०८ आश्विन, २०७४ गुणराज भट्ट
२०७३ साउन १२ गते १८८१ बिन्दुको
उच्चतम रेकर्ड बनाएको नेपालको एक मात्र सेयर बजार परिसूचक नेप्से सूचकाङ्क
हाल आएर १५०० को वरिपरि घुमिरहेको छ । उच्च आर्थिक वृद्धि भएको वर्ष पनि
बजार परिसूचक भने ओरालो लागेको आकलन कतिपयले गरेका हुन सक्छन् ।
पुँजीवादी अर्थतन्त्रको अभिन्न अंग नेपाली
सेयर बजार परिसूचकको भविष्य आकलन गर्न निकै कठिन हुने गरेको देखिन्छ । यस
सन्दर्भमा सेयर मूल्य निर्धारणका आधारभूत पक्षहरूको विश्लेषण नेपाली
धरातलबाट हुनु जरुरी देखिन्छ ।
माग तथा आपूर्ति
सैद्धान्तिक आधारमा वस्तुको मूल्यजस्तै सेयरको मूल्य पनि माग तथा आपूूर्तिले निर्धारण गर्ने गर्छ । माग वृद्धि हुँदा सेयरको मूल्य बढ्ने र माग घट्दा मूल्य घट्ने यथार्थ नेपाली बजारमा समेत प्रस्टै विम्बित भएको छ । नयाँ कम्पनीहरूको उदयसँगै सेयरको आपूर्ति निकै बढे पनि माग पक्षको आकलन गर्न भने संसारभर ज्यादै कठिन हुने गर्छ । माग सामान्यतः व्यक्तिगत व्यवहारमा भर पर्ने भएकाले यो मनोवैज्ञानिक विषयसमेत हुन जान्छ ।

सामान्यतया प्रत्येक सूचीकृत कम्पनीको
विद्यमान मुनाफा एवम् भविष्यमा हुन सक्ने आम्दानीले सेयरको माग घटबढ
हुनुपर्ने हो । साथै, मागको तुलनामा आपूर्ति थोरै भएमा सेयरको मूल्यमा
अस्वाभाविक वृद्धि हुने खतरासमेत त्यत्तिकै हुन्छ । नेपालको सन्दर्भमा यो
सिद्धान्त पुष्टि हुन्छ ।
अर्थतन्त्रका मुख्य परिसूचकहरू प्रतिकूल
रहनु तथा देशले ठूला महाविपत्तिहरू भोग्दा समेत सेयर बजारले आर्थिक यथार्थ
झल्काउन नसक्नु मागको तुलनामा आपूर्ति ज्यादै न्यून भएको अवस्था हुन सक्छ
।
वित्तीय साक्षरतामा वृद्धि एवम् सेयरबाट
भएको लाभका कारण वित्तीय सम्पत्तिमा लगानी गर्नेको संख्या निकै बढेको छ ।
जुनसुकै कम्पनी भए पनि प्राथमिक निष्कासन रकमको पाँच÷दस गुणा आवेदन पर्नु
यसैको उदाहरण हो । त्यसैगरी दोस्रो बजार कारोबारमा समेत सर्वसाधारणको
आकर्षण बढ्दै आएको छ ।
तर पनि सेयरको आपूर्ति भने सीमित संख्याका
वित्तीय संस्थाहरूले गरिरहेकामा अब नयाँ वित्तीय संस्था खोल्न सिद्धान्ततः
बन्द गरिएको र नयाँ तत्काल आउने सम्भावना छैन । तसर्थ, सेयरको माग बढ्दै
जाने र आपूर्ति रोकिने अवस्था आएमा सेयर बजार परिसूचकले कृत्रिम अवस्था
विम्बित नगर्ला भन्न सकिन्न ।
हाल बैंक तथा वित्तीय संस्थाहरूको बजार
हिस्सा ८५ प्रतिशत रहेको छ । यसमा बिमा कम्पनीहरूको अंश १७ प्रतिशत छ ।
नयाँ बिमा कम्पनी सञ्चालन गर्न अनुमति प्रदान गरिसकिएकाले यसको अंश
भविष्यमा बढ्दै जाँदा वित्तीय संस्थाहरूकै अंश अझ बढ्न सक्छ र आर्थिक
आधारमा नभई वित्तीय प्रगतिका आधारमा परिसूचक निर्धारण हुने हालकै प्रवृत्ति
अझ टड्कारो हुन सक्छ ।
सेयरको मागको तुलनामा आपूर्ति कम हुँदै गएको
यस परिप्रेक्ष्यमा वित्तीय संस्था बाहेकका अन्य कम्पनीहरूले समेत सेयर
बजारमा सूचीकृत हुन चाहेमा यसको लाभ लिन सक्ने देखिएको छ । सिमेन्ट,
खनिजजन्य, यातायात, सञ्चारजस्ता सार्वजनिक सेवाका देखि नवीनतम विचार बोकेका
अनलाइन कारोबार गर्ने संस्थाहरूसम्मले सूचीकृत कम्पनीका रूपमा स्थापित भई
ठूला व्यावसायिक घरानालाई टक्कर दिने यो उपयुक्त मौका हुन सक्छ ।
आर्थिक परिसूचकहरू र सेयर मूल्य
सामान्यतया उच्च आर्थिक वृद्धि सेयर बजार बढ्नुको प्रमुख कारण हो । तर, नेपालमा हालसम्म दिगो उच्च आर्थिक वृद्धि भएको छैन । लगातार तीन वर्षभन्दा बढी ५ प्रतिशतमाथिको आर्थिक वृद्धि भयो भने बल्ल सेयर बजार परिसूचक कता जान लागेछ भन्ने हेक्का गर्न सकिन्छ ।

