नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना(GDP Estimation in Nepal)
नेपालमा मूख्यतः कुल मूल्य अभिवृद्धि विधिबाट कुल गार्हस्थ्य उत्पादनको गणना गर्ने गरिन्छ । यसका लागि अर्थतन्त्रलाई विभिन्न १५ बटा उप क्षेत्रहरुमा विभाजन गरिएको छ :१.कृषि तथा बन,
२. मत्स्यपालन,
३. खानी तथा उत्खनन,
४. औधोगिक उत्पादन,
५. बिजुली ग्यास तथा पानी,
६. निर्माण,
७. थोक तथा खुद्रा ब्यापार,
८. हाटेल तथा रेस्टोरेन्ट,
९. यातायात, भण्डारण तथा संचार,
१०. वित्तिय मध्यस्तता,
११. रियल स्टेट सम्बन्धी क्रियाकलापहरु,
१२. सार्वजनिक प्रशासन तथा सुरक्षा ,
१३. शिक्षा,
१४. स्वास्थ्य तथा सामाजिक कार्य र
१५. अन्य सामुदायिक सामाजिक तथा ब्यक्तिगत क्रियाकलापहरु
यी १५ वटै क्षेत्रहरुको उत्पादनबाट ती क्षेत्रहरुले उपयोग गरेको कच्चा पदार्थ (मध्यवर्ति उपभोग) घटाइसकेपछि ती क्षेत्रहरुको मूल्य अभिवृद्धि आउदछ । यस्तो मूल्य अभिवृद्धिहरुको जोडफलबाट कुल मूल्य अभिवृद्धि (GVA) निकालिन्छ । यसरी प्राप्त (GVA) बाट अप्रत्यक्ष रुपमा मापन गरिएको वित्तीय मध्यस्तता (FISIM) घटाउदा आधारभूत मुल्यमा कुल गार्हस्थ्य उत्पादन (GDP at basic prices) प्राप्त हुन जान्छ ।
आधारभूत मुल्यमा ब्यक्त कुल गार्हस्थ्य उत्पादनमा बस्तुमा लगाइएको कर जोडी अनुदान घटाउने हो भने बजार मुल्यमा ब्यक्त कुल गार्हस्थ्य उत्पादन प्राप्त हुन जान्छ।
उदाहरणका लागि नेपालको आ व २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनको गणना हेरौ :
श्रोत : केन्द्रीय तथ्यांक बिभाग
माथिको तालिकामा देखाए झैँ उत्पादन बाट मध्यवर्ती उपभोग घटाएर उक्त क्षेत्रको मूल्य अभिवृद्धि निकालिन्छ। जस्तै कृषि क्षेत्रको मूल्य अभिवृद्धि =१०७६ अर्ब -२६५ अर्ब =८११ अर्ब
यसैगरी अन्य १४ वटा क्षेत्रको समेत मूल्य अभिवृद्धि गणना गरिसके पछि १५ वटै क्षेत्रको मूल्य अभिवृद्धि जोडेर कुल मूल्य अभिवृद्धि निकालिन्छ जुन माथिको तालिकामा ३०६१ अर्ब २३ करोड छ।
कुल मूल्य अभिवृद्धि प्राप्त भैसकेपछी उक्त आंकडा वाट अप्रतक्ष्य रुपमा मापन गरिएको वित्तीय मध्यस्तता रु १२८ अर्ब ४९ करोड घटाउदा आधारभूत मुल्यमा कुल गार्हस्थ्य उत्पादन रु. २९३२ अर्ब ७४ करोड प्राप्त हुन गएको छ।
यसरी प्राप्त कुल गार्हस्थ्य उत्पादनमा बस्तुमा लगाइएको कर रकम रु ५३३ अर्ब ९६ करोड जोडेर २ अर्ब ३९ करोड अनुदान घटाउदा बजार मुल्यमा रु ३४६४ अर्ब ३२ करोड बराबर कुल गार्हस्थ्य उत्पादन कायम हुन गएको छ।
खर्च तथा आय सम्बन्धी अनुमानहरु
कुल मूल्य अभिवृद्धिबाट कुल गार्हस्थ्य उत्पादनको मापन प्राप्त भइसके पछि खर्च विधिमा हुने विभिन्न खर्चका अनुमानहरु तथा आय विधिमा हुने आय वितरणका अनुमानहरु समेत तयार पारिन्छ । खर्च विधिमा उपभोग खर्च, कुल लगानी, निर्यात तथा आयात सम्वन्धी अनुमानहरु त्यार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा उपभोगको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ७९.५ प्रतिशत, कुल लगानीको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ६२.३ प्रतिशत, निर्यातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ९.० प्रतिशत तथा आयातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ५०.८ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसै गरी आय विधि अन्तर्गत तलब भत्ता तथा ज्याला, सञ्चालन आय/मिश्रित आय तथा खुद अप्रत्यक्ष कर सम्वन्धी अनुमानहरु तयार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता तथा ज्यालाको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ३५.८ प्रतिशत, सञ्चालन आय/मिश्रित आयको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ४८.८ प्रतिशत र खुद अप्रत्यक्ष करको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात १५.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
.................................................................................................................................................................
