बजार केन्द्रको छनौट गर्दा आर्थिक गतिबिधिको अवस्था, घरपरिवारको खर्चको आकार, भौगोलिक प्रतिनिधित्व आदि जस्ता पक्षहरुलाई आधारको रुपमा लिइएको छ ।  
यसरि छानिएका बजार केंद्रहरुवाट साप्ताहिक,मासिक तथा त्रैमासिक रुपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ। मूल्य संकलन गरिसकेपछि प्रतेक वस्तु तथा सेवाको relative price index तयार पारिन्छ र त्यस्ता index हरुको औसतका आधारमा उपभोक्ता मूल्य सूचकांकको निर्माण गरिन्छ।  यसरि relative price indexहरुलाई aggregate गरी उपभोक्ता मूल्य सूचकांक गणना गर्नका लागि Weighted Geometric Average विधिको प्रयोग गरिएको छ। 

उपभोक्ता मूल्य सूचकांकको गणना गरिसकेपछि उक्त सूचकांकमा भएको प्रतिशत परिवर्तनलाई नै उपभोक्ता मुद्रास्फीति भानिन्छ।  जस्तै उक्त सूचक आधार वर्ष २०७०/७१ को १०० बाट आव २०७१/७२ मा १०९.९ पुगेको थियो जसका कारण ७१/७२ मा मुद्रास्फीति ९.९ प्रतिशत रहन गयो।  

CPI गणना का बारेमा थप बुझ्न चाहेमा यहाँ क्लिक गर्नुहोस। 
Household Budget Survey को नतीजा तथा CPI गणना सम्बन्धी थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस।










2 comments:

Bhupendra said...

which policy is more implication in nepalese economy?(monetary or fiscal policy )

RATNA BC said...

Nice one