Structure of Nepalese GDP
नेपालको कुल गार्हस्थ्य उत्पादनको संरचना लाई निम्न तीन दृस्टीकोणबाट बिस्लेषण गर्न सकिन्छ :
उत्पादन दृस्टीकोण (Production Approach)
- क्षेत्रगत रुपमा हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तन हुदै गएको छ। मुलुकको कुल उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गैरहेको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गैरहेको छ।
- आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७.० प्रतिशत, उद्योग क्षेत्रको योगदान १५.२ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ५७.८ प्रतिशत रहने अनुमान छ।
- कृषि क्षेत्रको उत्पादनमा खाधान्न तथा अन्य बाली उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको छ भने तरकारीजन्य उत्पादनको हिस्सा करिब १० प्रतिशत, बनजन्य उत्पादनको करिब ८ प्रतिशत तथा फलफुल तथा मसलाजन्य उत्पादनको हिस्सा करिब ७ प्रतिशत रहेको छ।
- कुल कृषि उत्पादनमा खाद्यान्न बाली अन्तर्गत पर्ने धानको हिस्सा करिब २१ प्रतिशत, गहुँको ७ प्रतिशत तथा मकैको हिस्सा ७ प्रतिशत रहेको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै योगदान करिब ६ प्रतिशत (१००*०.२७ * 0.२०७= ५.५८९ ) रहेको छ।
- त्यसैगरी आर्थिक क्रियाकलाप हरुलाई प्राथमिक क्षेत्र, दित्तीय क्षेत्र तथा तृतीय क्षेत्र मा समेत बाढेर विस्लेषण गर्ने गरिन्छ। यसरी हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्दै गएर आ. व. २०७५/७६ मा २७.६ प्रतिशतमा सिमित हुने अनुमान छ भने दित्तीय क्षेत्रको योगदान १४.६ प्रतिशत तथा तृतीय क्षेत्रको योगदान बढ्दै गएर ५७.८ प्रतिशत पुग्ने अनुमान रहेको छ।
- औधोगिक वर्गीकरण अनुसार हाल नेपालको उत्पादकीय क्रियाकलापहरुलाई १५ वटा क्षेत्रमा बाढिएको छ। जस अन्तर्गत १. कृषि तथा बन, २. मत्स्यपालन, ३. खानी तथा उत्खनन, ४. औधोगिक उत्पादन, ५. बिजुली ग्यास तथा पानी, ६. निर्माण, ७. थोक तथा खुद्रा ब्यापार, ८. होटेल तथा रेस्टोरेन्ट, ९. यातायात, भण्डारण तथा संचार, १०. वित्तिय मध्यस्तता, ११. रियल स्टेट सम्बन्धी क्रियाकलापहरु, १२. सार्वजनिक प्रशासन तथा सुरक्षा , १३. शिक्षा, १४. स्वास्थ्य तथा सामाजिक कार्य र १५. अन्य सामुदायिक सामाजिक तथा ब्यक्तिगत क्रियाकलापहरु पर्दछन। यस आधारमा हेर्दा कुल गार्हस्थ्य उत्पादनमा धेरै योगदान पुर्याउने क्षेत्रहरु क्रमश : कृषि तथा वन, थोक तथा खुद्रा ब्यापार, रियल स्टेट गतिविधि, निर्माण तथा यातायात भण्डारण तथा संचार क्षेत्र हुन्।
खर्च दृस्टीकोण (Expenditure Approach)
- यस दृस्टीकोणका अनुसार स्वदेशमा उत्पादन भएका बस्तु तथा सेवामा भएको कुल खर्चको जोडफलको रुपमा कुल गार्हस्थ्य उत्पादनलाई ब्यक्त गर्न सकिन्छ जस अनुसार
- कुल गार्हस्थ्य उत्पादन=उपभोग खर्च (C)+लगानी(I) +सरकारी खर्च (G)+निर्यात(X) -आयात(M)
- खर्चको पाटोबाट कुल गार्हस्थ्य उत्पादनको संरचना बिस्लेष्ण गर्दा नेपालमा उपभोग (सरकारी तथा निजी )को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात आ. व. २०७५/७६ मा ७९.५ प्रतिशत रहने अनुमान छ भने कुल लगानी (सरकारी तथा निजी ) को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात ६२.३ प्रतिशत रहने अनुमान छ । अर्कोतिर खुद निर्यात (निर्यात -आयात ) को कुल गार्हस्थ्य उत्पादन संगको अनुपात -४१.८ प्रतिशत रहने अनुमान छ।
- कुल उपभोगमा निजी क्षेत्रको उपभोगको अंश ८३.४ प्रतिशत तथा सरकारी उपभोगको अंश १४. ५ प्रतिशत रहेको छ।
- कुल लगानीमा कुल स्थिर पुँजी लगानीको हिस्सा ५९. ३ प्रतिशत तथा स्टकमा भएको परिवर्तनको हिस्सा ४०. ७ प्रतिशत रहेको छ।
- कुल स्थिर पुँजी लगानीमा सरकारी लगानीको अंश २१. ६ प्रतिशत रहेको छ भने निजी लगानीको अंश ७८. ४ प्रतिशत रहेको छ।
आय दृस्टीकोण (Income Approach)
- यस दृस्टीकोणका अनुसार कुल गार्हस्थ्य उत्पादनलाई उत्पादनका साधनहरुले प्राप्त गरेको आयको जोडफलको रुपमा ब्यक्त गर्न सकिन्छ।
- अर्थात् : कुल गार्हस्थ्य उत्पादन=ज्याला + लगान +ब्याज आय + नाफा
- नेपालको सन्दर्भमा केन्द्रीय तथ्यांक विभागले आय विधि अनुसारका अनुमानहरु समेत सार्वजनिक गर्ने गर्दछ। यस अन्तर्गत कुल गार्हस्थ्य उत्पादनलाई कर्मचारीको ज्याला तथा तलब भत्ता , संचालन मुनाफा/ मिश्रित आय तथा खुद करको योगफलको रुपमा ब्यक्त गर्न सकिन्छ।
- नेपालमा कुल गार्हस्थ्य उत्पादनमा ज्याला तथा तलब भत्ताको अंश आ.व. २०७५ /७६ मा करिब ३६ प्रतिशत रहेको छ भने संचालन मुनाफा/मिश्रित आयको हिस्सा करिब ४९ प्रतिशत रहेको छ।
-
Composition of GDP : Income Approach2014/152015/162016/172017/182018/19Compensation of Employees(%)40.740.739.337.635.8Net Taxes (%)10.911.612.613.915.4Mixed Income/Operating Surplus (%)48.347.748.148.548.8GDP100100100100100
2 comments:
Why the government expenditure w.r.t GDP is skipped in GDP estimation by expenditure approach ????
It would have heen so helpful if contents were in english language too.
Post a Comment