अन्य आर्थिक परिसूचकहरू भने तुलनायोग्य हुन
सक्छन् । राष्ट्र बैंकको एक अध्ययनबाट मुद्रास्फीति बढेमा लगानीकर्ताले
सेयरलाई हेज फन्डका रूपमा प्रयोग गर्ने देखाएको थियो । वस्तु तथा सेवाको
उच्च मूल्यवृद्धि भएमा सेयरतर्फ आकर्षण बढ्छ ।
यसका साथै, न्यून ब्याजदर भएमा समेत सेयरमा
आकर्षण बढ्ने निष्कर्ष निक्लेको थियो । न्यून मूल्यवृद्धि र उच्च ब्याजदर
भएको वर्तमान अवस्थामा नेप्से परिसूचक १५०० कै हाराहारीमा अलमलिनु यसैको
प्रभाव पुष्टि हुन सक्छ ।
सिन्डिकेटेड आपूर्ति
निजी क्षेत्रका कम्पनीहरू एवम् ठूला व्यावसायिक घरानाहरू विविध पक्षका कारण बजारमा सूचीकृत हुन खोज्दैनन् । फलस्वरूप नेपालको सेयर बजार वित्तीय बजारजस्तो देखिएको छ ।
निजी क्षेत्रका कम्पनीहरू एवम् ठूला व्यावसायिक घरानाहरू विविध पक्षका कारण बजारमा सूचीकृत हुन खोज्दैनन् । फलस्वरूप नेपालको सेयर बजार वित्तीय बजारजस्तो देखिएको छ ।
नयाँ संस्थाहरू नखुल्ने र भएकाहरूको पुँजी
वृद्धि गर्नुपर्ने नियामकीय निर्देशनका कारण आपूर्ति बढेको जस्तो देखिए पनि
यो सिन्डिकेटेड भएको छ, अर्थात् बजारमा नयाँ लगानीकर्ता भित्रिनेभन्दा पनि
हालका सेयरहोल्डरहरूले नै बोनस र हकप्रद सेयरका नाममा सिन्डिकेट जमाइरहेका
छन् ।
आर्थिक वर्ष ०७३÷७४ मा रु. ७१ अर्बको नयाँ
सेयर स्टक एक्सचेन्जमा सूचीकृत भएकोमा जम्मा रु. ५ अर्बको मात्र साधारण
सेयर (एफपीओसहित) थियो । तर, रु. ३६ अर्बको बोनस सेयर र रु. ३० अर्बको
हकप्रद सेयर सूचीकृत भएको थियो । यसले लगानीकर्ता विविधीकरणमा ठूलो चुनौती
देखा परेको छ ।
न्यून कारोबार र उच्च बजार एकत्रित
सूचीकृत सेयरको कारोबार अन्य देशको तुलनामा नेपालमा ज्यादै न्यून रहेको छ । अन्य देशमा सूचीकृत सेयरको संख्याभन्दा वर्षभरी हुने सेयर कारोबार बढी हुने गर्छ, तर हाम्रोमा भने उच्च कारोबार भएको वर्ष ०७३/७४ मा पनि सूचीकृत सेयरमध्ये १३ प्रतिशतमात्र कारोबार भएको छ । साथै, बजार पँुजीकरणमा सेयर कारोबार रकमको अंश विकसित देशमा १ सय ५० प्रतिशतसम्म हुने गरेकोमा हामीकहाँ भने ११ प्रतिशतमात्र छ ।