यो पनि पढ्नुहोस
उदाहरणका लागि नेपालको आ व २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनको गणना हेरौ :
GDP Estimation at Current Prices for 2075/76
| |||||
Rs.
millions
|
|||||
Industrial Classification
|
Gross Output
(GO)
|
Intermediate
Consumption
(IC)
|
Value
Added (=GO-IC)
|
||
1
|
Agriculture and
forestry
|
1,076,244
|
264,898
|
811,347
|
|
2
|
Fishing
|
16,425
|
1,764
|
14,661
|
|
3
|
Mining and quarrying
|
23,312
|
4,804
|
18,508
|
|
4
|
Manufacturing
|
610,162
|
438,972
|
171,190
|
|
5
|
Electricty gas and
water
|
100,145
|
61,983
|
38,162
|
|
6
|
Construction
|
483,411
|
245,691
|
237,720
|
|
7
|
Wholesale and retail
trade
|
527,242
|
87,313
|
439,930
|
|
8
|
Hotels and
restaurants
|
196,392
|
133,576
|
62,817
|
|
9
|
Transport, storage
and communications
|
380,607
|
159,254
|
221,353
|
|
10
|
Financial
intermediation
|
253,831
|
60,362
|
193,469
|
|
11
|
Real estate, renting
and business activities
|
465,244
|
112,167
|
353,077
|
|
12
|
Public
administration and defence
|
103,520
|
20,545
|
82,975
|
|
13
|
Education
|
285,023
|
68,917
|
216,106
|
|
14
|
Health and social
work
|
86,030
|
32,536
|
53,494
|
|
15
|
Other community,
social and personal service activities
|
188,929
|
42,507
|
146,421
|
|
Gross Value Added
|
3,061,230
|
||||
Less FISIM
|
128486
|
||||
GDP at basic Prices
|
2,932,744
|
||||
Add Taxes on Products
|
533,962
|
||||
Less Subsidies on Products
|
2,387
|
||||
GDP
|
3,464,319
|
माथिको तालिकामा देखाए झैँ उत्पादन बाट मध्यवर्ती उपभोग घटाएर उक्त क्षेत्रको मूल्य अभिवृद्धि निकालिन्छ। जस्तै कृषि क्षेत्रको मूल्य अभिवृद्धि =१०७६ अर्ब -२६५ अर्ब =८११ अर्ब
यसैगरी अन्य १४ वटा क्षेत्रको समेत मूल्य अभिवृद्धि गणना गरिसके पछि १५ वटै क्षेत्रको मूल्य अभिवृद्धि जोडेर कुल मूल्य अभिवृद्धि निकालिन्छ जुन माथिको तालिकामा ३०६१ अर्ब २३ करोड छ।
कुल मूल्य अभिवृद्धि प्राप्त भैसकेपछी उक्त आंकडा वाट अप्रतक्ष्य रुपमा मापन गरिएको वित्तीय मध्यस्तता रु १२८ अर्ब ४९ करोड घटाउदा आधारभूत मुल्यमा कुल गार्हस्थ्य उत्पादन रु. २९३२ अर्ब ७४ करोड प्राप्त हुन गएको छ।
यसरी प्राप्त कुल गार्हस्थ्य उत्पादनमा बस्तुमा लगाइएको कर रकम रु ५३३ अर्ब ९६ करोड जोडेर २ अर्ब ३९ करोड अनुदान घटाउदा बजार मुल्यमा रु ३४६४ अर्ब ३२ करोड बराबर कुल गार्हस्थ्य उत्पादन कायम हुन गएको छ।
खर्च तथा आय सम्बन्धी अनुमानहरु
कुल मूल्य अभिवृद्धिबाट कुल गार्हस्थ्य उत्पादनको मापन प्राप्त भइसके पछि खर्च विधिमा हुने विभिन्न खर्चका अनुमानहरु तथा आय विधिमा हुने आय वितरणका अनुमानहरु समेत तयार पारिन्छ । खर्च विधिमा उपभोग खर्च, कुल लगानी, निर्यात तथा आयात सम्वन्धी अनुमानहरु त्यार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा उपभोगको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ७९.५ प्रतिशत, कुल लगानीको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ६२.३ प्रतिशत, निर्यातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ९.० प्रतिशत तथा आयातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ५०.८ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसै गरी आय विधि अन्तर्गत तलब भत्ता तथा ज्याला, सञ्चालन आय/मिश्रित आय तथा खुद अप्रत्यक्ष कर सम्वन्धी अनुमानहरु तयार पारिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता तथा ज्यालाको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ३५.८ प्रतिशत, सञ्चालन आय/मिश्रित आयको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात ४८.८ प्रतिशत र खुद अप्रत्यक्ष करको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात १५.४ प्रतिशत रहने अनुमान गरिएको छ ।.................................................................................................................................................................
यो पनि पढ्नुहोस
1 comment:
Sr will u make clear about FISIM that is deducted from gross value added??
Post a Comment