अर्कातर्फ, बजार एकाग्रता अनुपात भनिने कुल
पुँजीकरणमा उच्च १० कम्पनीको अंश हाम्रोमा ४० प्रतिशतको हाराहारीमा रहेको छ
। यसबाट १० वटा संस्थाले बजारको ४० प्रतिशत हिस्सा ओगटेको देखिएन्छ ।
तसर्थ, तीन–चार कम्पनीको मूल्य तलमाथि भएमा सिङ्गो बजार हल्लिने प्रवृत्ति
हुन्छ । यी तथ्यले सेयर बजार परिसूचक किन यथार्थ हुन सकेको छैन, भन्ने
विश्लेषण गर्न सघाउ पुग्छ ।
नियामक निकायका कर्मचारीहरूको प्रभाव
कुल बजार पुँजीकरणमा बैंकहरूको अंश करिब ६८ प्रतिशत रहेको छ । तर, बैंकहरूको नियमन र सुपरिवेक्षण गर्ने कर्मचारीहरू नै अधिकांश बैंकका मालिक छन् । आफ्नै नाममा दोस्रो बजारबाट सेयर खरिदमा बन्देज लगाइए पनि प्राथमिक निष्कासनमा कुनै सीमा या बन्देज छैन ।

त्यसैले ठूलो संख्यामा सेयर धारण गर्ने
‘लगानीकर्ता’ ले गर्ने नियमन र सुुपरिवेक्षणमा निष्पक्षताको सवाल उठाउने
ठाउँ रहन्छ । धितोपत्र बोर्ड तथा नेप्सेकै कर्मचारीहरूको पनि हालत उही छ ।
खास गरी धितोपत्र बोर्ड तथा स्टक एक्सचेन्जमा काम गर्ने कर्मचारीहरूप्रति
सम्बन्धित सूचीकृत कम्पनी तथा कारोबारमा सघाउने ब्रोकरहरू बढी नरम तथा
उनीहरूको आग्रह नकार्न नसक्ने अवस्थामा देखिन्छन् ।
यस्ता संस्थामा काम गर्ने कर्मचारी तथा
तिनका आफन्तले गर्ने कारोबारमा निश्चित मापदण्ड तथा आचारसंहिताको कडाइका
साथ पालना हुनुपर्छ अन्यथा बजार विचलित हुन सक्छ ।
तसर्थ, बजार नियामन गर्ने निकायका कर्मचारी
तथा सूचीकृत संस्था नियमन गर्ने निकायका कर्मचारी तथा व्यवस्थापकहरूलाई
दोस्रो बजार कारोबारमा पूर्ण बन्देजका अतिरिक्त प्राथमिक निष्कासनमा समेत
लगानी गर्न सक्ने सीमा तोकिनुपर्छ ।
के बजार उतारचढाव रोकिनु जरुरी छ ?
सन्तुलित, निष्पक्ष र प्रभावकारी नियमन एवम् माग तथा अपूर्तिमा माथि उल्लेख गरिएका घर्षणहरू नहुने हो भने अर्थतन्त्रको प्रतिविम्ब सेयर बजार हुन सक्छ । सेयर बजार परिसूचक अर्थतन्त्रकै गतिमा हिंड्नुपर्ने हो । विकसित देशमा अर्थतन्त्रकै गतिमा बजार हिंडेको देख्न सकिन्छ । तर, नेपालमा भिन्न अवस्था छ ।

विभिन्न मुलुकमा बजार परिसूचकको निश्चित
प्रतिशतसम्मको उतारचढावपश्चात् सर्किट ब्रेकर लगाउने प्रचलन छ । नेपालमा
पनि ५ प्रतिशत उतारचढाव भएमा उक्त दिन कारोबार बन्द गर्ने गरिएको छ । चीनमा
सन् २०१५ को अन्त्यमा लागू गरिएको सर्किट ब्रेकर १५ दिनमै हटाइएको थियो ।
भारत तथा अमेरिकामा २० प्रतिशतको उतारचढाव भएमा उक्त दिनको कारोबार बन्द
गर्ने गरिएको छ । भारतमा न्यूनतम १० प्रतिशतको उतारचढावमा मात्र १ घण्टाको
सर्किट ब्रेक लगाउनुपर्ने नियम छ ।
सेयर बजार परिसूचक माग तथा आपूर्तिले मात्र
निर्धारण गर्न हाम्रो जस्तो अर्थतन्त्रमा निकै गाह्रो हुन जान्छ । माग तथा
आपूर्तिलाई नै प्रभाव पार्ने विभिन्न बजार घर्षणहरू हुने र सूचनाको
उपलब्धता समान रूपमा नहुने हुनाले बजारको भविष्य आकलन गर्न त्यति सहज छैन ।
यस्ता अर्थतन्त्रका लगानीकर्ताहरूमा संयम आवश्यक पर्छ । तसर्थ, सामान्य
उतारचढावलाई सजिलै स्वीकार गरी आफूअनुकूलको समय धैर्यका साथ कुर्न
सक्नुपर्छ ।
No comments:
Post a Comment